भारतमा आजदेखि सुरु भएको साफ यू–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। भुवनेश्वरको कालिंगा रंगशालामा आज प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोलले हराउँदै सुखद सुरुवात गरेको हो।
नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, क्रिटिश रत्न छुन्जु मनग्य नकर्मीले ले १-१ गोल गरे। खेलको सुरुवातदेखीनै माल्दिभ्सलाई दबाबमा राखेको नेपालले पहिलो हाफमा पाएका थुप्रै मौका गुमायो।
खेलको १०औं मिनेटमा सुमित श्रेष्ठले डि बक्स भित्र पाएको मौका सदुपयोग गर्न सकेनन्। १६ औं मिनेटमा क्रिटिशको पासमा पाएको राम्रो अबसर सुगमले खेर फाल्यो। लगातार माल्दिभ्सको पोष्टमा धावा बोलेको नेपालले पहिलो गोलका लागि पहिलो हाफको अन्तिमसम्म कुर्नु पर्यो। ४२ औं मिनेटमा दिपेशले नेपाललाई अग्रता दिलाए।
आयुष घलानको फ्रिकिक माल्दिभ्सका गोलरक्षकले पन्च गर्दै बचाउँदा रिबाउण्डमा पाएको बललाई दिपेशले करिब ३५ यार्ड टाढाबाट कडा प्रहार गर्दै पोष्टको दिशा दिलाए। लगतै पाएको अबसरमा फेरी एक पटक सुगम चुक्न पुगे। पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्यो।
५६औं मिनेटमा माल्दिभ्सले खेलमा फर्कने राम्रो अबसर गुमायो। तर त्यसको दुई मिनेटपछि सुगमले नेपालको अग्रता दोब्बर पारे। क्रिटिशको पासमा अनमार्क रहेका सुगमले माल्दिभ्सका डिफन्डरलाई बिट गर्दै सुन्दर गोल गरे। ६२औं मिनेटमा क्रिटिशले टोलीका लागि तेस्रो गोल गरे। माल्दिभ्सका डिफेन्डरले आयुष घलानलाई पेनाल्टी एरियामा लडाएपछि पाएके पेनाल्टीमा क्रिटिशले सहजै गोल गरे। जितनजिक रहेको नेपालका लागि अतिरिक्त समयमा मनग्यले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए।
गोलरक्षकले रोकेको बल रिबाउण्डमा मनग्यले सहजै गोल गर्दै नेपाललाई ३ अंक दिलाए। अब नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। राउण्ड रोविन लिग पछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ।
दशौँ राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ।
बागमतीले सर्वाधिक १६ स्वर्ण, ९ रजत र १० कांस्य गरी कुल ३५ पदक जित्दै च्याम्पियन बनेको हो। दोस्रो स्थानमा रहेको एनआरएन टोलीले १२ स्वर्ण, ४ रजत र ४ कांस्य गरी कुल २० पदक जित्न सफल भएको छ।
नेपाल आर्मी क्लबले ७ स्वर्ण, १५ रजत र १७ कांस्य गरी कुल ३९ पदकसहित तेस्रो स्थान हासिल गरेको छ। नेपाल पुलिस क्लब ६ स्वर्ण, १४ रजत र १६ कांस्य गरी कुल ३६ पदकसहित चौथो, कोशी प्रदेश ३ स्वर्णसहित पाँचौँ र सुदूरपश्चिम प्रदेश २ स्वर्ण, ४ रजत र १ कांस्य गरी कुल ७ पदकसहित छैटौँ स्थानमा रहेका छन्। यसैगरी, प्रतियोगितामा पुरुषतर्फ बागमती र महिलातर्फ एनआरएन टोली च्याम्पियन बनेका छन्।
प्रतियोगिताको अन्तिम दिन पुरुष २०० मिटर बटरफ्लाईमा तीन खेलाडीले पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेका छन्। नेपाली पौडीमा एउटै इभेन्टमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान भंग गर्नु पनि नयाँ कीर्तिमान हो। यसअघि उक्त इभेन्टमा अशिम भण्डारीको नाममा २ मिनेट २१.८७ सेकेन्डको कीर्तिमान थियो। शुक्रबार सुदूरपश्चिमका अर्थभ सिंहले २ मिनेट १८.३० सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। रजत पदक जित्ने आर्मीका सौरेन बहादुर सिंहले २ मिनेट १९.८१ सेकेन्ड र कांस्य पदक जित्ने आर्मीकै अशिम भण्डारीले २ मिनेट २०.११ सेकेन्डमा दूरी पूरा गरेका थिए।
पुरुष ८०० मिटर फ्रिस्टायलमा आफ्नै पुरानो कीर्तिमान सुधार गर्दै पुलिसका काल्किन श्रेष्ठले राष्ट्रिय कीर्तिमान बनाउने क्रममा स्वर्ण पदक जिते। उनले ९ मिनेट ०३.२१ सेकेन्डमा दूरी पूरा गरे। सुदूरपश्चिमका अर्थभ सिंहले १० मिनेट ०१.९६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसका रचित बुढाथोकीले १० मिनेट ३३.६८ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते। यस इभेन्टमा यसअघि काल्किनकै नाममा ९ मिनेट ०३.२१ सेकेन्डको कीर्तिमान थियो।
महिला २०० मिटर बटरफ्लाईमा एनआरएनकी लिलीले स्वर्ण जित्ने क्रममा २ मिनेट ३३.२० सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी छन्। यसअघि डुआना लामाको नाममा २ मिनेट ३५.२९ सेकेन्डको कीर्तिमान थियो। आर्मीकी डुआनाले २ मिनेट ३९.९४ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसकी देभान्सी जोशीले ३ मिनेट ०३.१३ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।
महिला ४०० मिटर फ्रिस्टायलमा एनआरएनकी लिली बोहराले ४ मिनेट ४३.११ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। आर्मीकी डुआना लामाले ४ मिनेट ५२.६२ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा एनआरएनकी मिखा काया थापाले ५ मिनेट ०२.७६ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।
पुरुष २०० मिटर इन्डिभिजुअल मिड्लेमा बागमतीका अभिभ प्रधानले २ मिनेट १६.९६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। पुलिसका इर्भिन श्रेष्ठले २ मिनेट २०.१६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसकै काल्किन श्रेष्ठले २ मिनेट २२.०९ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।
महिला १०० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुआना लामाले १ मिनेट १९.९२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। एनआरएनकी लिलीले १ मिनेट २२.५५ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीकी रोयल प्रजापतिले १ मिनेट २४.१८ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।
पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा कोशीका विकास कुमालले १ मिनेट ०८.२५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। आर्मीका जाडेन श्रेष्ठले १ मिनेट ०८.६४ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीका आरिक कर्माचार्यले १ मिनेट १६.६४ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।
महिला ५० मिटर फ्रिस्टायलमा एनआरएनकी मिखा काया थापाले २९.१५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितिन्। बागमतीकी आर्या महर्जनले २९.४९ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा बागमतीकै रोयल प्रजापतिले ३०.०९ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जितिन्।
पुरुष ५० मिटर फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले २५.६२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जिते। बागमतीका अभिभ प्रधानले २४.६८ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीका अल्भि महर्जनले २५.०२ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।
महिला ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशले ४ मिनेट २८.८६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। आर्मीले ४ मिनेट ३१.०६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा पुलिसले ४ मिनेट ४४.४० सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जिते।
पुरुष ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेमा बागमतीले १ मिनेट ४१.९२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। पुलिसले १ मिनेट ४४.२६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीले १ मिनेट ४४.४७ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जित्यो।
महिला ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतीले २ मिनेट १६.०१ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जित्यो। पुलिसले २ मिनेट १९.७६ सेकेन्डमा दूरी पूरा गर्दै रजत तथा आर्मीले २ मिनेट २०.०१ सेकेन्डमा दूरी पूरा गर्दै कांस्य पदक जित्यो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...