फिफा विश्वकप २०२६ : सबैभन्दा धेरै गोल गर्ने टोली फ्रान्स, पहेँलो कार्ड पाउने अर्जेन्टिना
०५ साउन २०८३
•
५ मिनेट पाठ
फिफा विश्वकप २०२६ : सबैभन्दा धेरै गोल गर्ने टोली फ्रान्स, पहेँलो कार्ड पाउने अर्जेन्टिना
स्पेनले म्याड्रिडका सडकहरूमा विश्वकप उपाधिको उत्सव मनाउँदै गर्दा र अर्जेन्टिनाले आफ्नो उपाधि गुमाएको यथार्थ स्वीकार गरेसँगै फिफा विश्वकप २०२६ को औपचारिक समापन भएको छ।




फिफाको इतिहासकै सबैभन्दा ठूलो विश्वकपका रूपमा आयोजित यस संस्करणमा तीन आयोजक राष्ट्र, १६ रंगशाला, ३९ दिनमा १०४ खेल, ४८ टोलीका १,०३९ खेलाडी र कुल ३०८ गोल दर्ता भए।

प्रतियोगिताको व्यापकता र रोमाञ्चले कतार २०२२ का धेरै कीर्तिमानलाई पछि पार्दै विश्व फुटबलको नयाँ अध्याय लेखेको छ।

सर्वाधिक गोल र असिस्ट

फ्रान्स तथा रियल म्याड्रिडका स्टार फरवार्ड केलियन एमबाप्पेले प्रतियोगिताभर १० गोल गर्दै दोस्रो पटक गोल्डेन बुट जिते।

सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि दुई पटक विश्वकप गोल्डेन बुट जित्ने उनी पहिलो खेलाडी बने। उनले ८ गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई पछि पारे।

इंग्ल्यान्डविरुद्ध तेस्रो स्थानको खेलमा दोस्रो गोल गरेसँगै २७ वर्षीय एमबाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने। उनका नाममा अब विश्वकपमा कुल २२ गोल पुगेका छन्।

यस्तै, इंग्ल्यान्डका जुड बेलिङ्घमले प्रतियोगितामा ७ गोल गर्दै विश्वकपको एउटै संस्करणमा सात गोल गर्ने पहिलो इङ्ग्लिस खेलाडीको कीर्तिमान बनाए।

सर्वाधिक गोलकर्ताको सूची

केलियन एमबाप्पे (फ्रान्स) – १० गोल, ४ असिस्ट

लियोनेल मेस्सी (अर्जेन्टिना) – ८ गोल, ४ असिस्ट

जुड बेलिङ्घम (इंग्ल्यान्ड) – ७ गोल, १ असिस्ट

एर्लिङ हालान्ड (नर्वे) – ७ गोल

उस्मान डेम्बेले (फ्रान्स) – ६ गोल, २ असिस्ट

ह्यारी केन (इंग्ल्यान्ड) – ६ गोल, २ असिस्ट

मिकेल ओयारजाबाल (स्पेन) – ५ गोल, १ असिस्ट

इस्माइला सार (सेनेगल) – ४ गोल, १ असिस्ट

जुलियन क्विनोनेस (मेक्सिको) – ४ गोल, १ असिस्ट

भिनिसियस जुनियर (ब्राजिल) – ४ गोल, १ असिस्ट

सर्वाधिक असिस्ट

बायर्न म्युनिखका मिडफिल्डर माइकल ओलिसले इंग्ल्यान्डविरुद्धको तेस्रो स्थानको खेलमा आफ्नो सातौं असिस्ट गर्दै प्रतियोगितामा सर्वाधिक असिस्ट गर्ने खेलाडी बने।

चार–चार असिस्ट गर्ने खेलाडीहरूमा नर्वेका मार्टिन ओडेगार्ड, फ्रान्सका केलियन एमबाप्पे, मोरक्कोका ब्राहिम डियाज, ब्राजिलका ब्रुनो गुइमारेस र अर्जेन्टिनाका लियोनेल मेस्सी रहेका छन्।

सर्वाधिक गोल र असिस्ट गर्ने टोली

आक्रमणतर्फ इंग्ल्यान्ड र फ्रान्सले समान २०–२० गोल गर्दै संयुक्त रूपमा शीर्ष स्थान बनाए।

शीर्ष टोलीहरूको प्रदर्शन :

फ्रान्स – २० गोल, १८ असिस्ट

इंग्ल्यान्ड – २० गोल, १४ असिस्ट

अर्जेन्टिना – १९ गोल, १२ असिस्ट

स्पेन – १४ गोल, १० असिस्ट

बेल्जियम – १४ गोल, १० असिस्ट

इंग्ल्यान्डले प्रतियोगिताभर ११८ पटक गोलतर्फ प्रहार गरेको थियो, जसमा ५२ प्रयास लक्ष्यमा थिए। टोलीको औसत बल नियन्त्रण ५० प्रतिशत रह्यो। फ्रान्सले भने १३९ पटक गोलतर्फ प्रहार गर्दा ५९ प्रयास लक्ष्यमा राख्यो र औसत ५१ प्रतिशत बल नियन्त्रण कायम गर्यो।

गोलकिपरको उत्कृष्ट प्रदर्शन

पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले जर्मनीविरुद्ध अन्तिम १६ को खेलमा पेनाल्टी सुटआउटमा दुई बचाउ गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका थिए।

यद्यपि, स्पेनका उनाई सिमोनले समग्र प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन ग्लोभ अवार्ड जिते।

सर्वाधिक बचाउ गर्ने गोलकिपरः

ओर्लान्डो गिल (पाराग्वे) – २८

एलोय कोठा (कुराकाओ) – २१

एमिलियानो मार्टिनेज (अर्जेन्टिना) – २०

ग्रेगर कोबेल (स्विट्जरल्यान्ड) – २०

डियोगो कोस्टा (पोर्चुगल) – २०

जोर्डन पिकफोर्ड (इंग्ल्यान्ड) – १९

यासिन बुनु (मोरक्को) – १९

भोजिन्हा (केप भर्डे) – १८

सियोन सुजुकी (जापान) – १७

मोहम्मद अल–ओवैस (साउदी अरेबिया) – १७

सर्वाधिक क्लिन सिट

विश्वविजेता स्पेनले प्रतियोगितामा सर्वाधिक ७ क्लिन सिट राख्यो। फ्रान्स, कोलम्बिया र मेक्सिकोले समान ४–४ क्लिन सिट कायम गरे भने अर्जेन्टिना, मोरक्को, इंग्ल्यान्ड, ब्राजिल, आइभरी कोस्ट र पाराग्वेले समान २–२ क्लिन सिट राखे।

सर्वाधिक गोल खाने टोली

इराक – १२

ट्युनिसिया – १२

इंग्ल्यान्ड – १२

उज्बेकिस्तान – ११

नर्वे – ११

न्यूजिल्यान्ड – १०

स्वीडेन – १०

फ्रान्स – १०

कतार – १०

सर्वाधिक पहेँलो कार्ड

अर्जेन्टिनाले प्रतियोगितामा सबैभन्दा धेरै १५ पहेँलो कार्ड पायो भने इजिप्टले १२ कार्ड पायो। यी दुई टोलीबीचको अन्तिम १६ को खेल प्रतियोगिताकै सबैभन्दा विवादास्पद खेलमध्ये एक मानिएको थियो।

पहेँलो कार्डको सूचीः

अर्जेन्टिना – १५

इजिप्ट – १२

क्यानडा – ११

पाराग्वे – ९

ब्राजिल – ८

इंग्ल्यान्ड – ८

स्विट्जरल्यान्ड – ८

कोलम्बिया – ८

इक्वेडर – ८

रातो कार्ड

कतार र दक्षिण अफ्रिकाले समान दुई–दुई रातो कार्ड पाए। दक्षिण अफ्रिकाका आसिम माडिबोलाई इस्माइल कोनमाथि गरेको खतरनाक ट्याकलका कारण रातो कार्ड दिइएको थियो, जसले गम्भीर चोट निम्त्याएको थियो।

यसरी, फिफा विश्वकप २०२६ ले नयाँ कीर्तिमान, रोमाञ्चक प्रतिस्पर्धा र अविस्मरणीय प्रदर्शनसँगै विश्व फुटबल इतिहासमा आफ्नो छुट्टै स्थान सुरक्षित गरेको छ।
अर्को समाचार
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
३६ सेकेन्ड अघि
•
१ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
सुर्खेत। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ। कालुन्चोक मैदानमा शनिबार विहान भएको पहिलो खेलमा गण्डकीले एनआरएनएलाई ५ विकेटले हराउँदै महत्वपूर्ण २ अंक जोड्यो।




टस जितेर बलिङ रोजेको गण्डकीविरुद्ध पहिला ब्याटिंग गर्दै एनआरएनएले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो। एनआरएनएका लागि पवन खरेलले सर्वाधिक ३२ रन बनाए। उनले ३२ बलमा ५ चौका प्रहार गरे।

त्यस्तै नविन तामाङले २३ बलमा २६ रन र आदित्य महताले १४ बलमा २३ रन जोडे। अन्य ब्याटरले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्। कप्तान कमलसिंह ऐरी ७ रनमा आउट भए भने विकेटकिपर निर्भिक पाठक ५ रनमा अविजित रहे।

१२६ रनको लक्ष्य पछ्याएको गण्डकीले १४.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। गण्डकीका लागि ईश्वर क्षेत्रीले २७ बलमा २ चौका र ३ छक्कासहित ३२ रन बनाए।

त्यस्तै अविजित रहेका वंश क्षेत्रीले २७ बलमा ३ चौकासहित २९ रनको महत्वपूर्ण पारी खेले। सिब्रिन श्रेष्ठले १३ बलमा २४ रन र सन्दीप खत्री क्षेत्रीले ९ बलमा १४ रन जोड्दै गण्डकीको जितलाई सहज बनाए। रोहित चन्द १ रनमा अविजित रहे।

गण्डकी प्रदेश यसअघि समूह चरणको पहिलो खेलमा मधेससंग ७ विकेटले पराजित भएको थियो।
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३६ सेकेन्ड अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस