एयर स्पोर्टसको विकल्पमा वाटर स्पोर्टस!
०४ साउन २०७९
•
३ मिनेट पाठ
एयर स्पोर्टसको विकल्पमा वाटर स्पोर्टस!
पोखराको फुुस्रेखोलामा ¥याफ्टिङ गर्दै। तस्बिरः उमेश पुन/नागरिक
पोखराबाट एयर स्पोर्ट्स भविष्य अन्यौलमा छ। कारण–पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन। आगामि जनवरी १ सम्म एयर स्पोर्टसलाई पोखराबाट हटाउन निर्देशन भईसकेको छ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखराको साहसिक ‘प्रडक्ट’ पोखराबाट गुमनाम बन्ने जोखिम छ। एयर स्पोटर््स(प्याराग्लाइडिङ, अल्ट्रालाईट) लाई व्यवसायीले विस्थापन होईन व्यवस्थापन गर्नुपर्ने आवाज उठाउँदै आएका छन्।  




एयर स्पोर्टस पोखराको साहसिक ‘प्रडक्ट’को रुपमा छ। तर अब एयर स्पोर्टसको विकल्प पोखरामा ‘वाटर स्पोर्टस’ बन्ने सम्भावना रहेको यहाँका सरोकारवालाले बताएका छन्। अब वाटर स्पोर्टसलाई साहसिक ‘प्रडक्ट’ रुपमा विकास गर्नुपर्ने त्यससँग सरोकार राख्ने निकायले खाँचो औल्याएका छन्। पोखरामा धेरै ताल छन्। झरना छन्। नदी छन। ती प्रकृतिलाई वाटर स्पोर्टस मार्फत समृद्धिसँग जोड्नुपर्ने उनीहरुको भनाई छ।  

ताल केवल डुंगा खियाउने र माछा मार्न मात्रै उपयोग हुदैं आएको छ। ताललाई स्पोर्टसको रुपमा उपयोग गर्ने तर्फ ध्यान अझै गएको छैन्। वाटर स्पोर्टस अन्तर्गत तालमा वाटर स्की, रोईङ गर्न सकिन्छ। झरनामा क्यान्योनिङ र नदीमा ¥याफ्टिङ, कायाकिङ गर्न सकिने नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराई सुनाउँछन्। वाटर स्पोर्टस विशेष गरी फ्ल्याट र ह्वाईट वाटरमा हुने छ। नदीजन्य(ह्वाईट वाटर) र तालमा(फ्ल्याट वाटर) स्पोर्टस हुन्छ। ‘वाटर स्पोर्टस दिगो खेल पर्यटन विकासको लागि आधारस्तम्भ नै हो,’ भट्टराईले भने।  

पोखराका तालहरुमा ‘वाटर स्पोर्टस’ गर्न सकिने अध्ययनले समेत देखाएको छ। ‘अबको विकल्प भनेकै पानीमा खेलिने खेल(वाटर स्पोर्टस) हो,’ अध्यक्ष भट्टराईले भने, ‘ताललाई खेल पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ।’ फेवा, बेगनास, रुपा र दिपाङ ताल बढी प्रचलित छन्। ती सबैमा फरक फरक प्रयोजन छ। रुपा तालमा व्यवसायिक माछापालन गरिएको छ। दिपाङलाई ‘हनिमुन लेक’ बनाउने योजना थियो। दिपाङलाई पर्यटन व्यवसायी राम गुरुङले ‘वाटर स्की’ गर्ने योजना अघि सारेपनि कार्यान्वयनमा आउन सकेन। उनै गुरुङले कास्कीको माछापुच्छ«े गाँउपालिकाको ल्वाङ घलेलमा क्यानोनिङ(झरनामा डोरीले उक्लिने) शुरु गरेको झण्डै दशक बितिसकेको छ।  

पानीमा खेलिने अधिकांश खेल ओलम्पिकमा समेत समावेश छ। ‘एकदिनको लागि खेलकुद हुन्छ। अन्य दिनमा पर्यटन प्रवद्र्धनको लागि उपयोग हुन्छ,’ अध्यक्ष भट्टराईले भने। वाटर स्पोर्टसको लागि पोखराको मौसम उपयुक्त हुन्छ। ‘हामीसँग तालहरु छन्। अबको दशक भनेकै पानीमा खेलिने खेलको हो। पानीमा खेलिने खेलको लागि पोखरालाई दक्षिण एशियाकै गन्तव्य बनाउन सकिन्छ,’ उनले थपे, ‘त्यसको लागि नीति नियम बनाउनुपर्छ। जनशक्ति उत्पादनमा जोड दिनुपर्छ। आवश्यक पूर्वाधार तयार पार्नुपर्छ। सामान ल्याउनुपर्छ। ती सबै भईसकेपछि सञ्चालन गर्ने संस्थागत र संगठन संरचना निर्माण गर्नुपर्छ।’  

तालहरुमा परम्परागत बोटिङ, वाटर स्की, कायाकिङ, पावर बोटिङ(मोटरबोट) लगायतका खेलहरु सञ्चालन गर्न सकिन्छ। ‘पानीमा खेलिने खेल केवल खेल मात्रै नभई पर्यटन प्रवद्र्धनको नयाँ आयाम बन्ने छm’ उनको भनाई थियो। वाटर स्पोर्टसको सम्भावना निकै राम्रो छ। तर नीति नियम नहुँदा त्यसतर्फ खासै ध्यान जान सकेको छैन्। ‘वाटर स्पोर्टसको सम्भावना छ। तर नीति नियम बन्नुपर्छ,’ वाटर स्कीको परिकल्पना गरेका पर्यटन व्यवसायी राम गुरुङले भने, ‘नीति नियम बने वाटर स्पोर्टसले पर्यटन प्रवद्र्धन हुन्छ।’ पानीमा खेलिने खेल विशेष गरी ‘टुरिज्म एडभेन्चर स्पोर्टस’ हो।’ उनले भने, ‘त्यसको लागि पहिला कार्यविधि बन्न जरुरी छ। कार्यविधि नहुदाँ अघि बढ्न सकिदैन्।’

नेपालमा बगेको पानी र जमेको पानीमा रोईङ खेल खेलाउन सकिन्छ। रोईङ खासमा आउटडोर र इन्डोर गर्न सकिन्छ। २ जनादेखि ८ जनासम्म चढ्न मिल्ने डुंगामा रोईङको प्रतिस्पर्धा हुन्छ ‘रोईङको सम्भावना छ। सम्भावना बोकेका खेलहरुलाई लगानी गर्नुपर्ने खाँचो छ। सरकारले लगानी गर्न ध्यान नदिदाँ त्यस्ता खेलहरु केवल सम्भावना मात्रै सीमित भएका छन,’ नेपाल रोईङ एशोसिएसनका महासचिव सम्पन्न श्रेष्ठले भने, ‘वाटर स्पोर्टस एभड्भेन्चर स्पोर्टस अन्तर्गत पर्छ। एडभेन्चर स्पोर्टसमा सरकारको लगानीमा खासै देखिदैन्।’  

पोखरा महानगरपालिकाले पनि वाटर स्पोर्टसको लागि अध्ययन गर्ने तयारीमा रहेको महानगरका प्रमुख धनराज आचार्यले बताए। ‘वाटर स्पोर्टसको लागि महानगरले योजना नै बनाएर अध्ययनको तयारी गरेको छ,’ महानगर प्रमुख आचार्यले भने,‘ ६ महिनाभित्रमा अध्ययन गरेर कार्यान्वयनमा जान्छौं।’ 
अर्को समाचार
तालमा वाटर स्पोर्टसः नीति नहुँदा जटिलता
१३ भदौ २०७८
•
३ मिनेट पाठ
तालमा वाटर स्पोर्टसः नीति नहुँदा जटिलता
पोखरा फेवातालमा आयोजित पौडी प्रतियोगिता । फाइल तस्बिरः नागरिक
पोखरा महानगर तालले समृद्ध छ । तर तालहरुको उपयोगिता केवल माछापालन र डुंगा व्यवसायमा मात्रै सीमित छ । तालहरुलाई पर्यटन प्रवर्द्धनमा मात्रै नभई स्पोर्टसको रुपमा समेत उपयोग गर्नुपर्ने आवाज उठ्न थालेको छ । ताललाई खेल क्षेत्रमा उपयोग गर्न सके यसले पर्यटन प्रवर्द्धनमा समेत लाभ दिलाउने सरोकारवालाको भनाई छ ।




पोखराका तालहरुमा ‘वाटर स्पोर्टस’ गर्न सकिने सम्भावित अध्ययनले समेत दिएको छ । ‘अबको विकल्प भनेकै पानीमा खेलिने खेल(वाटर स्पोर्टस) हो,’ पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराईले भने, ‘ताललाई खेल पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ ।’ फेवा, बेगनास, रुपा र दिपाङ ताल बढी प्रचलित छन् । ती सबैमा फरक फरक प्रयोजन छ । रुपातालमा व्यावसायिक माछापालन गरिएको छ । दिपाङलाई ‘हनिमुन लेक’ बनाउने योजना थियो ।  

दिपाङलाई पर्यटन व्यवसायी राम गुरुङले ‘वाटर स्की’ गर्ने योजना अघि सारेपनि कार्यान्वयनमा आउन सकेन् । उनै गुरुङले कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङघलेलमा क्यान्योनिङ(झरनामा डोरीले उक्लिने) शुरु गरेको आधादशक बितिसकेको छ ।  

विज्ञहरुका अनुसार तालमा परम्परागत बोटिङ, वाटर स्की, कायाकिङ, पावर बोटिङ(मोटरबोट) लगायतका खेलहरु सञ्चालन गर्न सकिन्छ ।
‘पानीमा खेलिने खेल केवल खेल मात्रै नभई पर्यटन प्रवर्द्धनको नयाँ आयाम बन्ने छ,’ उनको भनाई थियो । पानीमा खेलिने अधिकांश खेल ओलम्पिकमा समेत समावेश छ । ‘एक दिनको लागि खेलकुद हुन्छ । अन्य दिनमा पर्यटन प्रवर्द्धनको लागि उपयोग हुन्छ,’ अध्यक्ष भट्टराईले भने । पानीको खेलको लागि पोखराको मौसम उपयुक्त हुन्छ ।  

उनका अनुसार अबको दशक पानीको खेलको दशक हुने छ । पोखरालाई पानीको खेलको केन्द्र बनाउन सकिने विश्वास उनको छ । ‘हामीसँग तालहरु छन् । अबको दशक भनेकै पानीको खेलको हो । पानीको खेलको लागि पोखरालाई दक्षिण एशियाकै गन्तव्य बनाउन सकिन्छ,’ उनले थपे, ‘त्यसको लागि नीति नियम बनाउनुपर्छ । जनशक्ति उत्पादनमा जोडदिनुपर्छ । आवश्यक पूर्वाधार तयार पार्नुपर्छ । सामान ल्याउनुपर्छ । ती सबै भईसकेपछि सञ्चालन गर्ने संस्थागत र संगठन संरचना निर्माण गर्नुपर्छ ।’  

पानीमा खेलिने खेलले पर्यावरणमा असर गर्दैन । डेढदर्जन भन्दा बढी पानीको खेलका इभेण्ट हुन्छन् । उनका अनुसार अहिले देखि नै पानीको खेलमा ध्यान दिन सकिए आगामी वर्ष अन्तर्राष्ट्रिय क्षेत्रमा पदकको आशा गर्न सकिन्छ । ‘पदक, रोजगारीसँगै पर्यटन प्रवद्र्धन हुन्छ,’ उनको भनाई थियो ।  

वाटर स्पोर्टसको सम्भावना निकै राम्रो छ । तर नीति नियम नहुँदा त्यसतर्फ खासै ध्यान जान सकेको छैन । ‘वाटर स्पोर्टसको सम्भावना छ । तर नीति नियम बन्नुपर्छ,’ तालमा वाटर स्कीको परिकल्पना गरेका पर्यटन व्यवसायी राम गुरुङले भने, ‘नीति नियम बने वाटर स्पोर्टसले पर्यटन प्रवर्द्धन हुन्छ ।’ पानीको खेल विशेष गरी ‘टुरिज्म एडभेन्चर स्पोर्टस’ हो,’ उनले भने, ‘त्यसको लागि पहिला कार्यविधि बन्न जरुरी छ । कार्यविधि नहुँदा अघि बढ्न सकिदैन ।’ पानीको खेलको लागि नीतिगत त्रुटिले पनि समस्या बनाएको गुनासो उनको थियो । महानगरपालिकाले तालहरुको संरक्षणसँगै पानीको खेलको लागि नयाँ नीति नियम बनाएर अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।  

पोखरा महानगर खेलकुद विकास समितिले पनि पोखराका तालहरुमा पानीको खेलको लागि आवश्यक प्रारम्भिक अध्ययनको गर्ने उल्लेख गरेको छ । ‘वाटर स्पोर्टसको चर्चासँगै सरोकारवाला निकायसँग छलफल गर्ने तयारीमा छौं’ पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले भने, ‘स्पोर्टस मात्रै नभई पर्यटन प्रवर्द्धन समेत जोडिने छ ।’ तालमा हुने बोटिङ, कायाकिङ लगायतका खेलहरुको बारेमा सम्भाव्य अध्ययन गर्ने तयारीमा महानगर खेलकुद विकास समिति जुटेको उनको भनाई थियो ।  
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस