जिम्न्यास्टिकलाई खेल सामग्रीकै अभाव
०३ साउन २०७९
•
२ मिनेट पाठ
जिम्न्यास्टिकलाई खेल सामग्रीकै अभाव
पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदै छ। राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा रहँदा जिम्न्यास्टिकलाई भने सामग्री जुटाउनै सकस परेको छ। राष्ट्रिय प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकमा महिला दुई र पुरुषतर्फ छ इभेन्टमा प्रतिस्पर्धा हुँदै आएको छ।  




तर आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिलातर्फ फ्लोर म्याट र भल्टिङ हर्स र पुरुषतर्फ चार इभेन्ट फ्लोर म्याट, भल्टिङ हर्स, प्यारलल बार, पोमेल हर्समा प्रतिस्पर्धा गराइएको थियो। बर्सेनि सामानको अभावसँगै जिम्न्यास्टिकका इभेन्ट घट्दै गएका छन्। नेपालगन्जमा आयोजित आठौं संस्करणको प्रतियोगितामा पुरुषतर्फ होरिजेन्टल बार र रोमन रिङ्सको इभेन्टलाई सामान नभएकै कारण समावेश नगरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पोखराका प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिनाले बताए। ‘सामान केन्द्रमा पनि छैन। भएको सामानले इभेन्ट गर्ने हो। सामानकै अभावले इभेन्ट घटाउँदै गएको अवस्था छ,’ उनले भने।

जिम्न्यास्टिकका सबै इभेन्टका प्रतिस्पर्धा राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश नै गरिएको छैन। उनका अनुसार महिला र पुरुषको १०/१० इभेन्टमा प्रतिस्पर्धा हुने भए पनि अहिले कम मात्रै इभेन्ट समावेश गरिँदै आएको छ। राष्ट्रिय प्रतियोगिताको लागि आवश्यक सामान केन्द्रबाटै ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो। ‘हामीसँग सामान छैैन। केन्द्रमा पनि केही इभेन्टका सामान छैनन्। भएका सामान ट्रकमा हालेर ल्याउने हो। गेम सकिएपछि ट्रकमै हालेर फिर्ता लैजान्छन्,’ उनले भने। सामानकै अभावमा खेलाडीहरूले नियमित प्रशिक्षण समेत गर्न पाउने अवस्था छैन। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहँदा पोखरामा फ्लोर म्याट मात्रै छ।  

साईड हर्स भने जीर्ण छ। २०४५ सालमा आयोजना गरिएको जिम्न्यास्टिक प्रतियोगितामा प्रयोग गरिएको साईड हर्स प्रयोगविहीन छ। ‘जिम्न्यास्टिकका लागि हल पनि छैन। सामान पनि छैन,’ कास्की जिल्ला जिम्न्यास्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङले भने, ‘वर्षौंपछि फ्लोर म्याट संघले प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको बजेट निकासा गरिदिएपछि ल्यायौं। त्यसैमा अहिले प्रशिक्षण गराइएको छ।’ प्रदेश सरकारले यो आर्थिक वर्षका लागि २ लाख रूपैयाँ छुट्ट्याइदिएको छ। त्यही बजेटबाट जिम्न्यास्टिकको आवश्यकताअनुसारको सामान ल्याइने अध्यक्ष गुरुङको भनाइ थियो।  

उनका अनुसार खेलसामग्रीकै अभावमा पोखरा रंगशालाभित्र जिम्न्यास्टिकको प्रशिक्षण हुनै सकेको थिएन। प्रदेश सरकारले दिएको बजेटबाटै १२ थान फ्लोर म्याट ल्याई सिकाउन सुरु गरिएको तीन महिना भइसकेको छ। ‘फ्लोर म्याट आएपछि प्रशिक्षण सुरु गरिएको हो।’ जिम्न्यास्टिकका स्वयंसेवक प्रशिक्षक थमन थापाले भने, ‘त्यही म्याट पनि नहँुदा रंगशालाभित्र प्रशिक्षण गराउन सकिएको थिएन।’ उनका अनुसार संघकै पहलमा अब केही सामान आएपछि जिम्न्यास्टिक प्रशिक्षणलाई अझै सबल बनाउने विश्वास छ। प्रशिक्षक थापाले जिम्न्यास्टिकको प्रशिक्षण पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा गराउँदै आएका छन्। 
अर्को समाचार
खेलकुदको नाममा करोडौ‌ रकम स्वाहा !
१५ साउन २०७७
•
४ मिनेट पाठ
खेलकुदको नाममा करोडौ‌ रकम स्वाहा !
आठौ राष्ट्रिय खेलकुद आयोजनाका बेला नेपालगन्जमा निर्माण गरिदै गरेका पुर्वाधारहरु । फाइल तस्बिरः जी. थापा/नागरिक
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको नाममा करोडौको रकम अनियमितता भएको छ । गत वर्ष ५ नम्बर प्रदेशमा सम्पन्न भएको राष्ट्रिय खेलकुद आयोजनाका क्रममा आयोजक पदाधिकारीले करोडौं रकम हिनामिना गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  




महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको ५७औं प्रतिवेदनमा राष्ट्रिय खेलकुद परिषद(राखेप)पदाधिकारी र कर्मचारीले पुूर्वाधार निर्माण, सामाग्री खरिद, पूर्वाधार निर्माणको क्रममा मापदण्ड पुरा नगरी अपरादर्शी ढंगले रकम खर्च गरेको देखाएको छ ।  

नेपाल सरकारले आठौ राष्ट्रिय खेलकुद आयोजनाका लागि ३८ करोड ८४ लाख ५९ हजार बजेट स्वीकृत गरेको थियो । तर परिषदले ४२ करोड १८ लाख ८३ हजार खर्च गरेको थियो । परिषदले कार्यक्रम संशोधन नगरी ३ करोड ३४ लाख २४ हजार रकम बढी खर्च गरेर बाँकी रहेको २ करोड ९२ लाख १४ हजार रकम संचित कोषमा दाखिला समेत गरेको छैन ।

खेलकद आयोजनाका क्रममा पर्याप्त तयारी नपुगेको भन्दै आलोचना भैरहेका बेला परिषदले प्रतियोगितालाई रोकेको थिएन । प्रतियोगिता आयोजनाको क्रममा परिषदका केन्द्रियदेखि जिल्ला स्तरका पदाधिकारी र कर्मचारीले राज्यको रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।    
गत वर्ष नेपालगन्ज रंगशालामा उद्घाटन र समापन भएको आठौं राष्ट्रिय खेलकुद हतारमा गरिएको थियो । तराईमा वैशाख महिना भेगमा चर्को गर्मी हुने भएपनि त्यसको वास्ता नगरी परिषद नेतृत्वले खेलकुद आयोजना गरेको थियो । खेलकद आयोजनाका क्रममा प्रर्याप्त तयारी नपुगेको भन्दै आलोचना भैरहेका बेला परिषदले प्रतियोगितालाई रोकेको थिएन ।

प्रतियोगिता आयोजनाको क्रममा परिषदका केन्द्रियदेखि जिल्ला स्तरका पदाधिकारी र कर्मचारीले  राज्यको रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । प्रतियोगिताको लागि भन्दै ६ हजार ९ सय खेलकुद किट्स किन्नको लागि २ करोड ६७ लाख ७९ हजार रकम खर्च भएको छ । तर प्रतियोगिता सकिदासम्म पनि केहि खेलका खेलाडीले खेल सामाग्री र पोशाक पाएका थिएनन् । प्रतियोगिता प्रयोग भएका खेल सामाग्रीको गुणस्तर परीक्षण समेत गरिएको थिएन । खेलकुद सामाग्री लागत अनुमान र प्रतिस्पर्धा बिना खरिद गरिएको थियो । जसको अभिलेख समेत परिषदसँग छैन । यसैगरी प्रतियोगिताको दौरान जिल्ला र क्षेत्रीय खेलकुद विकास समितिलाई परिषदले दिइएको ६ करोड २४ लाख ६० हजार रकमको अनुगमन र खर्च विवरण समेत नभएको प्रतिवेदनमा उल्लेख छ । आठौ राष्ट्रिय खेलकुद नेपालगन्जमा आयोजना भैरहदाँ निर्माण भएको पूर्वाधारको गुणस्तरको विषयमा स्थानीयले समेत विरोध गर्दै आएको थिए । 

क्षेत्रीय खेलकुद विकास समितिले खजुरा २ रिमझिम चोकमा निर्माण गरेको भलिबल स्टेडियम झन्डै एक करोड रकम खर्च हुँदा समेत डिपिआर तयारी नगरी उपभोक्ता समिति मार्फत निर्माण गरिएको सुरु गरिएको थियो । आठौं राष्ट्रिय खेलकुदको नाममा देखिएको बेरुजुको बारेमा अख्तियारीले अनुसन्धान गर्नु पर्ने बताउँछन नेपालगन्जका अधिवक्ता एवम मानव अधिकारकर्मी विश्वजीत तिवारी । उनले भने, ‘अख्तियारीले यसको बारेमा छानबिन सुरु गर्नु पर्छ । किन यति धेरै रकम बेरुजु देखियो । त्यो रकम कहाँ गयो । छानबिन हुनु पर्छ ।’ राष्ट्रिय खेलकुदको नाममा बनेको पूर्वाधारको गुणस्तरको विषयमा पनि अनुसन्धान हुनु पर्ने अधिवक्ता तिवारीले बताए ।  

आठौ राष्ट्रिय खेलकुदका बेला निर्माण सम्पन्न भएको नेपालगन्ज पौडी पोखरी र सातदोबाटो पौडी पोखरी निर्माणका क्रममा स्वीकृत बजेट भन्दा बढी भुक्तानी दिइएको थियो ।  

प्रतियोगिता उद्घाटनका लागि तयारी पारिएको नेपालगन्ज रंगशालाको ग्राभेल र निर्माण कार्यमा बढी उचाई देखाएर अवैध रुपमा रकम भुक्तानी परिषदलाई आरोप लागेको छ । प्रतिवेदनमा बढी उचाई देखाएर भुक्तानी गरिएको ७८ लाख ५३ हजार रकम असुल गर्नु पर्ने उल्लेख छ ।  

आठौ राष्ट्रिय खेलकुदमा देखिएको बेरुजुको बारेमा अनुसन्धान भैरहेको बताउँछन राष्ट्रिय खेलकुद परिषद विभागीय प्रमुख एवम प्रवक्ता कुल बहादुर थापा । उनले भने, ‘महालेखापरीक्षकको प्रतिवेदनमा देखिएको बेरुजुको बारेमा छलफल भैरहेको छ । यसलाई कसरी कम गर्ने भन्ने बारेमा हामीले अध्ययन गरिरहेको छौं ।’

यसैगरी नेपालगन्ज पौडी पोखरी निर्माणका क्रममा नापी किताबको परिणाम भन्दा २ करोड ४४ लाख ५२ हजार रुपैयाँ बढी भुक्तानी गरिएको भन्दै उक्त रकम असुल गर्नु पर्ने भन्दै बेरुजुमा राखिएको छ । परिषदको नेतृत्वमा आठौ राष्ट्रिय खेलकुदका बेला निर्माण सुरु गरिएको दाङको बेलझुण्ड रंगशालाको डिपिआर समेत स्वीकृत नगरेर निमार्ण गरिएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ । 

रंगशालाको पीसीसी, आरसीसी लगातका लागि सरकारसँग निर्माण कम्पनीको २४ करोड २४ लाख ४५ हजारमा सम्झौता भएको थियो । तर रंगशाला निर्माणमा ५९ लाख १५ हजार रकम सम्झौतामा भन्दा बढी भुक्तानी दिएपछि त्यसलाई असुल गर्नु पर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस