हालान्डको सफलता: शारीरिक क्षमतासँगै मानसिक दृष्टि र सकारात्मक सोच
२७ असार २०८३
•
५ मिनेट पाठ
हालान्डको सफलता: शारीरिक क्षमतासँगै मानसिक दृष्टि र सकारात्मक सोच
विश्व फुटबलमा नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डको नाम अहिले यस्तो शक्ति बनेको छ, जसलाई रोक्नु विपक्षीका लागि ‘फलामको चिउरा चपाउनु’ जस्तै कठिन हुन्छ।  




६ फिट ५ इन्च अग्लो, भाइकिङ (प्राचीन नर्वेजियन समुद्री योद्धा) जस्तो शक्तिशाली शारीरिक बनावट र गोलको असीमित भोक बोकेका यी २५ वर्षीय स्टार अहिले विश्वकप २०२६ को सबैभन्दा चर्चित खेलाडीमध्ये एक बनेका छन्। नर्वेलाई २८ वर्षपछि विश्वकपमा फर्काएर क्वार्टरफाइनलसम्म पुर्‍याउने उनको अद्भुत यात्राले विश्व फुटबलमा नयाँ बहस सिर्जना गरेको छ। शारीरिक क्षमताको साथसाथै उनको गहिरो मानसिक दृष्टिकोण र सकारात्मक सोचले नै उनलाई यो उचाइमा पुर्‍याएको हो।

हालान्डको सफलताको सबैभन्दा ठूलो रहस्य उनको मनोवैज्ञानिक दृष्टिकोण पनि हो। म्यानचेस्टर सिटीको प्रशिक्षण केन्द्रमा एक दिन उनी हाइपोक्सिक चेम्बर (अक्सिजन कम भएको प्रशिक्षण कक्ष) भित्र व्यायाम गरिरहेका हुन्थे। त्यहाँ उनको कठिन अभ्यास मुटुको धड्कन १५० प्रति मिनेटसम्म पुर्‍याउनुपर्ने थियो। क्यामेरातिर हेर्दै उनले भनेका थिए, ‘के म यो गर्न चाहन्थें ? होइन। तर म यो गर्छु किनभने किन नगर्ने ? यो मेरो शरीर र दिमाग दुवैका लागि राम्रो छ।’

हालान्ड आफ्नो शारीरिक सीमालाई चुनौती दिन सकारात्मक आत्म-संवादको प्रयोग गर्छन्। उनी भन्छन्, ‘यदि तपाईंले आफूलाई थाकेको भन्नुहुन्छ भने, तपाईं थाकेको हुनुहुनेछ। यदि तपाईंले आफैंलाई भन्नुभयो कि म त्यति थाकेको छैन भने, तपाईं थाकेको हुनुहुन्न। यति सरल कुरा। हाम्रो शरीरले हामीले सोचेभन्दा धेरै कुरा सहन सक्छ, धेरै जसो थकान दिमागमा मात्र हुन्छ।’

खेलकुद मनोवैज्ञानिकहरूले पनि यो कुरालाई वैज्ञानिक आधार दिएका छन्। बांगोर विश्वविद्यालयका जेम्स हार्डीका अनुसार खेलाडीहरू प्रायः आफ्ना मांसपेशीले काम गर्न छोडेर होइन, आफ्नो दिमागले ‘अब पुग्यो’ भनेर निर्णय गरेर अभ्यास रोक्छन्। सन् २०१४ मा गरिएको एक अध्ययनले देखाएको थियो कि ‘म थाकेको छैन’ वा ‘अगाडि बढ’ जस्ता सकारात्मक आत्म-संवाद प्रयोग गर्ने खेलाडीहरूको सहनशीलता १८ प्रतिशतले बढेको थियो। हालान्डले यही सूत्रलाई मैदानमा निरन्तर प्रयोग गर्दै आफूलाई अविजित बनाइराखेका छन्।

मैदानमा डरलाग्दो शक्ति बोकेर हिँड्ने हालान्डले साथी खेलाडीहरूलाई पनि कद र प्रतिभामा सानो देखाउन सक्छन्। यस विश्वकपमा सात गोल गर्दै उनी मेसिन जस्तै देखिएका छन्। तर उनका नयाँ प्रशंसकहरूका लागि उनी एक ‘बेबीगर्ल’ र ‘नर्वेली राजकुमारी’ पनि हुन्। उनको प्रभावशाली शारीरिक बनावट र क्रेजी फ्यानले उनलाई अनलाइन क्रेजको केन्द्र बनाएको छ। प्रशंसकहरू उनको लहराउँदो गोरो कपाल, रंग-समन्वित कपालको टाई, स्न्यापच्याट फिल्टर सेल्फी र श्रेक (हरियो र बलियो एनिमेटेड फिल्म चरित्र) लाई आफ्नो ‘जुम्ल्याहा’ घोषणा गरेका पोस्टहरूमा रमाइरहेका देखिन्छन्।  

जुलाई २०२२ मा म्यानचेस्टर सिटीमा अनुबन्ध हुँदा हालान्ड गम्भीर र थोरै बोल्ने ‘गोल गर्ने रोबोट’ को छविका थिए। तर समयसँगै उनको व्यक्तित्वमा ठूलो परिवर्तन आएको छ। अहिले उनी आफ्नो घरायसी जीवन, स्वस्थ खानपान, मसाज, आइस बाथ, परिवारसँगको समय र दैनिक दिनचर्या बारे सामाजिक सञ्जाल र युट्युब च्यानलमार्फत खुलेर साझा गर्छन्। उनको इन्स्टाग्राममा छ करोड १३ लाखभन्दा बढी फलोअर्स छन् भने अन्य प्लेटफर्ममा पनि करोडौं समर्थक छन्। रोचक कुरा के भने चीनमा पनि छोटो समयमै उनले नर्वेको कुल जनसंख्याभन्दा बढी चिनियाँ समर्थक आकर्षित गरेका छन्। उनको लोकप्रियता ट्राभिस केल्से र टेलर स्विफ्टको चर्चासँग तुलना गर्न थालिएको छ।

उनका अभिव्यक्तिपूर्ण प्रतिक्रिया र अनौठो उपस्थितिले सयौं मीमहरू बनाएका छन्। ब्राजिलविरुद्ध दुई गोल गरेपछि उनले लकर रुमबाट ‘ठीक छ, ठीक छ’ क्याप्सनसहितको सेल्फी पोस्ट गरेका थिए। गुगलले भाइकिङ एनिमेसन थप्दा उनले एक्समा मजाक गरे, ‘आज गर्न एउटा कुरा... गुगलमा मेरो नाम खोज्नुहोस्।’ उनी आफैंलाई मजाक उडाउँछन् र प्रशंसकहरूसँग अन्तर्क्रिया पनि गर्छन्।

कतिपय आलोचकहरू भन्छन् कि हालान्डले खेलमा कम बल छुन्छन्। तर उनी आफ्नो लक्ष्यमा पूर्ण रूपमा अडिग छन्। उनी भन्छन्, ‘मलाई के गर्नुपर्छ थाहा छ। मेरो सपना पाँच पटक बल छोएर पाँच गोल गर्ने हो।’ ब्राजिलविरुद्धको क्वार्टरफाइनलमा एक्लै दुई गोल गर्दै उनले नर्वेलाई पहिलो पटक विश्वकपको अन्तिम आठमा पुर्‍याए। उक्त खेलमा ब्राजिल नर्वेसँग २-१ गोलान्तरले पराजित भएको थियो।  

हालान्ड अहिले नर्वे टोलीका स्टार म्यान मात्र होइनन्, टोलीका धेरै खेलाडीहरू सँगै हुर्किएकाले उनीहरूबिचको तालमेल पनि उत्कृष्ट छ। अब आइतबार बिहान २:४५ मा मियामीमा इगंल्यान्डविरुद्ध हुने सेमिफाइनल खेलमा सबैको नजर उनैमाथि रहनेछ। इगंल्यान्डको मुख्य योजना नै हालान्डलाई रोक्ने रहनेछ, तर उनलाई रोक्नु कति कठिन छ भन्ने कुरा सबैलाई थाहा छ।

युकेको लिड्समा जन्मिएका हालान्डसँग बेलायती नागरिकता र इगंल्यान्डको आकर्षक राष्ट्रिय टोली, 'थ्री लायन्स' बाट खेल्न पाउने अवसर थियो। तर, उनी मात्र चार वर्षको उमेरमा आफ्नो परिवारसँगै नर्वे फर्किएकाले उनको बाल्यकाल, प्रारम्भिक जीवन तथा फुटबल करियरको सुरुआत नर्वेको ब्रायन सहरकै फुटबल संरचनामा भएको थियो।  

हालान्डका बुबा अल्फ-इन्गे हालान्ड आफैं नर्वेका पूर्व राष्ट्रिय खेलाडी भएकाले पनि उनको आफ्नो जरा, परिवार र नर्वेली राष्ट्रिय पहिचानसँग सधैं गहिरो भावनात्मक लगाव रह्यो। हालान्ड आफैंले पनि एक अन्तर्वार्तामा आफू नर्वेमा हुर्केकाले प्राकृतिक रूपमा नर्वेजियन नागरिक महसुस गर्ने र इगंल्यान्डको बलियो टोलीलाई छोडेर नर्वे रोजेको स्पष्ट पारेका थिए।  

सानो राष्ट्र भए पनि नर्वेको जर्सी लगाएर देशको नाम विश्वमा उचो राख्ने उनको बाल्यकालको सपना थियो, जसलाई उनले हालै २०२६ फिफा विश्वकपमा नर्वेलाई ऐतिहासिक क्वार्टरफाइनलसम्म पुर्‍याएर प्रमाणित समेत गरिसकेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा नर्वेलाई रोजे पनि व्यावसायिक क्लब फुटबलका लागि भने उनी युकेकै प्रख्यात क्लब म्यानचेस्टर सिटीबाट खेल्छन्।

एक समय सामान्य देखिने युवा खेलाडी आज विश्वको सबैभन्दा ठूलो मञ्चमा चम्किरहेका छन्। उनको यात्राले स्पष्ट रूपमा प्रमाणित गर्छ कि शारीरिक क्षमता र प्राविधिक कौशल मात्र पर्याप्त छैन, सफलताका लागि दिमागमा हुने सकारात्मक आत्म-संवाद, मानसिक दृढता र आफूलाई रमाइलो रूपमा प्रस्तुत गर्ने खुशीको भूमिका अझ ठूलो हुन्छ।  

हालान्ड केवल गोल गरिरहेका छैनन्, उनी आफूलाई हरेक दिन मानसिक रूपमा झन् बलियो बनाउँदै छन्। र यो यात्राले उनलाई फुटबलको इतिहासमा अलगै उचाइमा पुर्‍याउने निश्चित छ। एजेन्सीको सहयोगमा
अर्को समाचार
दशौं राष्ट्रिय खेलकुद: पौडीमा बागमती च्याम्पियन, एनआरएन टोली बन्यो दोस्रो
१० घण्टा अघि
•
४ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: पौडीमा बागमती च्याम्पियन, एनआरएन टोली बन्यो दोस्रो
दशौँ राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ।




बागमतीले सर्वाधिक १६ स्वर्ण, ९ रजत र १० कांस्य गरी कुल ३५ पदक जित्दै च्याम्पियन बनेको हो। दोस्रो स्थानमा रहेको एनआरएन टोलीले १२ स्वर्ण, ४ रजत र ४ कांस्य गरी कुल २० पदक जित्न सफल भएको छ।

नेपाल आर्मी क्लबले ७ स्वर्ण, १५ रजत र १७ कांस्य गरी कुल ३९ पदकसहित तेस्रो स्थान हासिल गरेको छ। नेपाल पुलिस क्लब ६ स्वर्ण, १४ रजत र १६ कांस्य गरी कुल ३६ पदकसहित चौथो, कोशी प्रदेश ३ स्वर्णसहित पाँचौँ र सुदूरपश्चिम प्रदेश २ स्वर्ण, ४ रजत र १ कांस्य गरी कुल ७ पदकसहित छैटौँ स्थानमा रहेका छन्। यसैगरी, प्रतियोगितामा पुरुषतर्फ बागमती र महिलातर्फ एनआरएन टोली च्याम्पियन बनेका छन्।

प्रतियोगिताको अन्तिम दिन पुरुष २०० मिटर बटरफ्लाईमा तीन खेलाडीले पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेका छन्। नेपाली पौडीमा एउटै इभेन्टमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान भंग गर्नु पनि नयाँ कीर्तिमान हो। यसअघि उक्त इभेन्टमा अशिम भण्डारीको नाममा २ मिनेट २१.८७ सेकेन्डको कीर्तिमान थियो। शुक्रबार सुदूरपश्चिमका अर्थभ सिंहले २ मिनेट १८.३० सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। रजत पदक जित्ने आर्मीका सौरेन बहादुर सिंहले २ मिनेट १९.८१ सेकेन्ड र कांस्य पदक जित्ने आर्मीकै अशिम भण्डारीले २ मिनेट २०.११ सेकेन्डमा दूरी पूरा गरेका थिए।

पुरुष ८०० मिटर फ्रिस्टायलमा आफ्नै पुरानो कीर्तिमान सुधार गर्दै पुलिसका काल्किन श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाउने क्रममा स्वर्ण पदक जिते। उनले ९ मिनेट ०३.२१ सेकेन्डमा दूरी पूरा गरे। सुदूरपश्चिमका अर्थभ सिंहले १० मिनेट ०१.९६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसका रचित बुढाथोकीले १० मिनेट ३३.६८ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते। यस इभेन्टमा यसअघि काल्किनकै नाममा ९ मिनेट ०३.२१ सेकेन्डको कीर्तिमान थियो।

महिला २०० मिटर बटरफ्लाईमा एनआरएनकी लिलीले स्वर्ण जित्ने क्रममा २ मिनेट ३३.२० सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी छन्। यसअघि डुआना लामाको नाममा २ मिनेट ३५.२९ सेकेन्डको कीर्तिमान थियो। आर्मीकी डुआनाले २ मिनेट ३९.९४ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसकी देभान्सी जोशीले ३ मिनेट ०३.१३ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

महिला ४०० मिटर फ्रिस्टायलमा एनआरएनकी लिली बोहराले ४ मिनेट ४३.११ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। आर्मीकी डुआना लामाले ४ मिनेट ५२.६२ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा एनआरएनकी मिखा काया थापाले ५ मिनेट ०२.७६ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

पुरुष २०० मिटर इन्डिभिजुअल मिड्लेमा बागमतीका अभिभ प्रधानले २ मिनेट १६.९६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। पुलिसका इर्भिन श्रेष्ठले २ मिनेट २०.१६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसकै काल्किन श्रेष्ठले २ मिनेट २२.०९ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

महिला १०० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुआना लामाले १ मिनेट १९.९२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। एनआरएनकी लिलीले १ मिनेट २२.५५ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीकी रोयल प्रजापतिले १ मिनेट २४.१८ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा कोशीका विकास कुमालले १ मिनेट ०८.२५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। आर्मीका जाडेन श्रेष्ठले १ मिनेट ०८.६४ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीका आरिक कर्माचार्यले १ मिनेट १६.६४ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

महिला ५० मिटर फ्रिस्टायलमा एनआरएनकी मिखा काया थापाले २९.१५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। बागमतीकी आर्या महर्जनले २९.४९ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीकै रोयल प्रजापतिले ३०.०९ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।

पुरुष ५० मिटर फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले २५.६२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। बागमतीका अभिभ प्रधानले २४.६८ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीका अल्भि महर्जनले २५.०२ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

महिला ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशले ४ मिनेट २८.८६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। आर्मीले ४ मिनेट ३१.०६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसले ४ मिनेट ४४.४० सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।

पुरुष ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेमा बागमतीले १ मिनेट ४१.९२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। पुलिसले १ मिनेट ४४.२६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीले १ मिनेट ४४.४७ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जित्यो।

महिला ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतीले २ मिनेट १६.०१ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। पुलिसले २ मिनेट १९.७६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीले २ मिनेट २०.०१ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जित्यो।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस