राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल
०२ वैशाख २०७९
•
३ मिनेट पाठ
राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल
राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले उद्घाटन गर्ने क्रममा रेफ्रीलाई बल हस्तान्तरण गर्दै। तस्बिरः उमेश पुन
३–१ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै मनाङ मर्स्याङ्दी क्लबले पोखराको दिप युनाईटेडलाई ५–३ गोल अन्तरले पराजित गर्दै राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ। गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दिपक मनाङ्गे)को टोलीले दिप युनाईटेडलाई पराजित गर्ने क्रममा कर्मा छिरिङ गुरुङले ह्याट्रिक गरे।  




पोखरा रंगशाला फुटबल मैदानमा भएको खेलको शुरुवाती दशमिनेटमा दुई गोल गर्दै दिप युनाईटेडले मन्त्रीको टोलीलाई पहिलो चरणबाटै पन्छाउने छनक देखिएपनि अन्तत मनाङ मर्स्याङ्दीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन जित निकाल्यो। २ र ६ मिनेटमा बीरबहादुर गुरुङले गोल गर्दै दिप युनाईटेडलाई अग्रता दिलाउँदै मनाङमाथि दबाव बनायो। तर खेलको १३ औं मिनेटमा मनाङका लागि कर्मा छिरिङ गुरुङले गोल फर्काउँदै गोल अन्तरलाई कम गरे।  

खेलको ४० औं मिनेटमा दिप युनाईटेडका लागि दलबहादुर लामाले गोल गर्दै ३–१ को स्थितिमा पुर्याए। तर अग्रतालाई जोगाई राख्न भने सकेन्। ४२ औं मिनेटमा कर्मा छिरिङले व्यक्तिगत दोस्रो गोल गरे। ४८ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कर्माले ह्याट्रिक पुरा गर्दै मनाङलाई खेलमा फर्काए। ६० औं मिनेटमा सुमनमान श्रेष्ठले गोल गर्दै जितको आशा जगाउदाँ ६१ औं मिनेटमा सुमन श्रेष्ठले गोल थप्दै मनाङको जित सुनिश्चित बनाए। मनाङका कर्मा प्लेयर अफ दि म्याच घोषित भए।  

एक गोलले पछि परेको अवस्थालाई उल्टयाउँदै बगर भाइखलकले वालिङ भेट्रान टिमलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै पोखरामा शुक्रबारदेखि शुरु भएको राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगितामा सुखद शुरुवात गर्यो। खेलको दोस्रो मिनेटमै मोती कुँवरको गोलबाट वालिङ भेट्रानले अग्रता लिएको थियो। तर पहिलो हाफ हुनुभन्दा केही मिनेट बाँकी रहदाँ बगरभाइ खलकले बराबरी गोल गर्दै खेलमा फर्कियो। चन्द्र गुरुङको पासमा मनोज गुरुङले वालिङका गोलकिपर अगाडि बढेको अवस्थामा हल्का भलि हिर्काउँदै गोल गरेपछि भाइखलकले पहिलो हाफ बराबरी गरेको थियो।  

दोस्रो हाफमा भाइखलकको एकपक्षीय खेल पस्कियो। २८ औं मिनेटमा प्रकाश गुरुङ, ३० मिनेटमा टिकेन्द्र गुरुङ, ३२ मिनेटमा गंगा तामाङ(प्लेयर अफ दि म्याच) र ४६ औं मिनेटमा दिपक पुनले गोल गरेका थिए। यसैगरी दोस्रो खेलमा लेकसाईड भेट्रान टिमले पोखरा भेट्रानलाई १–० ले पन्छाउँदै अन्तिम आठमा प्रवेश गरेको छ। लेकसाईडको जितमा १६ औं मिनेटमा नरेश गुरुङले गोल निर्णायक बन्यो। खेलमा मनबहादुर गुरुङ प्लेयर अफ दि म्याच घोषित भएका थिए। प्रतियोगितामा सिमरा भेट्रान टिम अनुपस्थित भएपछि पोखराको संगम भेट्रान अन्तिम आठमा प्रवेश गर्यो।  

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा सञ्चालित प्रतियोगिताको उदघाटन गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गरेका थिए। प्रतियोगितामा १८ टोलीले प्रतिस्पर्धा गरेका छन्। पोखरा, काठमाडौं, हेटौडा, वालिङ लगायतका शहरबाट भेट्रान टोलीको प्रतिस्पर्धा रहेको छ। प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङका अनुसार शनिबार ६ खेल खेलाईने छ।

प्रतियोगिता विजेताले नगद ३ लाख, उपविजेताले १ लाख ५० हजार, दुई सेमिफाईनलिष्ट टोलीले नगद ३० हजार, सर्वोत्कृष्ठ खेलाडीले नगद २० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीहरुले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।
अर्को समाचार
राष्ट्रिय नाईन ए साईड फटुबल प्रतियोगिता: हेटौडाका दुवै भेट्रान टिम पराजित
०३ वैशाख २०७९
•
२ मिनेट पाठ
राष्ट्रिय नाईन ए साईड फटुबल प्रतियोगिता: हेटौडाका दुवै भेट्रान टिम पराजित
फ्रिडम फाईटरका राजकुमार घिसिङ गोल गर्ने प्रयास गर्दै। तस्बिरः उमेश पुन
राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगितामा हेटौंडाबाट सहभागिता जनाएको दुवै टिम शनिबारको खेलबाट बिदाई भएका छन्। युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा शनिबार पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतिस्पर्धामा हेटौडाको हेटौडा भेट्रान र नागसोती भेट्रान दुवै टोली काठमाडौंको टोलीसँग पराजित हुन पुग्यो।  




हेटौडा भेट्रान काठमाडौंको फ्रिडम फाईटरसँग ३–० गोलले पराजित हुदाँ नागसोती भेट्रान हेटौडा काठमाडौंको जोरपाटीसँग २–१ गोलले पराजित हुन पुग्यो। फ्रिडम फाईटरका लागि राजकुमार घिसिङले दुई र विक्रम श्रेष्ठले एक गोल गरे। घिसिङले १६ र ५१ औं मिनेटमा गोल गर्दै प्लेयर अफ दि म्याच घोािष्त हुदाँ श्रेष्ठले ४१ औं मिनेटमा गोल गरेका थिए।  

जोरपाटीले नागसोती भेट्रान हेटौडालाई पराजित गर्ने क्रममा रन्जित लामा र निमा लामाको एक एक गोल रह्यो। रन्जितले २६ औं मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई निमाले ३० औं मिनेटमा गोल थप्दै जित पक्का बनाए।  

पोखराको संगम बीले वोलुङ ठमेल एफसीलाई ३–०ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गर्यो। २४ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै नरेन्द्रजंग गुरुङले अग्रता दिलाए। उनले नेै व्यक्तिगत दोस्रो गोल ४१ औं मिनेटमा गर्दै अग्रता दोब्बर बनाउँदा महेन्द्र गुरुङको ४८ आंैं मिनेटमा गरेको गोलसँगै फराकिलो अन्तरसँगै जित आत्मसात गर्यो। नरेन्द्र खेलमा प्लेयर अफ दि म्याचबाट पुरस्कृत भए।  

चितवन भेट्रानले ठमेल एफसीलाई २–०ले पराजित गर्दै क्र्वाटरफाईलन प्रवेश गर्यो। भरत गुरुङले ३४ औं मिनेट र सुरेन्द्र चौधरीले ४७ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित बनाए। केशवकुमार कार्की प्लेयर अफ दि म्याच घोषित भए। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापाको दुई गोलको मद्धतमा सानो गौचरनले पोखराको लेकसाईड भेट्रानलाई ३–०ले पराजित गर्यो। सागर थापाले ३७ र ४७ औं मिनेटमा गोल गर्दा प्लेयर अफ दि म्याच शुक्र तामाङले ५१ औं मिनेटमा गोल गरेका थिए। किङकम भेट्रान टिमको अनुपस्थिति भएपछि मनाङ मस्र्याङ्दी क्लबले वाकओभर प्राप्त गरेको छ।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस