‘नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै’
०५ वैशाख २०७९
•
२ मिनेट पाठ
‘नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै’
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने बताएका छन्।




घिसिङले आइतबार सातै प्रदेशका सदस्यसचिव, तीन विभागीय टोलीका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिको उपस्थितिमा भएको नवौं राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकमा प्रतियोगिताको मितिलाई लिएर कुनै शंका नगर्न आग्रह गरेका हुन्।

‘नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुन्छ। हुन्छ कि हुँदैन भन्ने संशय नराख्नुहोला। आआफ्नो स्तरबाट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न तयारी अगाडि बढाउन आग्रह गर्छु,’ घिसिङले भने, ‘प्रतियोगिता र पूर्वाधारको व्यवस्थापन गर्न समन्वय गर्नु आवश्यक थियो। त्यसैले पहिलो पटक बैठक बोलाइएको हो।

बैठकले आगामी बोर्ड बैठकका लागि एजेन्डा तय गर्न पनि सहज हुन्छ। अन्तिम बोर्ड बैठक २०७५ सालमा बसेको थियो। त्यसपछि बोर्ड बैठक बस्न सकेको छैन। मेरो नियुक्तिको अवधि ४ महिना बढी भए पनि मुद्दाका कारण काम गरेको १ महिना पनि भएको छैन। समन्वय समितिको बैठक आज बस्यो। अब बोर्ड बैठक पनि चाँडै बस्छ।’

सदस्य–सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदका लागि बजेट निर्माण कमिटी र निर्देशिका तयार गर्ने कमिटी पनि गठन भइसकेको जानकारी गराउँदै बैठकको मुख्य उद्देश्य नवौं राष्ट्रिय खेलकुद नै भएको बताए। उनले खेलाडीको नगद पुरस्कार, कीर्तिमानधारीको नगद पुरस्कार, खेलाडीको भत्ता वृद्धि गर्ने विषयमा पनि पहल भइरहेको बताए।

बैठकमा सहभागी प्रदेशका सदस्यसचिवहरूले कर्मचारी व्यवस्थापन गरिदिनुपर्ने, पूर्वाधारको मर्मत सम्भार गर्नुपर्ने, छनोट प्रतियोगिताको विधि, प्रतियोगिता र पूर्वाधारमा समन्वय, आयोजक प्रदेशलाई १/२ खेल थप्न पाउने प्रावधान बनाउनुपर्ने, एनआरएनलाई पनि समावेश गर्न पहल गर्नुपर्ने, ऐनमा भएका जटिलतालाई फुकाउनुपर्ने, खरिदलगायतका कुरा निर्देशिकामा स्पष्ट हुनुपर्नेलगायतका विषयमा धारणा राखेका थिए।

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले राष्ट्रिय खेलकुदको महत्व, सहभागी हुने टिम, खेल संख्या, खेलाडीलगायत सहभागी संख्या, नवौं राष्ट्रिय खेलकुदको स्वरूपलगायतका विषयमा प्रकाश पारेका थिए।

बैठकमा प्रदेश १ खेलकुद परिषद्का सदस्यसचिव हंसराज वाग्ले, बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेज गुरुङ, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराई, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वमित्र सन्ज्याल, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंह, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ तथा नेपाल प्रहरी, नेपाली सेना र एपिएफका प्रतिनिधि उपस्थिति थिए। मधेस प्रदेशमा भने सदस्यसचिव नियुक्त भइ नसकेकाले महिला, बालवालिका तथा युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख ठूलोबाबु दाहाल बैठकमा उपस्थिति थिए।
अर्को समाचार
नवौं खेलकुद कुनै हालतमा सर्दैनः मन्त्री गहतराज
१५ वैशाख २०७९
•
३ मिनेट पाठ
नवौं खेलकुद कुनै हालतमा सर्दैनः मन्त्री गहतराज
युवा तथा खेलकुद मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको अन्तर्क्रिया तथा पत्रकार भेटघाट’ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज लगायत। तस्बिरः उमेश पुन/नागरिक
युवा तथा खेलकुद मन्त्री महेश्वरजँग गहतराजले नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने बताएका छन्। मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको अन्तर्क्रिया तथा पत्रकार भेटघाटमा पत्रकार तथा खेल सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुले प्रतियोगिताको तयारी सुस्त भएकौ, चुनावको रन्कोले छोएको, नवौं खेलकुदको मुखैमा कक्षा १२ को परीक्षा परेको लगायतका कारणले प्रतियोगिता नै नहुने हो कि भन्ने आशंका पैदा भएको बताएका थिए।




जवाफमा मन्त्री गहतराजले मन्त्री रिषदले तोकेको जेठ २२ गतेदेखि २८ गतेसम्म हुने भनिएको प्रतियोगिता कुनैपनि हालतमा नसर्ने बताए। कार्यक्रममा उनले भने, ‘तोकिएको मितिमै प्रतियोगिता आयोजना गर्नैपर्छ। यसको विकल्प नै छैन।’ उनले तोकिएको मितिमा नवौं खेलकुद नभए अन्यौलता छाउने बताए। किनकी जेठमा नभएपछि असार र साउन बर्खाको समयमा हुन नसक्ने उनले दोहोर्‍याए। ‘भदौको पहिलो हप्ता संघ र प्रदेशको चुनाव घोषणा हुन्छ। त्यसपछि चुनावअघि हुने कुरा रहँदैन। जसका कारण त्यसपछि कहिले हुन्छ भन्न सकिदैन,’ उनले भने।

मन्त्री गहतराजले केही समयपछि नै ओलम्पिक र एसियन गेम्स हुने भएकाले त्यसका लागि खेलाडी छनौट गर्नका लागि पनि नवौं खेलकुद गर्नुपर्ने बाध्यता रहेको सुनाए। ‘कसैलाई देखाउन वा भुलाउनका लागि मात्रै प्रतियोगिताको मिति तोकिएको होईन। सबै हिसाबले अहिले तोकिएको समय नै उपयुक्त समय हो,’ उनले भने। उनले नवौं खेलकुद प्रतियोगिता खेलका लागि मात्रै नभई मनोरञ्जनसँगै अर्थतन्त्र चलायमान बनाउने अवसर पनि भएको बताए।  

‘पोखरा सुरक्षित छ, पोखरा फेरी एकपटक जानुपर्छ भन्ने सन्देश पनि यस प्रतियोगिताले दिनेछ। जसले अर्थतन्त्र पनि चलायमान गराउन सघाउँछ,’ उनले भने। मन्त्री गहतराजले खेलाडी छनौटमा ढिलासुस्ती भएकोबारे सम्बन्धित प्रदेशलाई प्रश्न गर्न आग्रह गरे। ‘खेलाडी छनौट किन नभएको भन्ने? म पनि त्यहि प्रश्न गर्छु खेलाडी छनौट किन नगरेको प्रदेशले? तपाईंहरुले पनि यहि प्रश्न प्रदेशलाई गर्नूस,’ उनले भने। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टिम बनाउने, त्यसका लागि खेलाडी छनौट गर्ने संघ सरकारको भएपनि प्रदेशका लागि खेलाडी छनौट गर्ने जिम्मा प्रदेशको भएकाले प्रदेशले आफ्नो जिम्मेवारी लिनुपर्ने उनको भनाई थियो।  

उनले अब कहिलेसम्ममा तयार गर्ने हो त्यो प्रदेशले जवाफ दिनुपर्ने बताए। त्यसका लागि प्राविधिक, आर्थिक लगायतका सहयोग संघ सरकारले गर्ने बताए। मन्त्री गहतराजले नवौं खेलकुदको स्वीमिङ र सुटिङ काठमाडौंमा हुनसक्ने बताए। दुबैका लागि पूर्वाधार गण्डकी प्रदेशमा नभएकाले काठमाडौंमा गर्नुपर्ने बाध्यता आइपरेको उनले बताए। तर नीजि स्वीमिङ पुलमा हुने अवस्था भए स्विमिङको इभेन्ट पोखरामै हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको उनको भनाइ छ।  
 युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले नवौं खेलकुद आयोजना गर्न चुनाव, विद्यार्थीको परीक्षा र बर्खाको समय चुनौतिका रुपमा देखा परेपनि त्यसलाई अवसरका रुपमा सदूपयोग गर्दै प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिए। उनले प्रतियोगिता गर्न प्रदेश र स्थानिय तहलेपनि बजेटदेखि श्रोत साधनका लागि सहयोग गर्नुपर्ने बताए। साथै उनले पोखरामा हुने नवौं खेलकुदको समापन समारोहबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको होस्ट कर्णालीलाई दिने घोषणासहित झण्डा हस्तान्तरण गरिने जानकारी दिए।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले कोभिड महामारीका बीचपनि संसारभरी प्रतियोगिता भएकाले नेपालमा पनि चुनाव, परीक्षा, बर्खा भनेर नरोकिने बताए। ‘चुनौति वा समस्या उत्पन्न भयो भन्दैमा प्रतियोगिता रोकिदाँ खेलाडी उत्पादनमा, उनीहरुको वृत्ति विकासदेखि मनोवलमासमेत असर पर्छ, त्यसैले चुनौतिका बाबजुद पनि प्रतियोगिता हुन्छ,’ उनले भने। उनले देश खेलकुदमय भइसकेको दाबी गरे। उनले भने, ‘प्रतियोगिता खेलकुदको महोत्सव हो। चुनाव, परीक्षा भनेको खेलाडीका लागि सहायक कुरा हुन्। मुख्य कुरा खेलकुद नै हो त्यसैले यसलाई सफल बनाउन सबै लागौं।’

कार्यक्रममा सहभागि नेपाल हक्की संघ गण्डकी प्रदेशका अध्यक्ष हिमाल खड्का, बक्सिङ, प्रियङ्का वर्मा, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बराल, पत्रकारहरु बिनोद लामिछाने, रोहितराज पराजुली लगायतले समय कम हुँदा खेलाडी छनौटमा समस्या पर्ने, पूर्वाधार नबन्दा अन्यौलता छाएको, खेलाडीले अभ्यास गर्ने मौका नपाएको लगायतका समस्या देखापरेको भन्दै ती समस्या समाधानमा ध्यान दिन सुझाव दिएका थिए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस