दोस्रो दिन पनि सुवासको अग्रता
१८ चैत्र २०७८
•
१ मिनेट पाठ
दोस्रो दिन पनि सुवासको अग्रता
एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल वेस्टर्न ओपन टुरअन्तर्गत दोस्रो दिनको खेलमा पनि अग्रता कायम राखेका छन्।




हिमालयन गल्फ कोर्स पोखरामा पहिलो दिन २ अन्डर ६६ स्कोर जोडेका सुवासले दोस्रो दिन १ ओभर ६९ स्कोर साथ समग्रमा १ अन्डर १ सय ३५ स्कोर बनाउँदै अग्रता कायम राखेका हुन्। सुवासले दोस्रो स्थानमा रहेका जयराम श्रेष्ठलाई १ स्ट्रोकले पछि पारेका छन्।

जयरामले लगातार दोस्रो दिन इभन पार ६८ स्कोर बनाए। तेस्रो स्थानका धनबहादुर थापाले दोस्रो दिन १ ओभर ६९ स्कोर जोड्दै समग्रमा ४ ओभर १ सय ४० स्कोर जोडे। सञ्जय लामा र नीरज तामाङ समान ५ ओभर १ सय ४१ स्कोरका साथ संयुक्त चौथो स्थानमा छन्। भुवन नगरकोटी र स्थानीय एमेच्योर अजित विक ६ ओभर १ सय ४२ स्कोरका साथ संयुक्त छैटौं स्थानमा छन्।

सुवासले फ्रन्ट नाइनमा २ ओभर ३५ तथा ब्याक नाइनमा १ अन्डर ३४ स्कोर जोडे। उनले सुरुआती दुई होलमा बर्डी गरे पनि तेस्रो होलमा डबल बोगी खेपे। नवौं होलमा डबल बोगी खेपेका उनले दशौं, १३औं र १७औं होलमा बर्डी गरे। उनले १२औं र १८औं होलमा बोगी खेपेका थिए।

प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा जारी प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता छ। प्रतियोगिताको विजेताले १ लाख ३५ हजार नगद पुरस्कार पाउनेछन्। यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन्।
अर्को समाचार
पहिलो दिन सुवासको अग्रता
१७ चैत्र २०७८
•
१ मिनेट पाठ
पहिलो दिन सुवासको अग्रता
१३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुवास तामाङले सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन बुधबार अग्रता लिएका छन्।




पार–६८ को हिमालयन गल्फ कोर्समा सुरु भएको सूर्य नेपाल गल्फ टुर २०२१–०२२ अन्तर्गत वेस्टर्न ओपनमा सुवासले प्रोफेसनल गल्फर जयराम श्रेष्ठमाथि दुई स्ट्रोकको अग्रता लिएका हुन्। पहिलो चरणमा सुवासले दुई अन्डर ६६ स्कोर जोड्दा जयरामले इभन पार ६८ मा खेलेका थिए। स्थानीय एमेच्योर अजित विक र व्यावसायिक गल्फर रमेश अधिकारी १ ओभर ६९ स्कोरका साथ संयुक्त तेस्रो स्थानमा छन्। रामे मगर दुई ओभर ७० स्कोरका साथ पाँचाैँ स्थानमा छन्।

त्यसै गरी, दिनेश प्रजापति, नीरज तामाङ र धनबहादुर थापा तीन ओभर ७१ स्कोरका साथ संयुक्त छैटौं स्थानमा छन्। नेपाल नम्बर एक प्रो गल्फर भुवन नगरकोटी र रवि खड्का चार ओभर ७२ स्कोर जोड्दै शीर्ष १० स्थानमा छन्। भुवनले पार–३ को सातौं होलमा होल इन वनको सफलता पाए। तर, अन्तिम होलमा भने उनले डबल बोगी खेपे। शीर्ष स्थानका एमेच्योर सुवासले तेस्रो, पाँचौं, छैटौं, १३औं र १६औं होलमा बर्डी प्रहार गरे। उनले नवौं होलमा डबल बोगी र १०औं होलमा बोगी खेपे।

नेपाल प्रोफेसनल गल्फर्स संघको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा जारी प्रतियोगिताको वेस्टर्न ओपनमा पहिलो दिन अयोग्य हुँदा थमबहादुर राई र सूर्यप्रसाद शर्मा थकानका कारण बाहिरिए। कुल ५४ होलको प्रतियोगितामा २५ व्यावसायिक र १४ एमेच्योर गल्फरको सहभागिता छ।

इभेन्टको अन्तिम दिन २ अप्रिल शनिबार प्रो–एम इभेन्ट हुनेछ। नेपालका व्यावसायिक गल्फरले मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका विजेताले एक लाख ३५ हजार र उपविजेताले ८८ हजार रूपैयाँ पाउनेछन्।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस