युद्ध र भावनात्मक पीडाले थकित एलिना
०१ मंसिर २०८३
•
४ मिनेट पाठ
युद्ध र भावनात्मक पीडाले थकित एलिना
युक्रेनकी टेनिस स्टार एलिना स्भितोलिना अब यो वर्षलाई यहीँ टुङ्गाउन चाहन्छिन्। एलिनाको देश युक्रेन युद्धको चपेटामा छ, तर उनले विश्वस्तरको टेनिस खेलिरहिन्। 




पतिसँग वैवाहिक सम्बन्ध विच्छेदको अवस्थाबाट गुज्रिनुले उनी मानसिक तथा भावनात्मक रूपमा थकित भइन्। यसपछि छोरीको अभिभावकत्व पनि इलिनाले निर्वाह गरिन्। जीवनमा अनेक उतारचढावका बाबजुद उनले अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलिन्। सात वर्षपछि सिजनको अन्तिम प्रतियोगिता डब्लुटिए फाइनल्समा उनी पुनरागमन गर्न सफल भइन्।

तर, आइतबार राती भएको उपाधि भिडन्तमा उनी रुसकी युवा खेलाडी मिरा आन्द्रीवासँग ७-५, ६-३ को सेटमा पराजित भइन्। खेलपछि एलिनाले रुसी खेलाडीसँग हात मिलाइनन्। संयुक्त तस्बिर खिचाउन पनि उनले अस्वीकार गरिन्। रुसले आफ्नो देशमाथि आक्रमण गरेपछि उनले रुस र बेलारुसका खेलाडीसँग खेल सकिएपछि हात नमिलाउने निर्णय गर्दै आएकी छन्।

‘प्रतियोगिता सकिएकोमा खुसी छु। अब आराम गर्ने, आफूलाई पुन: ताजा बनाउने र छोरीसँग समय बिताउने अवसर पाएकी छु। केही समयदेखि मैले छोरीलाई भेट्न पाएकी थिइनँ। अब हामीसँग सबै कुरा व्यवस्थित गर्ने पर्याप्त समय हुनेछ,’ उनले भनिन्। एलिनाले विश्व वरीयतामा छैटौं स्थानमा रहँदै वर्षको अन्त्य गरेकी छन्। पूर्वी युरोपेली खेलाडीको वर्चस्व रहेको शीर्ष १० मा उनकै देशकी मार्ता कोस्त्युक पनि दशौं स्थानमा छिन्। ‘लयमा रहँदा निकै खुसी छु। गर्भावस्थापछि पुनरागमन गर्न सफल भएँ। यसले विश्वभरका महिला तथा खेलाडीलाई पनि यो सम्भव छ भन्ने विश्वास दिलाउन सके राम्रो हुनेछ,’ उनले भनिन्। 

इलिना र पूर्वशीर्ष १० खेलाडी गाएल मोन्फिसले पाँच वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गत अक्टोबरमा गरेका थिए। उनीहरूकी छोरी स्काई त्यही महिना चार वर्षकी भएकी थिइन्। सेप्टेम्बरमा सम्पन्न युएस ओपनको मिक्स डबल्समा दुवै सेमिफाइनलसम्म पुगे। त्यसको एक महिनापछि उनीहरूले सम्बन्ध विच्छेदको घोषणा गर्दा धेरै आश्चर्यमा परे। सम्बन्ध विच्छेदपछि उत्पन्न उतारचढाव र सामाजिक सञ्जालमा भएको आलोचनाका बाबजुद उनी इन्डियन वेल्समा हुने डब्लुटिए फाइनल्स खेल्ने आफ्नो निर्णयबाट पछि हटिनन्। आठ खेलाडी सहभागी हुने प्रतियोगितामा स्थान बनाउन उनले अक्टोबरको मध्यतिर एसियाली प्रतियोगितामा समेत सहभागिता जनाएकी थिइन्। 

एलिनाले यसअघि सन् २०१८ मा डब्लुटिए फाइनल्सको उपाधि जितेकी थिइन्। २०१९ मा भने उनी उपविजेतामा खुम्चिन्। ‘मेरो दिमागमा धेरै कुराहरू थिए। सबै परिस्थितिको बोझ बोकेर खेल्नु निकै कठिन थियो,’ उनले भनिन्। पूर्वदम्पती अहिले पनि छोरीको अभिभावकत्वका विषयमा नजिक छन्। डब्लुटिए फाइनल्सका क्रममा पनि उनले मोन्फिससँग पटकपटक कुराकानी गरेकी थिइन्। ‘उनले मलाई सिजनको अन्त्य बलियो प्रदर्शनका साथ गर्नुपर्छ भनेका थिए। मैले आफूलाई जसरी सम्हालें र यति धेरै चुनौतीका बाबजुद पनि फाइनल्ससम्म पुग्न सफल भएँ, त्यसमा मलाई सबैभन्दा बढी गर्व छ,’ उनले भनिन्।

आगामी साता उनी युक्रेन फर्कने तयारीमा छिन्। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको करिब पाँच वर्ष पुग्न लागेको छ। ‘म सधैं आफ्नो सेनाको समर्थनमा उभिएकी छु। सैनिकहरूलाई मेरो साथ छ। उनीहरूले पनि मेरा खेल हेरेर मलाई समर्थन गर्छन्। मेरा धेरै साथीहरू देशको रक्षाका लागि सेवामा छन्,’ उनले भनिन्। डब्लुटिए फाइनल्सका क्रममा युक्रेनको झण्डा बोकेर उपस्थित समर्थकहरूले दिएको साथले आफू भावुक बनेको पनि उनले बताइन्। ‘युक्रेनका जनतालाई थोरै भए पनि खुसी दिँदा निकै खुसी छु। युक्रेनमा खेलकुदले मानिसहरूलाई एउटै लक्ष्य अर्थात् जितका लागि एकजुट बनाउने काम गर्छ,’ उनले भनिन्। इन्डियन वेल्समा आठ दिनसम्म चलेको प्रतियोगिताका क्रममा एलिनाले स्थानीय एक विद्यालयकी विद्यार्थीलाई पनि भेटिन्।

उनीसँग टेनिस अभ्यास गरिन्। ती विद्यार्थी युक्रेनमा युद्धका कारण शरणार्थी बनेर अमेरिका पुगेकी थिइन्। ‘उनको पीडा जान्न उत्सुक थिएँ। आफ्नो देश छाड्नुपरे पनि उनले टेनिस खेल्न छाडिनन् र आफ्नो करियर अघि बढाउन सक्ने ठाउँ भेट्टाइन्। यो निकै प्रेरणादायी कुरा हो। देश छाड्न बाध्य भएका युवा खेलाडीका लागि पनि यो राम्रो उदाहरण हो। उनीहरूले नयाँ ठाउँमा आफ्नो उद्देश्य पहिल्याउन सक्छन्, खेललाई निरन्तरता दिन सक्छन् र फरक परिस्थितिमा रहेर पनि युक्रेनको प्रतिनिधित्व गर्न सक्छन्,’ उनले भनिन्। सन् २०१९ देखि सञ्चालनमा रहेको स्वितोलिना फाउन्डेसनले युक्रेनका युवा खेल प्रतिभालाई सहयोग गर्दै आएको छ। 

फाउन्डेसनले टेनिस क्याम्प, अनुदान, मानसिक स्वास्थ्य तथा खेलकुद कूटनीतिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालसम्म तीन हजारभन्दा बढी बालबालिका यसका विभिन्न कार्यक्रममा सहभागी भइसकेको फाउन्डेसनको दाबी छ। ‘टेनिस खेलिन वा छोरीसँग गुणस्तरीय समय बिताइरहेकी छैन भने फाउन्डेसनमार्फत काम गरिरहेकी हुन्छु। मसँग गर्नुपर्ने कामको कमी छैन,’ उनले भनिन्। एपी
अर्को समाचार
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
२४ मिनेट अघि
•
१ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
चितवन। जिल्लास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपीएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अघि बढाइने भएको छ।

 

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले शनिबार रङ्गशालाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माणलाई गति दिन र आवश्यक पूर्वाधार थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

 

निरीक्षणका क्रममा उनले फ्लडलाइट जडान, दर्शक सिट तथा फर्निसिङका लागि लागत अनुमान तयार गरी प्रक्रिया अघि बढाउन भवन विभागसँग समन्वय गर्न निर्देशन दिए। 

 

रङ्गशालाको बाँकी कामका लागि सानो विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको जनाउँदै उनले आवश्यक प्रक्रिया पूरा गरी दुई–तीन महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढ्नुपर्ने बताए। त्यसपछि तत्काल टेन्डर प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ थियो।

 

रङ्गशालामा ‘फ्लडलाइट’ जडानलाई प्राथमिकतामा राखिएको जनाउँदै मन्त्री लम्सालले आगामी एनपीएलका खेलसमेत यहाँ सञ्चालन गर्न सकिने सम्भावना रहेको बताए। चौथो संस्करण ‘होम–अवे फर्म्याट’ मा सञ्चालन गर्ने वा पोखरा र चितवनलगायत मैदान प्रयोग गर्ने विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले निर्णय गरे गौतमबुद्ध रङ्गशालामा पनि खेल सञ्चालन गर्न सकिने उनको भनाइ थियो।

 

गौतमबुद्ध रङ्गशालामा एनपीएलको चौथो संस्करणमै खेल सञ्चालन गर्न सकिनेमा मन्त्री लम्साल आशावादी देखिए। आगामी एनपिएलमा गौतमबुद्ध रङ्गशालामा खेल हुने वा नहुने विषय क्यानको निर्णयमा निर्भर रहने मन्त्री लम्सालले स्पष्ट पारे। प्रतियोगिताका खेल विभिन्न मैदानमा विकेन्द्रित गरी तीन–चार वटा मैदान प्रयोग गर्ने निर्णय भए चितवनमा पनि खेल सञ्चालन हुनसक्ने उनको भनाइ थियो।

 

रङ्गशालाको बाँकी निर्माण तथा व्यवस्थापनका काम अघि बढाउने, फ्लडलाइट जडानका लागि लागत अनुमान तयार गर्ने र आवश्यक प्रक्रिया पूरा गरी टेन्डरमा जाने विषय निरीक्षणका क्रममा प्राथमिकतामा परेको छ।



नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
यो पनि पढौँ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस