७ सय बढी खेलाडीलाई कोरोना खोप
२६ साउन २०७८
•
१ मिनेट पाठ
७ सय बढी खेलाडीलाई कोरोना खोप
अन्तर्राष्ट्रिय एरिनामा राष्ट्रिय झण्डा बोक्ने खेलाडी यति वेला खेलकुदका प्रतियोगिता आयोजना हुन सक्दा फुर्सदिला छन्। तिनै खेलाडीले घरेलु अभ्यासबाट आफूलाई फिट राख्न प्रयास गरिरहेका छन्। केही खेलाडीले आफ्नै पहलमा खोप लगाइसकेका छन् भने केही खोप पाउने आशामा रहेका छन्। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समन्वय गरेर अहिले सम्म अधिकांश खेलाडी तथा खेलकर्मीले खोप लगाएको राखेपले बताएको छ।  




सरकारले अग्रपंत्तिमा कार्यरतलाई कोरोना विरुद्धको पहिलो र दोस्रो डोजको खोप उपलब्ध गराईसकेको छ। त्यसपछि वृद्धवृद्धलाई खोप दिइएको छ। विभिन्न क्षेत्र एवं संघ संस्था एवं कर्मचारीले समेत खोप लगाईसकेको छन्। राष्ट्रका गहना भनिएका खेलाडीको हकमा पनि अधिकांश खेलकुदकर्मीले राष्ट्रिय खेलकद परिषदको समन्वयमा लगाइसकेको राखेपले जनाएको छ। राखेपको समन्वयमा फुटबल, क्रिकेट, ब्याडमिन्टन गरी कुल २३ खेलका ७ सय भन्दा बढी खेलाडीले खोप लगाएको राष्ट्रिय खेलकुद परिषदका विभागीय प्रमुख कुलबहादुर थापाले बताए।

राखेपले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागि हुने खेलाडीलाई स्वास्थ मन्त्रालयसँगको समन्वयमा दुई पटक गरेर कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको छ। पहिलो चरणमा राखेपले आफ्नै प्राङ्गणमा खेलकुदसँग सम्बन्धित व्यक्तिहरुले लगाइसकेका छन्। जसमा राखेपका कर्मचारी, खेल पत्रकार र संघका पदाधिकारी पनि अटाएका थिए। अब छिटफुटहरुको लागि राखेपले नै सम्बन्धित संघको सिफारिसमा आएकालाई टेकु अस्पतालसँग समन्वय गरेर खोप उपलब्ध गराउने विभागीय प्रमुख कुल बहादुर थापाले जानकारी दिए।

कोरोनाविरुद्धको खोपबाट अहिले सम्म ७ सय भन्दा बढि खेलकुदसँग जोडिएका पदाधिकार र खेलाडीले लगाइसकेका छन्। तत्कालै आयोजना हुने खेलका लागि पहिलो प्राथमिकता दिइएको छ भने बाँकी खेलका पदाधिकारीले पनि लगाइसकेको राखेपले जनाएको छ।
अर्को समाचार
अरुबेला सधैं सास्ती, कोरोना खोपमा भाग्यमानी
२७ माघ २०७८
•
६ मिनेट पाठ
अरुबेला सधैं सास्ती, कोरोना खोपमा भाग्यमानी
गोरखा सदरमुकामबाट कोरोना बिरुद्धको खोप लिएर उत्तरी गोरखा जाँदै गरेको हेलिकप्टर। फाइल तस्बिरः नागरिक
गोरखाको सबैभन्दा दुर्गम गाउँपालिका हो चुमनुब्री। चुमनुब्रीका पनि दुर्गम गाउँ हुन् छेकम्पार र सामागाउँ। ती गाउँबाट जिल्ला सदरमुकाम आउन कम्तिमा एकसाता पैदल हिड्नुपर्छ। यतिसम्मकी गाउँपालिकाको केन्द्र रहेको सिर्दिबास पुग्न पनि ती गाउँका बासिन्दालाई कम्तिमा तीनदिन लाग्छ। कतिपय गाउँका बासिन्दालाई आफ्नै वडा कार्यालयमा पुग्न पनि एकदिन लाग्छ।  




यो गाउँमा अझै यातायातका साधनको पहुँच पुगेको छैन। संचार पनि बेलैमा हुँदैन, विद्युत सहज छैन। शिक्षा र स्वास्थ्यमा उत्तिकै असुविधा छ। सबैभन्दा कम स्वास्थ्यकर्मी यही गाउँपालिकामा छन्। गाउँपालिकाका बासिन्दा बिरामी परे हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन। गाउँलेलाई मात्र दुख होईन की ती गाउँसम्म प्रशासनको पनि पहुँच सहज छैन। हरेक कुरामा त्यहाँका बासिन्दाले सास्ती खेप्दै आएका छन्। तीब्बतसँग सिमा जोडिएका ती गाउँका बासिन्दाले कहिल्यै सुविधा भोग्न पाएका छैनन।

सबै क्षेत्रमा पिछडिएको ती गाउँका बासिन्दाले कोरोना विरुद्धको खोपमा भने सहज पहुँच राख्न सके। बरु, सदरमुकाम क्षेत्रका बासिन्दाले कोरोना विरुद्धको खोप नपाउँदा ती दुर्गम गाउँका बासिन्दाले सहजै खोप लगाउन पाए। झन्डै सातहजार जनसंख्या रहेको गाउँपालिकाका करिब ९० प्रतिशत नागरिकले खोप पाएका छन्।  
चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ भन्छन, ‘कोरोना विरुद्धको खोपमा राज्य एकजुट हुँदा दुर्गम गाउँका बासिन्दाले पनि खोपमा सहज पहुँच राख्न पाए। बरु सुगम क्षेत्रमा भनेको बेला सर्वसाधारणले खोप पाएनन, तर, दुर्गमका बासिन्दाले सहजै पाए।’ उनका अनुसार ती गाउँका बासिन्दा असुविधै असुविधाको भूमरीमा बाँचिरहेका छन् । कुनैपनि क्षेत्रमा सहज पहुँच छैन।  

‘जनताले कुनै सास्ती बिना कोरोना विरुद्ध खोप पाउन पाउँदा भाग्यमानी ठानेका छन। सबैतिर कष्ट भोगिरहँदा कोरोना विरुद्धको खोपमा भने निकै नै सहज भयो,’ उनले भने, ‘हेलिकप्टरमा खोप गाउँगाउँ पु¥याएर जनतालाई लगाइयो। सायद गाउँका बासिन्दाले सधैं यस्तै सुविधा खोजिरहन्थे। तर, त्यो सास्ती कोरोना विरुद्धको खोप पाउन परेन।’ सबैभन्दा बढी कष्ट बिरामी हुँदा उपचारमा खेपिरहेका गाउँलेले अहिलेको महामारी विरुद्ध सास्ती बिना गाउँगाउँमै खोप पाउँदा खुसी भएको उनले बताए।  

यस्तै उदाहरण हिमाली जिल्ला मुस्ताङसँग छ। वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–५ मा पर्छ साङता गाउँ। अहिले साङता हुँदै उपल्लो डोल्पाको छार्का जोड्ने गरि सडक निर्माण भईरहेको छ। साङता गाउँसम्म पुग्नेगरि बेनी–जोमसोम–कोरला सडक अन्तर्गत एक्लेभट्टीदेखि करिब ४६ किलोमिटर सडकको ट्रयाक खुलेको छ। यो कच्ची सडकमा ट्रयाक्टरसम्म गुड्छन। साङतादेखि डोल्पाको याकखर्कसम्म करिब ४० किलोमिटर सडक पनि निर्माणको तयारी छ। कर्णाली र गण्डकी प्रदेश जोड्नेगरि अहिले सडक निर्माण हुँदैछ। साङता डोल्पाको सिमानादेखि नजिकको गाउँ हो।  

वारागुँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार जिल्लाको सबैभन्दा दुर्गममा पर्ने साङता गाउँका बासिन्दाले सबैखालका असुविधा भोगिरहँदा कोरोना विरुद्धको खोपमा भने सहज पहुँच पाउन सके। उनका अनुसार साङतामा १३ घर छन। त्यो गाउँको जनसंख्या करिब ४० छ। उनका अनुसार गाउँ पुग्ने मोटरबाटोको ट्रयाक मात्र खुलेको छ। हिउँदमा हिउँ जमेर गाडी गुड्दैन। पानी कम पर्ने हुँदा वर्षायाममा मुस्किलले ट्रयाक्टरसम्म गुड्न सक्छ। विद्युतको पनि असुविधा छ । संचार पनि सहज छैन। स्वास्थ्य र शिक्षामा पनि उत्तिकै पिछडिएको गाउँ हो। आउजाउको असुविधाले कतिपय बासिन्दा अत्यावश्यक काम नपरी सदरमुकाम झर्दैनन। समुद्री सतहदेखि करिब चारहजार मिटरको उचाईको गाउँमा भएको विद्यालय पनि विद्यार्थी अभाव भएपछि अर्कैसँग मर्ज भएको छ।

‘सबैभन्दा बढी समस्या भोगेको गाउँ नै साङता हो। सबैखाले असुविधाबाट त्यो गाउँका बासिन्दा अभ्यस्त छन,’ वारागुँका अध्यक्ष गुरुङले भने, ‘सबैभन्दा बढी समस्या बिरामी पर्दा हुने हो। आउजाउ सहज नभएपछि बिरामी पर्दा हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन।’ असुविधै असुविधा भोगिरहेको त्यो गाउँका बासिन्दाले कोरोना विरुद्धको खोप भने सहजै पाउँदा खुसी भएको उनले बताए। ‘यति सहज तरिकाले खोप पाउने दुर्गम गाउँका बासिन्दालाई भाग्यमानी मान्नुपर्छ। किनकी अरु सबै सुविधाबाट उनीहरु बञ्चित थिए। तर, कोरोना विरुद्धको खोपमा मात्र सहज पहुँच भयो,’ उनले भने।  
उनका अनुसार गाउँलेलाई यतिसम्मको असुविधा छ की हिउँदमा गाउँ नै अर्काे ठाउँमा बसाई सर्छ। अधिकांश सदरमुकाम जोमसोममा झर्छन। च्याङग्रा र याक पालेर भएको आम्दानीले उनीहरुले गुजारा टार्छन। उनका अनुसार साङताबाट तीनदिन पैदल हिडे डोल्पाको छार्का पुगिन्छ। ‘आधा बाटोसम्म मोटरसाइकलमा खोप ढुवानी ग¥यौ, त्यसपछि बोकेरै गाउँमा पु¥याएर खोप लगाएका हौ,’ उनले भने।  

मुस्ताङका स्वास्थ्य कार्यालय प्रमुख टिकाराम भण्डारीका अनुसार दोहो¥याएर ढुवानी गर्न असुविधा भएपछि एक मात्रा लगाए पुग्ने जोन्सनको खोप साङताका बासिन्दालाई लगाइएको हो। ‘निकै नै असुविधा भोगेको गाउँ हो। तर, राज्यले चाहे सबै अप्ठेरा ठाउँसम्म पनि कोरोना विरुद्धको खोप सहजै पु¥यायौ,्’ भण्डारीले भने। उनका अनुसार कोभिड खोपमा राज्यको प्राथमिकतामा पर्दा साङता मात्र नभई मुस्ताङका अरु दुर्गम गाउँहरु लो–घेकरका यारा र घाराजस्ता गाउँमा पनि सहजै पु¥याउन सकिएको थियो।

‘बच्चाका लागि खोप पनि त्यहाँ घुम्ति क्लिनिकमार्फत लगाइन्छ। कोभिडको बेला जनचेतनाका कार्यक्रम पनि गरिएको हो। सामान्य अवस्थामा अरु बेला पहुँच पुग्दैन,’ उनले भने, ‘सबैतिर असुविधा भोगेको बासिन्दाले कोरोना विरुद्धको खोपमा भने सहजता अनुभूति गरेका छन।’ थोरै जनसंख्या भएपनि सबै गाउँलेलाई सदरमुकामसम्म बोलाउन असहज भएपछि जसोतसो गाउँसम्मै ढुवानी गरेको उनले बताए।  

यस्तै अनुभव म्याग्दीको धवलागिरी गाउँपालिका –१ गुर्जाका बासिन्दासँग पनि छ। गुर्जाको त उखानै छ ‘गुर्जामाथि गाउँ छैन, टुप्पि माथि ठाउँ छैन।’ उखानले भने झै गुर्जा साच्चै दुर्गम गाउँ हो । वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार म्याग्दी सदरमुकाम बेनीदेखि गाउँपालिका केन्द्र मुनासम्म गाडी जान्छ। यो करिब ३५ किलोमिटर दूरी हो। मुनाबाट थप एकदिन पैदल हिडेर गुर्जा पुगिन्छ। यो गाउँको जनसंख्या १५ सय हाराहारीमा छ। २६० घर एकै गाउँमा छन।  

यहाँका बासिन्दाले हिउँदमा हिमपातको सास्ती खेप्नुपर्छ। करिब २७ सय मिटर उचाईको यो बस्तीमा मान्छे बिरामी परे हेलिकप्टर चार्टर गरेर सहर झार्नुको विकल्प छैन। त्यसका लागि करिब डेढलाख रुपैयाँसम्म खर्चनुपर्छ। संचार सहज छैन। विद्युत पनि नियमित हुँदैन। सदरमुकाम आउँदा बासै बस्नुपर्छ। दश कक्षासम्म गाउँमै पढ्न पाएपनि त्यसपछिको अध्ययनका लागि सदरमुकाम आउनुको विकल्प छैन। ‘सकेसम्म गाउँलेले सदरमुकाम झर्नु नपरे हुन्थ्यो भन्छन, किनकी आउजाउ नै महंगो पर्छ,’ छन्त्यालले भने।  

‘अत्यावश्यक काम नहुँदा सदरमुकाम नझर्ने गाउँलेले कोरोना विरुद्धको खोप भने सहजै भए,’ उनले भने, ‘सहरतिर खोपमा लुछाचुँडी भईरहेको बेला दुर्गम गाउँका बासिन्दालाई सरकारले प्राथमिकता दिँदा जनता खुसी भए।’ उनका अनुसार गाउँलेले त्यत्ति सहजै खोप पाउने आश गरेका थिएनन। तर, बोकाएरै ढुवानी गरेरै भएपनि गाउँमा सहजताका साथ खोप लगाउन सकियो,’ उनले भने।  
उनका अनुसार अहिलेसम्म गुर्जाका कोहि पनि बासिन्दा कोरोनाबाट संक्रमित समेत भएका छैनन। ‘यति सहजै खोप पाइएला कसैको अनुमान थिएन। सहरतिर लुछाचुँडी भएको बेला गाउँलेले आश मारेका थिए। तर, राज्यले चाहेमा गर्न नसक्ने केही रहेनछ। सधै र सबैखाले असुविधा भोगेका गाउँलेले खोपमा भने विभेद खेप्नु परेन’ उनी भन्छन, ‘चुनावमा भोट हाल्न बाहेक गाउँलेले सहजै सुविधा पाएको कोरोना विरुद्धको खोपमा मात्र हो। नत्र सधैंको दुख गाउँलेलाई छ। ’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस