गत महिना सम्पन्न युरोपियन च्याम्पियनसिप २०२० दौरान हृदयाघात भएपछि आराम गरिरहेको इन्टर मिलानका डेनिस मिडफिल्डर क्रिस्टियन इरिक्सन पहिलो पटक इन्टर मिलानको अभ्यास स्थलमा पुगेका छन्।
इन्टर मिलानले जारी गरेको विज्ञप्तिमा २९ वर्षे इरिक्सनले बुधबार मिलाननजिकै रहेको अभ्यास स्थलमा भ्रमण गरेको जनाएको छ। ‘डेनिस मिडफिल्डर इरिक्सनले क्लबका निर्देशक, प्रशिक्षक, टोली सहयात्री र व्यवस्थापन टोलीसँग भेट गरेका छन्। इरिक्सन शारीरिक र मानिसक रूपमा फिट नै छन्,’ इन्टरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘उनी अहिले स्वास्थ्यलाभ गरिरहेका छन् र निरन्तर चिकित्सकको सम्पर्कमै छन्। उनको स्वास्थ्य अवस्थाबारे इन्टर मिलानको चिकित्सक टोलीले पनि जानकारी लिइरहेको छ।’ साथै इन्टरले सामाजिक सन्जालमा इरिक्सनले अभ्यास मैदान भ्रमण गरेको भिडियोसमेत पोस्ट गरेको छ। जहाँ उनले टोलीको जर्सीमा सामूहिक तस्बिर पनि खिचाएका थिए।
युरोपियन च्याम्पियनसिप २०२० अन्तर्गत फिनल्यान्डविरुद्धको समूहको पहिलो खेलदौरान इरिक्सन मैदानमा ढलेका थिए। जहाँ उनलाई प्राथमिक उपचारपछि अस्पताल पुर्याइएको थियो। अस्पताल पुगेपछि इरिक्सनलाई हृदयाघात भएको पुष्टि भएको थियो। हाल उनको मुटुमा पेसमेकर राखिएको छ । त्यसैले उनी पुनः सक्रिय खेलाडीका रूपमा मैदान फर्कन्छन् वा फर्कंंदैनन् भन्नेमा अझै दुबिधा छ। इन्टरले इरिक्सनले छिट्टै चिकित्सकको सल्लाहमा सो पेस मेकर राखिराख्नुपर्ने हो वा होइन भन्नेबारे निर्णय भएपछि मात्र इरिक्सनको खेलजीवन अघि बढ्छ वा रोकिन्छ भन्नेबारे अन्तिम निर्णय हुने जनाएको छ मंगलबार मात्र सो खेलका रेफ्री एन्थोनी टेलरले इरिक्सन मैदानमा ढल्दा नै उनी गम्भीर अवस्थामा पुगिसकेको बताएका थिए। ‘मैले इरिक्सन मैदानमा ढलेको देखें,’ टेलरले भने, ‘ढल्नेबित्तिकै मैलै उनी गम्भीर स्थितिमा छन् भन्ने थाहा पाइसकेको थिएँ।’ टेलरले इरिक्सनको जीवन बचाएका डेनमार्कका कप्तान सिमोन काजर र मैदानमा उपस्थित चिकित्सक टोलीको समेत प्रशंसा गरेका थिए। ‘रातका वास्तविक हिरो भनेका डेनमार्कका कप्तान र चिकित्सक टोली हुन्, जसले तत्कालै मैदानमा प्रारम्भिक सिपिआर गरे,’ टेलरले भने।
इरिक्सनको अनुपस्थितिमा पनि डेनमार्कले युरोपियन च्याम्पियनसिप २०२० को सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। वेम्बलीमा भएको सेमिफाइनलमा डेनमार्क इङ्ल्यान्डसँग २–१ ले निराश भएको थियो।