नवौं राष्ट्रिय खेलकुदः प्रतिकुल मौसम, छोटो समयसँगै हचुवाको निर्णय
०६ वैशाख २०७९
•
७ मिनेट पाठ
नवौं राष्ट्रिय खेलकुदः  प्रतिकुल मौसम, छोटो समयसँगै हचुवाको निर्णय
आगामी जेठ २२ गतेदेखि २८ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी छ। आयोजनाको निर्णय गरिरहँदा पोखराको मौसम अनुकुल नहुने ठम्याई खेलकर्मीले गरेका छन्। इण्डोर खेल खेलाउन सकिएपनि आउटडोर खेल खेलाउन प्रतिकुल मौसमले सकस हुने खेलकर्मी बताउँछन्।  




दुई महिनाभन्दा पनि कम छ। खेलाडीलाई तयारी नपुग्ने समेत ठम्याईएको छ। पालिकादेखि छनोट भएर आउनुपर्ने अवस्थामा हतारिएर राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिदाँ खेलाडी उत्पादनमा ठोस लक्ष्य हासिल नहुने खेलकर्मीको चिन्ता छ। हचुवाकै भरमा आयोजनाले खेलकुदमा सन्देश राम्रो नजाने समेत खेलकर्मीको बुझाई छ। पोखरालाई खेलकुदको राजधानी भनिरहँदा एकातिर गण्डकी प्रदेश प्रशिक्षकविहीन हुदैं गएको अवस्था छ भने अर्कोतिर मौसम अनुकुल नहुने ठहर छ।  

‘जेठ अन्तिम साता पोखराको मौसमको प्रतिकुल हुन्छ, आउटडोर खेल खेलाउन सकिन्न, इण्डोर खेल खेलाउन सकिन्छ । यद्यपी मौसमको प्रतिकुलताले उपयुुक्त हुदैन्,’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठले भने, ‘समय थोरै छ। खेलाडीले प्रशिक्षण गरेर छनोट खेल खेलेर आउनुपर्छ। खेल सामाग्रीको अभाव छ। खेल सामाग्री किन्न समेत भ्याइने अवस्था छैन्। तयारी पुग्दैन् र पुगेको छैन्।’ उनले केवल टालटुले र झारझुरे शैलीका राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेर टुग्याउनु केही सीमित व्यक्तिको स्वार्थ पुरा हुने दावी गरे। खेलाडीमाथि खेलवाड गरेर हचुवाको भरमा प्रतियोगिता आयोजना गर्न उपयुक्त हुने उनको ठम्याई थियो।  

संघीय संरचना अनुसार पालिकादेखि नै खेलाडी सहभागिता गराई छनोट गर्ने परिषदको नियम बनाईएको छ। तर नियम अनुसार पालिकादेखि छनोट भएर राष्ट्रिय प्रतियोगितासम्म खेल्न आईपुग्ने समयले पुग्दैन्। राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडीको लागि कुम्भमेला हो। कुम्भ मेला भएपनि खेलाडीको स्वार्थभन्दा पर व्यक्तिगत स्वार्थमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गलत परिपाटी बसेको उनले बताए। आफैंले नेपालगन्जबाट आठौं संस्करणको समापनपछि झण्डा बोकेर गर्विलो हुदैं आएपनि अहिले हचुवाकै भरमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नुले खेलाडी र खेलकुदको हितमा नहुने स्पष्ट पारे। उनले मधेश प्रदेशमा खेलकुद विकास समिति प्रदेश तथा जिल्ला खेलकुद विकास समिति गठन नभएको अवस्थामा खेलाडीको तयारी र आवश्यक सामाग्रीको उपलब्धताले सम्भव नभएको दावी गरे।  

विभिन्न प्रदेशमा प्रदेश खेलकुद परिषद तथा अन्य जिल्ला खेलकुद विकास समितिका संरचना यतिबेला लथालिंग छ। पोखरामा ३५ खेल मध्ये २० खेल खेलाईने निर्णय यस अघि नै गरिएको छ। २० मध्ये केही खेलको पूर्वाधार पोखरामा मात्रै नभई गण्डकी प्रदेशमै छैन्। पौडी पोखरी तथा सुटिङ रेन्ज प्रदेशमै छैन्। हक्कीको लागि आवश्यक खेल मैदान छैन्। केही महिना अघि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले पोखरा रंगशालाको भ्रमणकै समयमा पौडी र सुटिङ पोखरामा आयोजना गर्न सम्भव नभएको सुनाएर फर्किएका थिए। पोखरामा एथलेटिक्स ट्रयाकमा खेलाडीले दौडिने पाउने अवस्था अहिले छैन्। दौडिन नपाउँदा एथलेटिक्सका खेलाडीले प्रशिक्षण कहाँ गर्ने भन्ने अन्यौल छ। टेनिस, क्रिकेट, स्क्वास, ह्याण्डबल, भलिबल, आर्चरी, व्याडमिन्टन तथा फुटबलको आवश्यक पूर्वाधार तयार छन्। केही कभर्ड हलमा इण्डोर खेल खेलाउन सकिने अवस्था भने छ।  

प्रदेशका ११ वटै जिल्लामा खेलाउने परिषदको योजना छ। ११ वटै जिल्लामा खेल खेलाउने निर्णय भएपनि खेलकुदको मापदण्ड अनुसारका पूर्वाधार नभएको अनुमान छ। पूर्वाधारको मापदण्ड अनुसार बनेका छन् कि छैनन् भन्ने अध्ययन गर्नुपर्ने खाँचो छ। ‘अहिलेको मौसम उपयुक्त होईन, वर्षाको समय हो। खेलाडी पनि प्रशिक्षणमा आईसकेका छैनन्,’ पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले भने, ‘खेलाडीहरु केही परीक्षाको तयारीमा छन्। कोरोनाले गर्दा खेलाडीहरु प्रशिक्षणविहीन थिए्। अहिले केही सहज भएको छ। जसले गर्दा प्रशिक्षणमा फर्किने बातावरण बन्दै गएको छ। प्रशिक्षणमा फर्किने तयारी रहँदा हतारमा निर्णय गरेर राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु राम्रो हुदैन। खेलाडीको भावनामाथि खेलवाड हुन्छ।’

परिषदले आफनो काम देखाउने नाममा हचुवाकै भरणमा निर्णय गर्दा यसले खेलकुद र खेलाडीको भविष्य नै अन्धकारमा धकेल्ने काम हुने उनको भनाई थियो। उनका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी तयार हुन छ महिनाको समय लाग्ने भन्दै पर्याप्त समय पुग्दैन्।  

देश आर्थिक संकटावस्थामा रहेको चर्चा छ। त्यो चर्चाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक सामान खरिद गरेर जिल्ला जिल्ला पठाउन विषय नै अहिले चुनौतिपूर्ण देखिन्छ। समय उपयुक्त पनि होईन्। समय पनि पर्याप्त छैन्। ‘कहिले जिल्ला छनोट गर्ने। कति दिनमा प्रदेश छनोट गर्ने। कहिले क्लोज क्याम्प राखेर खेलाडी तयार गर्ने?’ कास्की जिल्ला बक्सिङ संघका अध्यक्षम सुमन श्रेष्ठले भने’ ‘अहिलेको अवस्थामा बक्सिङका खेलाडी नै छैन् जस्तो स्थिति छ। घर घरमा पुगेर खेलाडी बोलाउनुपर्ने अवस्थाछ । आवश्यक सामान छैन्। प्रशिक्षक नभएको वर्षौ भईसक्यो। कसरी रिजल्ट दिन सकिन्छ।’  

बक्सिङको लागि सेमीकभर्ड हल छ। हलमा रिङ छ । तर रिङ जीर्ण छ। खेल्ने क्रममा रिङबाटै खेलाडी खस्नेस्थिति नआउला भन्न सकिदैन। रिङ मर्मत मात्रै होईन खेलाडीलाई आवश्यक शौचालय समेत छैन्। सामान्य पूर्वाधार समेत बक्सिङको जिकिर संघको छ। कुनै बेला बक्सिङको हब पोखरा अहिले दयनीय अवस्थामा छ। चित्र गुरुङ, सुरेश मल्ल, गणेश भट्टराई जस्ता बक्सिङका हस्ती थिए। अहिले खेलाडी खोज्नुपर्ने अवस्था छ। त्यस्तो बेलामा राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्वजनिकले रुनु न हाँस्नु भएको उनको बुझाई छ।  

पोखरा रंगशालामा पौडी पोखरी र सुटिंग रेन्ज बनाउने जग्गा छुट्टाइएको छ । पौडी पोखरी बनाउन परिषदले आवश्यक टेण्डर प्रक्रियालाई टुग्याउन नसक्दा पौडी पोखरी बन्ने सम्भावना क्षीण बनेको छ। परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दा सरोकारवाला तथा आयोजक प्रदेशसँग सल्लाह नगरी हचुवाको भरमा निर्णय गरेको ठहर खेलकर्मीले गरिरहेका छन् । ‘यो उपयुक्त समय नै होईन्। वर्षायाम हो । समय पनि छोटो छ। समय उपयुक्त भएन। पानी पर्ने सिजन हो। वर्षायाम हो। समय छोटो भयो । प्रशिक्षण गराउन सकिदैन्। भौतिक पूर्वाधार केही बनेका छैनन्। कास्कीको हकमा प्रशिक्षण गर्ने ठाँउ छैन्। मेडल ल्याउने खेलको प्रशिक्षण गराउने छैन्। पौडी र सुटिङ गराउने ठाँउ छैन्।

निर्वाचनको तयारीमा सरकार जुटेको छ। राष्ट्रिय प्रतियोगिता हुनुपर्छ। तर प्रतियोगिता उपयुक्त समय, भौतिक संरचना यथोचित अवस्थामा हुनुपर्छ। प्यारापिट तयार हुन्छ कि छैन्। पौडी र सुटिंग हक्कीको पूर्वाधार छैन्। यो समस्यालाई कसरी समाधान गर्छ भन्ने हो भन्ने हो। नियमित प्रक्रियामा निर्माण भएका हुन् पूर्वाधार। तर नवौंलाई लक्षित गराउनुपर्ने पूर्वाधार पौडी, हक्की र सुटिंगको बनाउनुपर्ने हो। तर जिल्लाको हकमा प्रशिक्षण र प्रतियोगितास्थल नै छैन्। प्रतियोगिता खेलाउनको लागि खेलाउने हो या खेलाडी उत्पादनमा खेलाउने हो त्यो सोच्ने विषय परिषदको हो।  

पोखरामा अझैं पूर्ण रुपमा पूर्वाधार तयार भईसकेको अवस्था छैन्। निर्माणाधिन फुटबल मैदानसँगै प्यारापिटको काम सकिएको छैन्। अन्य पूर्वाधार तयारी अवस्थामा छैनन्। पौडी पोखरी र सुटिङ रेन्ज बनाउनै बाँकी छ। हक्कीको लागि ठोस खेल मैदानको अभाव छ। ‘यो समय उपयुक्त होईन्। समय निकै छोटो छ। प्रशिक्षण गराउने पर्याप्त समय नहुदाँ खेलाडी छनोटदेखि प्रशिक्षण गराउन कठिन छ।’ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेलले भने, ‘पूर्वाधार तयार नभईसकेको अवस्थामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको औचित्य देखिदैन्।’ परिषदले गण्डकी प्रदेशमा आयोजना हुने हुदाँ त्यसका सरोकार निकाय, संघहरु तथा प्रशिक्षकहरुसँग सल्लाह गरेर मिति तय गर्नुपर्ने थियो। तर पूर्वाधार तयार नहुदाँ खेलाडीले खेल्ने ठाँउकै अभाव रहेको उनको भनाई थियो।  

‘पूर्वाधार तयार नहुदाँ खेलाडीलाई खेल्ने ठाँउको अभाव छ। परिषदले खेलाडीलाई ध्यानमा राखेर प्रशिक्षण गराउने र छनोट गराउने तर्फ ध्यान दिनुपर्ने थियो।’ उनले भने–‘राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्छ । समय घर्किएको छ। यद्यपी देशको विद्यमान परिस्थितिलाई हेरेर मिति घोषणा गर्नुपर्ने थियो। परिषदले त्यस तर्फ भने चासो नदिएई आफनो अनुकुल निर्णय गरेको हो। प्रतिकुल मौसमकै कारण खेलकुद प्रतियोगितालाई प्राकृतिक विपत्तिले समस्या ल्याउँछ।’  
अर्को समाचार
पदकविजेतालाई सम्मान
०७ पौष २०७९
•
१ मिनेट पाठ
पदकविजेतालाई सम्मान
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा प्रदेश-१ बाट प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी सम्मानित भएका छन्।




प्रदेश-१ आइटिएफ तेक्वान्दो संघको वार्षिकोत्सवका अवसरमा राष्ट्रिय खेलकुदमा पदकविजेता खेलाडीका साथै वर्षभरि उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट जिल्ला र उत्कृष्ट डोजाङलाई सम्मान गरिएको थियो। वर्षको उत्कृष्ट खेलाडी महिलातर्फ मोरङकी कुसुम राजवंशी, पुरुषतर्फ झापाका रोशन मगर तथा उत्कृष्ट प्रशिक्षकमा झापाका चन्द्रबहादुर तामाङ सम्मानित भए।

त्यस्तै उत्कृष्ट जिल्लातर्फ आइटिएफ तेक्वान्दो संघ मोरङ र डोजाङतर्फ भोजपुरको दिङ्ला आइटिएफ तेक्वान्दो डोजाङ प्रदेशकै उत्कृष्ट घोषित भए। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता मोरङकी कुसुम राजवंशी, झापाका रोशन मगर र वीरबहादुर तामाङ सम्मानित भए।

रजत पदक विजेता मोरङकी इन्दिरा थापा र भोजपुरकी सजिना तामाङ तथा कांस्य पदक विजेता मोरङका प्रथम कार्की, नितेश खवास, सुनसरीका हीराधन राई,भोजपुरका दिलन राई र सुदीप तामाङ सम्मानित भए।  
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
यो पनि पढौँ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस