मिलानको शीर्ष स्थान कायम
०४ वैशाख २०७९
•
२ मिनेट पाठ
मिलानको शीर्ष स्थान कायम
एसी मिलानले शुक्रबार जिनोवामाथि २–० को जितसहित इटालियन सिरी ‘ए’ को शीर्ष स्थान कायम राखेको छ। इन्टर मिलानले स्पेजियामाथि ३–१ को जितसहित केही घण्टाका लागि शीर्ष स्थानमा उक्लिँदै मिलानमाथिको दबाबलाई निरन्तरता दिएको थियो।




शुक्रबारको खेलअघि शीर्ष स्थानको मिलानले दोस्रो स्थानको इन्टरसँग दुई अंकको अग्रता लिएको थियो।जिनोवामाथिको जितपछि मिलानले सो अग्रता कायम राखेको हो। मिलानको ३३ खेलमा ७१ अंक छ भने एक खेल कम खेलेको इन्टरको ६९ अंक छ।

११औं मिनेटमा पियरी कालुलुको पासमा लियोनले गोल गर्दैै मिलानलाई अग्रता दिलाएका थिए। ८७औं मिनेटमा जुनियर मेसियासले गोल गर्दै मिलानको अग्रता दोब्बर पारेका थिए। तेस्रो स्थानको नेपालीको पनि ६९ अंक छ। सोमबार नेपोलीले एएस रोमाथि जित हात पारेमा मिलानसँग अंक बराबरी गर्नेछ।

चौथो स्थानको युभेन्ट्स भने मिलानभन्दा नौ अंकले पछि छ। ‘अबका सबै खेल महत्त्वपूर्ण छन्, हामी, इन्टर र नेपोलीबीच अंकदूरीमा धेरै अन्तर छैन,’ मेसियासले भने, ‘आज जिनोवाविरुद्धको खेल सहज हुने छैन भन्ने हामीलाई थाहा थियो। हामीले तीन अंक जोड्दै शीर्षता कायम राख्यौं।’

यसअघि ५७औं मिनेटमा ओलिभर जिरौडले गरेको प्रहार बाहिरिँदा मिलानले अग्रता बढाउने अवसर गुमाएको थियो। त्यस्तै लियोनको प्रहार पनि बाहिरिएको थियो। ‘हामीमाथि दबाब छ तर हामीले सोही दबाब चिर्दै उच्च प्रदर्शन गर्न आवश्यक छ,’ मिलानका प्रशिक्षक स्टेफानो पियोलीले भने।

मिलानले मंगलबार इटालियन कपको सेमिफाइनल दोस्रो लेगमा इन्टरको सामना गर्दै छ। यता इन्टरले भने लिगमा लगातार तेस्रो जितसहित मिलानमाथिको दबाब कायम राखेको हो। ‘आजको जित निकै महत्त्वपूर्ण छ। हामी निकै हर्षित छौं, तर हामीले यस्तै जितयात्रालाई निरन्तरता दिन आवश्यक छ,’ इन्टरका प्रशिक्षक सिमानी इन्जाघीले भने, ‘हामी निकै राम्रो टोली हौं। हामीसँग अब ६ चरणका मात्र खेल बाँकी छन् र हामी ६ वटै खेलमा शतप्रतिशत नतिजाका साथ उपाधि रक्षाको लक्ष्यलाई सार्थकता प्रदान गर्न चाहन्छौं।’

शनिबार सम्पन्न खेलमा काग्लियारीले भने सासौलोमाथि १–० को जितसहित रेलिगेसन संकट टार्ने सम्भावना उच्च पारेको छ। यस जितसँगै काग्लियारीले रेलिगेसन क्षेत्रमा रहेका टोलीसँगको दूरी ६ अंकमा पुर्‍याएको छ।
अर्को समाचार
इरिक्सन पहिलो पटक अभ्यासस्थलमा
२२ साउन २०७८
•
२ मिनेट पाठ
इरिक्सन पहिलो पटक अभ्यासस्थलमा
 गत महिना सम्पन्न युरोपियन च्याम्पियनसिप २०२० दौरान हृदयाघात भएपछि आराम गरिरहेको इन्टर मिलानका डेनिस मिडफिल्डर क्रिस्टियन इरिक्सन पहिलो पटक इन्टर मिलानको अभ्यास स्थलमा पुगेका छन्।




इन्टर मिलानले जारी गरेको विज्ञप्तिमा २९ वर्षे इरिक्सनले बुधबार मिलाननजिकै रहेको अभ्यास स्थलमा भ्रमण गरेको जनाएको छ। ‘डेनिस मिडफिल्डर इरिक्सनले क्लबका निर्देशक, प्रशिक्षक, टोली सहयात्री र व्यवस्थापन टोलीसँग भेट गरेका छन्। इरिक्सन शारीरिक र मानिसक रूपमा फिट नै छन्,’ इन्टरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘उनी अहिले स्वास्थ्यलाभ गरिरहेका छन् र निरन्तर चिकित्सकको सम्पर्कमै छन्। उनको स्वास्थ्य अवस्थाबारे इन्टर मिलानको चिकित्सक टोलीले पनि जानकारी लिइरहेको छ।’ साथै इन्टरले सामाजिक सन्जालमा इरिक्सनले अभ्यास मैदान भ्रमण गरेको भिडियोसमेत पोस्ट गरेको छ। जहाँ उनले टोलीको जर्सीमा सामूहिक तस्बिर पनि खिचाएका थिए।

युरोपियन च्याम्पियनसिप २०२० अन्तर्गत फिनल्यान्डविरुद्धको समूहको पहिलो खेलदौरान इरिक्सन मैदानमा ढलेका थिए। जहाँ उनलाई प्राथमिक उपचारपछि अस्पताल  पुर्‍याइएको थियो। अस्पताल पुगेपछि इरिक्सनलाई हृदयाघात भएको पुष्टि भएको थियो। हाल उनको मुटुमा पेसमेकर राखिएको छ । त्यसैले उनी पुनः सक्रिय खेलाडीका रूपमा मैदान फर्कन्छन् वा फर्कंंदैनन् भन्नेमा अझै दुबिधा छ। इन्टरले इरिक्सनले छिट्टै चिकित्सकको सल्लाहमा सो पेस मेकर राखिराख्नुपर्ने हो वा होइन भन्नेबारे निर्णय भएपछि मात्र इरिक्सनको खेलजीवन अघि बढ्छ वा रोकिन्छ भन्नेबारे अन्तिम निर्णय हुने जनाएको छ मंगलबार मात्र सो खेलका रेफ्री एन्थोनी टेलरले इरिक्सन मैदानमा ढल्दा नै उनी गम्भीर अवस्थामा पुगिसकेको बताएका थिए। ‘मैले इरिक्सन मैदानमा ढलेको देखें,’ टेलरले भने, ‘ढल्नेबित्तिकै मैलै उनी गम्भीर स्थितिमा छन् भन्ने थाहा पाइसकेको थिएँ।’ टेलरले इरिक्सनको जीवन बचाएका डेनमार्कका कप्तान सिमोन काजर र मैदानमा उपस्थित चिकित्सक टोलीको समेत प्रशंसा गरेका थिए। ‘रातका वास्तविक हिरो भनेका डेनमार्कका कप्तान र चिकित्सक टोली हुन्, जसले तत्कालै मैदानमा प्रारम्भिक सिपिआर गरे,’ टेलरले भने।

इरिक्सनको अनुपस्थितिमा पनि डेनमार्कले युरोपियन च्याम्पियनसिप २०२० को सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। वेम्बलीमा भएको सेमिफाइनलमा डेनमार्क इङ्ल्यान्डसँग २–१ ले निराश भएको थियो।
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock १ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस