दक्षिण अफ्रिका क्रिकेटका पूर्वखेलाडी हर्सेल गिब्सले आजाद कास्मिरमा ट्वान्टी–२० लिग खेल्न भारतीय क्रिकेट कन्ट्रोल बोर्डले रोक्ने प्रयास गरेको आरोप लगाएका छन्।
६ टोली सहभागी काश्मिर प्रिमियर लिगमा ४७ वर्षे क्रिकेटर गिब्स ओभरसिस वारियर्सबाट खेल्दै छन्। अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका कयौं क्रिकेटरले खेल्ने उक्त लिग आगामी अगस्ट ६ देखि १६ मा हुँदै छ। हिमालको क्षेत्र काश्मिरका कारण भारत र पाकिस्तानबीच समयसमयमा राजनीति द्वन्द्वसमेत सिर्जना हुने गरेको छ। पाकिस्तान र भारतको सिमाना काश्मिरलाई दुवै देशले आफ्नो क्षेत्र भएको भन्दै दाबी गर्दै आइरहेका छन्। यसै क्षेत्रलाई लिएर पनि पाकिस्तान र भारतबीच राजनीतिक संवाद पनि हुन छाडिसकेको छ। भारतले बहुसंख्यक मुस्लिम रहेको यस क्षेत्रलाई सन् २०१९ मा जम्मु काश्मिर र लाद्दख गरी दुई राज्यमा विभाजित गरेपछि दुई देशबीच थप विवाद बढेको छ।
यसैबीच गिब्सले शनिबार ट्विट गर्दै भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले खेललाई राजनीतिक एजेन्डा बनाउँदै अनावश्यक विषयमा बोलेको आरोप लगाएका छन्। उनले आफूलाई काश्मिर प्रिमियर लिग (केपिएल) मा खेल्नबाट बिसिसिआईले रोकेको खुलासा गरेका छन्। साथै केपिएलमा खेले भारतमा हुने सबै खाले क्रिकेट गतिविधिमा आफूलाई रोक लगाउने बिसिसिआईले चेतावनी दिएको गिब्सले बताए। यसै सिजनको केपिएलबाट इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी मोन्टी पेनेसर, म्याट प्रिअर, फिल मुस्टार्ड र ओवाइस शाहले आफ्नो नाम फिर्ता लिइसकेका छन्। त्यससँगै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले खेलको नियम र भावनाविपरीत बिसिसिआई गएको आरोप लगाएको छ।
साथै पिसिबीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)मा समेत यसबारे कुरा उठाउने जनाएको छ। काश्मिर लिगका मिडिया म्यानेजर सकिब अब्बासीका अनुसार इङ्ल्यान्डका चार खेलाडी, दक्षिण अफ्रिका र श्रीलंकाबाट समान १/१ खेलाडीले बिसिसिआईकै दबाबमा लिग खेल्न अस्वीकार गरेका छन्। पाकिस्तान सरकारले पनि बिसिसिआईले क्रिकेटमार्पmत राजनीति गरेको भन्दै प्रतिक्रिया जनाएको छ। ‘काश्मिरका युवा खेलाडी विश्वस्तरीय खेलाडीसँग खेल्न पाउँथे। तर, दुर्भाग्यवश बिसिसिआईको राजनीतिका कारण उनीहरू त्यो अवसर गुमाइरहेका छन्,’ पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता जाहिद हाफिजले भनेका छन्। यस विषयमा बिसिसिआईसँग प्रतिक्रिया लिन खोज्दा भारतीय क्रिकेट निकायले तत्काल जबाफ दिन चाहेन।