बार्सिलोनाका पूर्वस्ट्राइकर लियोनल मेसी फ्रान्सको शीर्ष डिभिजन लिग क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा दुईमा वर्षका लागि जोडिएका छन्।
बार्सिलोनाबाट बिदा भएका अर्जेन्टिनाका कप्तान लियोनल मेसी पिएसजीमा अनुबन्ध हुने पक्का भएको हो। मंगलबार पेरिस पुगेका मेसीले ‘हेयर इज पेरिस’ टिर्सट लगाएर समर्थकका माझ देखिएका थिए। मेसी आउने भएपछि पेरिसको ले बर्गेट एयरपोर्टमा उनको स्वागतमा समर्थक उपस्थित भएका थिए। ठूूलो संख्यामा समर्थक पिएसजीको स्टेडियम अगाडि पनि प्रतीक्षा गरिरहेका देखिन्थ्यो । पिएसजीले मेसीसँग दुई वर्षको सम्झौता प्रस्ताव गरेको थियो र सोही प्रस्तावअनुसार मेसीले सम्झौता गर्न लागेका हुन्।
करिब ३५ मिलियन युरोमा पिएसजी भित्रिएका मेसीलाई बुधबार मात्र औपचारिक रूपमा क्लबले सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। १३ वर्षको उमेरदेखि बार्सिलोनामा आबद्ध मेसीले २१ वर्ष बिताएपछि स्पेनिस क्लब छाडेका हुन्। तीव्र इच्छा हुँदाहुँदै पनि मेसी क्लबको आर्थिक कानुनी अड्चन र क्लबलाई आर्थिक संकटका कारण बार्सिलोनाबाट बिदा भएका थिए । उक्त बिदाइ कार्यक्रममा भावुक हुँदै मेसीले सबैलाई धन्यवाद दिँदै पिएसजी जाने सम्भावन रहेको अभिव्यक्ति दिएका थिए।
३४ वर्षे मेसीले पछिल्लो सम्झौता सन् २०१७ मा बार्सिलोनासँग २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए। बार्सिलोनाबाट उनले दर्जनौं कीर्तिमान बनाएका छन्। मेसीले बार्सिलोनाका लागि सर्वाधिक ६ सय ७२ गोल गरेका छन्। उनले बार्सिलोनामा रहँदा ३५ उपाधि जित्ने क्रममा १० ला लिगा र चार च्याम्पियन्स लिगका उपाधिको सफलता पनि दिलाए। साथै मेसीले ला लिगामा सर्वाधिक ४ सय ७४ गोल गरेका छन्। सन् २०१७ मा विश्व कीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट गएका ब्राजिलियन फरवार्ड नेइमार र मेसी पुनः एउटै क्लबाट खेल्ने भएका छन्।
नेइमारले लामो समयदेखि आफू मेसीको साथमा फेरि एकपटक खेल्न चाहेकोे बताउँदै आएका थिए। तर, उनी बार्सिलोना फर्कन भने पटकपटक असफल रहे। यस्तै रियाल मड्रिडबाट गएका सर्जियो रामोससँग पनि मेसीले सँगै फुटबल खेल्नेछन्। पिएसजीले एक सिजनमा स्पेनिस क्लब रियाल मड्रिडका कप्तान रामोस र बार्सिलोनाका कप्तान मेसीलाई भित्राउन सफल भएको हो। फ्रेन्च क्लब पिएसजीबाट अब विश्वस्तरीय स्ट्राइकर मेसी, नेइमार र केलियन एम्बाप्पेका साथै अनुभवी डिफेन्डर रामोसले एउटै टोलीबाट खेल्ने भएका छन्।
म्यानचेस्टर युनाईटेडसँग पराजित हुँदै स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबलबाट बाहिरिएको छ। जितसँगै युनाईटेड युरोपा लिगको राउण्ड अफ १६ मा प्रवेश गरेको छ।
गए राति युनाईटेडको घरेलु मैदानमा भएको नकआउट चरणको प्ले अफको दोस्रो लेगमा बार्सिलोना २-१ गोलले पराजित भएको हो। युनाईटेडलाई जिताउन फ्रेड र एन्टोनीले एकएक गोल गरे। बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल गरे।
खेलको १८ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। खेलको ४७ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई १(१ गोलको बराबरीमा ल्याए।त्यसपछि खेलको ७३ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई २-१ को जित दिलाए।
बार्सिलोनाको क्याम्पनाउमा भएको पहिलो लेगमा युनाईटेड र बार्सिलोनाले २(२ गोलको बराबरी खेलेका थिए। ओल्ड ट्राफोर्डमा भने युनाईटेड २-१ गोलले विजयी भयो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...