विद्रोही समूह तालिवानले देशको शासन सत्ता कब्जा गरेपछि अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) मा आइतबार नयाँ अध्यक्ष चयन भएका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) को नयाँ अध्यक्षमा अजिजउल्लाह फजली नियुक्त भएका हुन्। पश्चिमी सैनिक फिर्ता र निर्वाचित सरकारको बहिर्गमनसँगै तालिवानले सत्ता कब्जा गरेपश्चात् अफगानिस्तानको खेलकुदमा भएको पहिलो परिवर्तनस्वरूप क्रिकेट बोर्डमा नयाँ अध्यक्ष नियुक्त हुन पुगेका हुन्।
फजली दोस्रो पटक एसिबीको अध्यक्षमा चयन भएका हुन्। यसअघि उनले सन् २०१८–०१९ सम्म एसिबीको नेतृत्व गरेका थिए। एसिबीको अध्यक्षबाट अतिफ मासलले राजीनामा दिएपछि उनले पहिलो पटक अफगानिस्तान क्रिकेटको नेतृत्व समालेका हुन्। तर, सन् २०१९ को विश्वकपमा अफगानिस्तानले खराब प्रदर्शन गरेपछि फजलीलाई फरहान युसुफजाईले प्रतिस्थापन गरेका थिए।
गत हप्ता एसिबीको कार्यालयमा तालिवानको भ्रमणपश्चात् नै फजली पुनः दोस्रो कार्यकालका लागि दोहोरिएका छन्। उनी अफगान क्रिकेट बोर्डसँग विगत दुई दशकदेखि नजिक छन्। देशमा क्रिकेटको सुरुआत गर्ने खेलाडीहरूको समूहमध्ये एक उनी पनि हुन्। खेलाडी करियरपछि उनले एसिबीको उपाध्यक्ष र सल्लाहकारका रूपमा पनि काम गरे। देशमा घरेलु क्रिकेट र क्षेत्रीय प्रणालीको व्यवस्था उनले नै सुरु गरेका थिए।
यद्यपि, यस पटक उनका लागि सबैभन्दा चुनौती पाकिस्तानसँग श्रीलंकामा हुने एकदिवसीय शृंखला विभिन्न बाधाका बीच सञ्चालन गराउनु हुनेछ। आगामी सेप्टेम्बर ३ देखि अफगानिस्तानले छिमेकी राष्ट्रसँग शृंखला खेल्दै छ। तालिवानले काबुल विमानस्थल कब्जा गरेपछि अझै पनि अफगानिस्तानबाट व्यावसायिक उडानहरू सञ्चालनमा आएका छैनन्। त्यसैले एसिबीको आकस्मिक योजनाअन्तर्गत सडक मार्गमार्फत पाकिस्तानसम्म खेलाडी लैजाने र त्यहाँबाट उनीहरूलाई हवाई उडानबाट श्रीलंका पठाउने गरी काम भइरहेको छ।
यसैबीच श्रीलंकामा बढ्दो कोरोना महामारीका कारण १० दिनको लकडाउन लगाइएको अवस्थामा पाकिस्तान र अफगानिस्तानबीचको शृंखला अवरोध हुन पनि सक्नेछ। अफगानिस्तानको वर्तमान अवस्थाका कारण अझै पनि संयुक्त अरब इमिरेट्स (युएई) मा हुने ट्वान्टी–२० विश्वकपमा उनीहरूको सहभागिताबारे विभिन्न आकलन भइरहेका छन्। तथापि, एसिबीले भने आगामी विश्वकपमा सहभागी हुने तयारी भइरहेको जनाएको छ। साथै बोर्डले विश्वकपकै तयारीस्वरूप विभिन्न शृंखला पनि खेल्ने स्पष्ट पारेको छ।