इटहरी गोल्डकप चैत १९ देखि हुँदै
१३ चैत्र २०७८
•
२ मिनेट पाठ
इटहरी गोल्डकप चैत १९ देखि हुँदै
यही चैत १९ गतेदेखि हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताबारे पत्रकार सम्मेलन गरि जानकारी दिँदै। तस्बिर: नागरिक
१२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता यही चैत १९ गतेदेखि हुने भएको छ।




आयोजक राष्ट्रिय जागृति क्लबले आइतबार पत्रकार सम्मेलन गरी विजेतालाई सात लाख र उपविजेतालाई तीन लाख पचाँस हजार पुरस्कार राशी राखेर चैत १९ देखि २६ गतेसम्म प्रतियोगिता गर्न लागेको जानकारी दिइयो। कोरोना भाइरस संक्रमणको कारण दुई वर्षदेखि इटहरीमा खेलकुद प्रतियोगिता हुन सकेको थिएन। कोरोना मथ्थर भएसँगै यहाँ हुन लागेको सवैभन्दा ठूलो प्रतियोगिता हो।  

कोरोना महामारीअघि २०७५ सालमा विजेतालाई १६ लाख र उपविजेतालाई आठ राशी पुरस्कार राखेर दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय गोल्डकप चलेको थियो। २०७४ सालमा पनि प्रथम मदन भण्डारी स्मृति इटहरी गोल्डकप सञ्चालन गर्दा विजेतालाई एघार लाख र उपविजेता टीमलाई पाँच लाख रासी पुरस्कार प्रदान गरिएको थियो। त्यो बेला राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्ट थिए। उनी इटहरीकै भएकाले गर्दा खेलकुद परिषदकै सहयोगमा इटहरी गोल्डकपको सट्टा मदन भण्डारी स्मृति गोल्डकप गरिएको थियो।  

यस वर्ष भने पुरानै नामबाट गोल्डकप गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन गरि जनायो। यहाँ राष्ट्रिय जागृति क्लबको आयोजनामा आठौं संस्करणसम्म क्लबका पूर्व अध्यक्ष स्वर्गीय दानवहादुर फूयँलको स्मृतिमा गोल्डकप फुटबल प्रतियोगिता हुँदै आएको थियो। जसलाई परिमार्जन गरी तीन वर्षसम्म इटहरी गोल्डकपको रुपमा खेल हुदैं आएको थियो। त्यसपछि त्यही गोल्डकपको नाम रुपान्तरण गरि मदन भण्डारी गोल्डकपलाई निरन्तरता दिन थालिएको थियो। तर,  अब फेरि आयोजकले पुरानै नाम इटहरी गोल्डकप दिएर प्रतियोगिता गर्न लागेको हो।  

इटहरी रंगशालामा हुने प्रतियोगितामा दुई विदेशीसहित आठ टिमले सहभागी जनाउने गोल्डकप संयोजक अनुरोध थापाले जानकारी दिए। जसमध्ये मनाङ् मर्स्याङ्दी क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, झापा ११, मोरङ ११, आयोजक राष्ट्रिय जागृती क्लब, न्यूरोड टिम काठमाडौं, एभिनियर फुटबल क्लब क्यामरुन, कन्चनजङ्गा फुटबल क्लब भारत रहेका छन्। कुल ५४ लाख लागत लाग्ने अनुमान गरिएको छ।
अर्को समाचार
अन्तर्राष्ट्रिय इटहरी भेट्रान गोल्डकप फुटबल हुँदै
१९ चैत्र २०८२
•
१ मिनेट पाठ
अन्तर्राष्ट्रिय इटहरी भेट्रान गोल्डकप फुटबल हुँदै
प्रतियोगिताबारे पत्रकार सम्मेलन गरी जानकारी दिँदै आयोजक। तस्बिरः नागरिक
इटहरीमा यही चैत २२ गतेदेखि ‘छैठौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल’ प्रतियोगिता हुने भएको छ। चैत २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेतालाई नगद एक लाख एक हजार पुरस्कार प्रदान गरिनेछ।




रिटायर्ड खेलाडीहरुलाई फेरि खेलमा सक्रिय गराई नयाँ खेलाडीलाई प्रोत्साहन गर्न र कोच तयार गर्ने उद्देश्यले गर्न लागिएको गोल्डकप फुटबल प्रतियोगिताको उपविजेता टीमलाई नगद ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने विहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिइयो।

हाम्रो इटहरी भेट्रान क्लबको आयोजनमा हुन लागेको प्रतियोगितामा भारत र नेपालका आठवटा टीमको सहभागिता रहने आयोजक क्लबका सुनिल तामाङ्ले बताए। उनका अनुसार प्रतियोगितामा भारत सिक्किमको बम्रिक नामफिङ् क्लवको सहभागिता रहनेछ।

यस्तै, नेपालका तर्फबाट आयोजक इटहरीसहित धरान भेट्रान, हाम्रो धरान, पथरी भेट्रान, एभरेष्ट भेट्रान र विराटनगर भेट्रान क्लबको सहभागिता रहनेछ। यस्तै, झापा दमकको पनि दमक भेट्रान क्लब सहभागी हुनेछ।

प्रतियोगितामा खेलमा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई जनही एक हजार ५०० रुपैयाँ प्रदान गरिनेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई जनही दुई हजार ५०० रुपैयाँ प्रदान गरिने आयोजक क्लबका दिवस राईले बताए। खेलकुदका लागि १५ लाख खर्च हुनेछ।

यस प्रतिस्पर्धाका लागि इटहरी उपमहानगरपालिकाले चार लाख र अन्य केही वडाले सहयोग प्रदान गर्ने भएका छन्।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस