कप्तान र पूर्वकप्तानलाई प्रबल जनसेवाश्री
०२ वैशाख २०७९
•
२ मिनेट पाठ
कप्तान र पूर्वकप्तानलाई प्रबल जनसेवाश्री
१३औं दक्षिण एसियाली खेलकुदमा पदक दिलाएका खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई सम्मानस्वरूप संविधान दिवसको अवसरमा घोषणा गरिएको विभूषण बिहीबार नयाँ वर्षको अवसरमा प्रदान गरिएको छ।




राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित एक कार्यक्रममा नेपालका लागि १३औं दक्षिण एसियाली खेलकुदमा पदक दिलाएका खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई पदक प्रदान गरेकी हुन्। यसअघि गत वर्ष असोज ३ गते संविधान दिवसको दिन सरकारले विभिन्न खेलबाट पदक जित्ने खेलाडीलाई पदक प्रदान गर्ने निर्णय गरेको थियो।

विभूषितमध्ये राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ, राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई प्रबल जनसेवाश्री प्रदान गरिएको थियो। यस्तै तेक्वान्दोमा दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यसहित तेक्वान्दो प्रशिक्षक क्वन योङ दाल, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, पारा क्रिकेट र बास्केटबल खेलाडी हिमाल अर्याल, पारा टेबल टेनिस खेलाडी शव थापा र शेरबहादुर खड्का स्मृति प्रतिष्ठानलाई जनसेवाश्री विभूषण प्रदान गरिएको थियो।

यस्तै तेक्वान्दोकै लक्ष्मणबहादुर ऐरले नेपाल प्रताप आभूषण प्राप्त गर्दा कराते खेलाडी अनु अधिकारी, तेक्वान्दो खेलाडी संगीता बस्याल, कराते खेलाडी लक्ष्मण तामाङ, तेक्वान्दो प्रशिक्षक नर्वु लामा, ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर दीपक थापा उसु खेलाडी जुनी राई र खेलसामग्री कम्पनी केल्मी नेपालको आधिकारिक विक्रेता केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेलाई सुकीर्ति पदक प्रदान गरियो।

राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा राष्ट्रको हितमा विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तित्वलाई विभूषित गर्ने प्रचलन छ। जसअनुसार यस पटक ९ सय ३ जना विभूषित हुँदा खेलकुद क्षेत्रमा लागेका व्यक्तित्व पनि अटाएका हुन्।
अर्को समाचार
सन्तोषी ब्रान्ड एम्बासडर
०८ वैशाख २०८१
•
२ मिनेट पाठ
सन्तोषी ब्रान्ड एम्बासडर
१३औं दक्षिण एसियाली खेलकुदकी स्वर्णविजेता धाविका सन्तोषी श्रेष्ठ प्रथम बुढानीलकण्ठ नगर सिल्ड खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरमा नियुक्त भएकी छन्।




स्थानीय क्षेत्रबाट खेलकुद प्रवर्धन गर्दै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यअनुरूप आगामी वैशाख १५ गतेदेखि काठमाडौंको बुढानीलकण्ठमा पहिलो खेलकुद महोत्सव सुरु हुँदै छ।

सोही महोत्सवमा खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजक बुढानीलकण्ठ नगरपालिका र बुढानीलकण्ठ खेलकुद विकास बोर्डले धाविका सन्तोषीलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको हो। सन्तोषी पनि बुढानीलकण्ठ नगरपालिका–६ कै बासिन्दा हुन्।

आयोजक बोर्डका संयोजक सुमन तामाङले स्थानीय वासिन्दासमेत रहेकी सन्तोषीलाई खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरमा चयन गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

सन्तोषी बंगबन्धु ढाका म्याराथनकी स्वर्णविजेतासमेत हुन्। नेपालमै सम्पन्न १३औं सागमा उनले १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन्। राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडी सन्तोषी श्रेष्ठलाई खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरको घोषणा गर्न पाउँदा गर्वको अनुभूति भएको उल्लेख गर्दै संयोजक तामाङले महोत्सवलाई सफल बनाउन हरेक नगरवासीको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

आगामी वैशाख १९ गतेसम्म चल्ने महोत्सवमा विभिन्न ८ खेलविधामा प्रतिस्पर्धा हुनेछन्। महोत्वसमा कराते, तेक्वान्दो, मुवाँथाई, कुङ्फु, बास्केटबल, फुटबल, ब्याडमिन्टन र रोड रेसमा प्रतिस्पर्धा हुने छ।

त्यसमा रेस्लिङ र केही परम्परागत खेलको भने प्रदर्शनी हुने भएको छ। संयोजक तामाङले बुढानीलकण्ठलाई खेलकुदको हब बनाउन क्यालेन्डर तयार गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। महोत्सवमा सहभागी खेलाडीको सुरक्षालाई ध्यानमा राख्दै आयोजकले सात दिनका लागि पाँच लाख रूपैयाँ बराबरको बिमासमेत गरेको छ।

स्थानीय र बसाइँसराइ गरेका खेलाडीले मात्र प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने आयोजले स्पष्ट पारेको छ। महोत्सवमा ब्रान्ड एम्बासडर नियुक्तप्रति खुसी हुँदै सन्तोषीले आयोजकप्रति आभार व्यक्त गरिन्।

साथै उनले खेलकुद महोत्सव खेलाडीका लागि आफ्नौ कौशल देखाउने राम्रो ‘प्लेटफर्म’ भएकाले खेलाडीलाई प्रोत्साहन गर्न सम्पूर्ण नगरवासीलाई आग्रह गरिन्। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले खेलकुद महोत्सवको टिसर्ट सार्वजनिक गरेका थिए।

सोही अवसरमा खेलकुद महोत्सवको लोगो र प्रोमो पनि सार्वजनिक गरिएको थियो। मेयर अधिकारीले खेलकुदलाई प्राथमिकतामा राख्दै नगरपालिकाले प्रशासन र शिक्षापछि खेलकुदमा बजेट विनियोजन गरिएको उल्लेख गरे। उनले खेलकुदको माध्यमबाट नगरपालिकालाई समृद्ध बनाउने अभियानमा सबै जुट्नुपर्नेमा जोड दिए।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस