युरो कप २०२०: ग्रुप अफ डेथमा पोर्चुगल र जर्मनीलाई चुनौती
०९ असार २०७८
•
४ मिनेट पाठ
युरो कप २०२०: ग्रुप अफ डेथमा पोर्चुगल र जर्मनीलाई चुनौती
 युरो कप २०२० अन्तर्गत बुधबार समूहचरणका अन्तिम खेल हुँदै छन्, जसअन्तर्गत समूह ‘ई’ का दुई र समूह ‘एफ’ का दुई गरी कुल ४ खेल मात्र बाँकी छन्। 




स्पेनविरुद्ध स्लोभाकिया 

समूह ‘ई’ बाट अन्तिम १६ प्रवेश गर्ने ४ वटा टोलीको सम्भावना बाँकी छ। स्पेन मात्र २ अंकका साथ तेस्रो स्थानमा छ भने स्लोभाकिया ३ अंकका साथ दोस्रो स्थानमा छ। 

स्विडेन ४ अंकका साथ शीर्ष स्थानमा रहँदा पोल्यान्ड १ अंकका साथ चौथो स्थानमा छ। स्विडेनविरुद्ध गोलरहित बराबरीका साथ युरो कप २०२० को यात्रा थालनी गरेको स्पेन दोस्रो खेलमा पोल्यान्डसँग १–१ को बराबरीमा रोकिएको थियो। यता पोल्यान्डविरुद्ध ३ अंक खोस्दै प्रतियोगितामा सुखद सुरुआत गरेको स्लोभाकिया दोस्रो खेलमा भने स्विडेनसँग पराजित भएको थियो।

त्यसैले दुवै टोलीलाई कम्तीमा दोस्रो स्थान पक्का गर्दै अन्तिम १६ प्रवेशका लागि जितको विकल्प छैन। यद्यपि बराबरीको नतिजा पनि स्लोभाकियालाई अन्तिम १६ प्रवेश गर्न पर्याप्त बन्न सक्छ। लुइस इनरिकेको टोलीले जारी प्रतियोगितामा उल्लेख्य प्रदर्शन गर्न सकेको छैन। अग्रपंक्तिका खेलाडी नचल्दा उनी निराश बन्दै आएका छन्। स्पेन २००४ पछि पहिलो पटक युरो कपको समूहचरणबाटै बाहिरिने संघारमा छ। सन् २००८ र २०१२ मा युरो कपको उपाधि जितेको स्पेनले २०१६ मा पनि समूहचरण भने पार गरेको थियो।  

स्विडेनविरुद्ध पोल्यान्ड

स्लोभाकियामाथि दोस्रो खेलमा हात पारेको जितले स्विडेनलाई समूह ‘ई’ को सम्भावित विजेताका रूपमा उभ्याएको छ। आइतबार हुने खेलमा पोल्यान्डमाथि जित हात पारेमा स्विडेन समूहविजेताका रूपमा नकआउट चरण प्रवेश गर्नेछ। यद्यपि बराबरीको नतिजाले पनि स्विडेन अन्तिम १६ प्रवेश गर्नेछ। यता मात्र १ अंकका साथ चौथो स्थानमा बसेको पोल्यान्डलाई समूहचरणबाट माथि उठ्ने सम्भावना जीवित राख्नका लागि पनि स्पष्ट ३ अंक आवश्यक छ।  

पोर्चुगलविरुद्ध फ्रान्स

बुधबार समूह ‘एफ’ को अन्तिम चरणको खेलमा पोर्चुगल र फ्रान्स आमनेसामने हुँदा त्यसले सन् २०१६ को युरो कप फाइनलको झल्को दिनेछ। शनिबार जर्मनीसँग ४—२ ले हारेसँगै पोर्चुगलका लागि शीर्ष २ मा बस्दै नकआउट चरण प्रवेश गर्न विश्वविजेता फ्रान्सविरुद्ध जितको विकल्प छैन। पोर्चुगल गोलको लयमा रहेका कप्तान क्रिस्टियानो रोनाल्डोको लय फ्रान्सविरुद्ध पनि निरन्तर भएको हेर्न चाहन्छ।  

सन् २०१६ को युरो कपमा पोर्चुगलले फ्रान्सलाई स्तब्ध बनाएको थियो। त्यस क्रममा समूहचरणका तीनवटै खेल बराबरी गरेको पोर्चुगल तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा अटाउँदै नकआउट चरण प्रवेश गरेको थियो। फ्रान्सविरुद्धको हारले पोर्चुगलको शीर्ष २ मा बस्दै अघिल्लो चरण प्रवेश गर्ने सम्भावना सकिए पनि तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा पर्ने सम्भावना भने जीवित रहनेछ।

‘हामीले जर्मनीविरुद्ध लज्जास्पद हार बेहोर्दा गरेका गल्ती सुधार गर्दै फ्रान्सको चुनाती पन्छाउनु छ,’ पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने। ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ मा ४ अंक बटुलेको फ्रान्स शीर्ष स्थानमा छ भने पोर्चुगल र जर्मनी समान ३ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। हंगेरी मात्र १ अंकका साथ चौथो स्थानमा छ। जर्मनीविरुद्ध आत्मघाती गोल उपहार पाएको फ्रान्सले दोस्रो खेलमा हंगेरीसँग पुनरागमनमा १—१ को बराबरी खेलेको थियो।  

त्यसैले पोर्चुगलविरुद्ध बराबरीले मात्र पनि फ्रान्सको अन्तिम १६ प्रवेशको टिकट पक्का गर्नेछ। फ्रान्सको लक्ष्य गत संस्करण घरेलु मैदानमा पोर्चुगलसँग फाइनलमा भोगेको हारको बदला लिँदै समूह विजेताका रूपमा नकआउट चरण प्रवेश गर्ने रहेको छ। ‘मलाई मेरा खेलाडीमा पूर्ण रूपमा विश्वास छ,’ फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले भने, ‘स्ट्राइकर फिनिसिङमा चुकिरहेका छन्, आशा छ पोर्चुगलविरुद्ध त्यो समस्यामा पूर्णविराम लाग्नेछ।’

जर्मनीविरुद्ध हंगेरी  

फ्रान्सविरुद्धको पहिलो खेमला अभागी साबित बनेको जर्मनीले दोस्रो खेलमा साबिकको विजेता पोर्चुगलमाथि जितका साथ प्रतियोगितामा पुनरागमन गरेको हो। सो जितपछि जर्मनीले अन्तिम १६ प्रवेश समीकरण आफ्नै हातमा फर्काएको थियो। हंगेरीमाथि स्पष्ट जित,जर्मनीको युरो कप २०२० को नकआउट चरण प्रवेशका लागि पर्याप्त बन्नेछ।  

‘हामीले पोर्चुगलविरुद्ध बल नियन्त्रणमा राख्दै तीव्र गतिको खेल खेल्याैं,’ जर्मनीका प्रशिक्षक जोचिम लोउले भने, ‘हंगेरीले बुधबार पूर्ण रूपमा रक्षात्मक रणनीतिका साथ खेलेमा त्यो हाम्रा लागि कठिन बन्न सक्छ। उनीहरूले आफूहरू जस्तोसुकै नतिजा ल्याउन सक्षम छाैं भन्ने प्रमाणित गरिसकेका छन्।’ यता पहिलो खेलमा पोर्चुगललाई ८४ मिनेटसम्म रोकेको हंगेरीले दोस्रो खेलमा विश्वविजेता फ्रान्सलाई बराबरीमा रोकेको थियो।  

त्यसैले हंगेरी म्युनिखमा घरेलु टोलीलाई स्तब्ध पार्दै अघिल्लो चरण प्रवेशको ढोका खुला राख्न चाहन्छ। ‘हामीले उत्कृष्ट प्रदर्शन गर्न आएका हाैं,’ हंगेरीका प्रशिक्षक मार्काे रोस्सीले भने, ‘आशा छ, म्युनिखमा टोलीले अहिलेसम्मकै उत्कृष्ट खेल खेल्दै नतिजा आफ्नो पक्षमा पार्नेछ। हामी कम्तीमा प्रतियोगितामा सुखद बिदाइको लक्ष्यमा छाैं।’
अर्को समाचार
युरो कप २०२०: इटाली युरो कप च्याम्पियन
२९ असार २०७८
•
३ मिनेट पाठ
युरो कप २०२०: इटाली युरो कप च्याम्पियन
२०१८ को विश्वकपमा छनोट हुन नसकेको इटालीलाई सम्हालेर युरो कपको उपाधि दिलाएका प्रशिक्षक रोबर्टो मान्सिनीको सफल प्रशिक्षणले टोलीलाई लागेको कालो दाग केही हदसम्म मेटिएको छ।  




५५ वर्षपछि युरो कपको उपाधिनजिक पुगेको घरेलु टोली इङ्ल्यान्डलाई आइतबार पेनाल्टी सुटआउटमा ३–२ ले स्तब्ध बनाउँदै इटालीले उपाधि उचाल्दा प्रशिक्षक रोबर्टो मान्सिनी सबैका आकर्षणका केन्द्र बनेका छन्। ३४औं अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अपराजित यात्रालाई निरन्तरता दिँदा प्रशिक्षक मान्सिनीको टोली इटालीले दोस्रो पटक युरोपियन च्याम्पियनसिपको उपाधि उचाल्न सफल भयो। निर्धारित ९० र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट लिइएको निर्णयमा इटाली भाग्यमानी भएको हो।  

चार पटक विश्व च्याम्पियन बनेको इटालीले यसअघि १९६८ मा पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि उचालेको थियो। इटालीले आइतबार पहिलो पटक फाइनल प्रवेश गरेको इङ्ल्यान्डलाई उसैको मैदानमा स्तब्ध बनाउँदा युरोपियन च्याम्पियनसिपको उपाधि संख्या दुई पुर्‍याएको हो। १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा स्थान बनाएको इङ्ल्यान्डले घरेलु समर्थकलाई खुसी बनाउन सकेन। मान्सिनीको टोलीले पुनरागमन गर्दै खेलमा फर्किएर नयाँ इतिहास रच्न सफल भएको हो।  

‘यात्रा अझै लामो छ। हामी इटालीका सर्वसाधारणलाई उपाधि जितेर खुसी दिन चाहन्थ्यौं। किनकि जनता उपाधिका धेरै भोका थिए। यो उपाधिले सबैमा खुसी छाएको छ,’ इटालीका प्रशिक्षक मान्सिनीले भने। इटालीलाई युरोपियन च्याम्पियनसिपको दोस्रो उपाधि दिलाएका मान्सिनीको व्यक्तिगत प्रशिक्षण करियरमा भने यो १४औं उपाधि हो। इटालीका लागि भने यो पहिलो उपाधि हो। उमेरसमूहका खेलमा इटालीबाट खेलेका मान्सिनीले आफ्नो खेलाडी जीवनमा कुनै उपाधि नजिते पनि प्रशिक्षण करियरमा भने टोलीलाई उपाधि दिलाउन सफल भएका हुन्।

१७ वर्षे प्रशिक्षण करियरमा मान्सिनीले फियोरिन्टिना, लाजियो, इन्टर मिलान, म्यानचेस्टर सिटी र गालातासारेका लागि उपाधि दिलाएका छन्। २०१८ को विश्वकप छनोट हुन असफल टोलीलाई उपाधि दिलाएसँगै कतार विश्वकपमा पनि सहभागी हुने उच्च मनोबल मिलेको छ। ‘प्रशिक्षक मान्सिनीले सुरुआतमा उपाधि उचाल्ने लक्ष्य राख्नुपर्छ भन्दै प्रेरणा खेलाडीलाई दिएका थिए। लक्ष्य उपाधि भएपछि खेलाडी खेल्ने ऊर्जा मिल्छ भन्ने उनले बारम्बार सम्झाउँथे,’ कप्तान जर्जियो चिलिनीले भने, ‘उपाधिले टोलीको शिर उच्च बनाउन सहयोग पुर्‍याएको छ। प्लेअफमा स्विडेनसँग पराजित भएपछि विश्वकप गुम्दा लागेको कालो दाग पातलिएको छ।’ यता इङ््ल्यान्डका प्रशिक्षक साउथगेटले फाइनलमा इटालीसँग टोली पराजित हुनु निकै पीडादायी रहेको प्रतिक्रिया दिएका छन्।

‘हामी सबै संगै छौं। खेलाडीले देशका लागि खेल्दाखेल्दै पनि पनि पराजित हुन पर्‍यो। टोलीमा केही अविश्वसनीय क्षणहरू खेलाडीबाट पाएको छु,’ इङ्ल्यान्ड प्रशिक्षक साउथगेटले भने। यता कप्तान ह्यारी केनले युरोको फाइनलमा बेहोरेको पराजयले आगामी करियरमा पनि असर पार्ने बताए। ‘हामीले समूहको रूपमा जे हासिल गरेका छौं। त्यसलाई एक समूहका रूपमा गर्व गर्न आवश्यक छ। फाइनलसम्मको यात्रा टोलीले हात पारेको सफलताका रूपमा लिनुपर्छ,’ इङ्ल्यान्डका कप्तान ह्यारी केनले भने, ‘पेनाल्टीमा हार्नु संसारको सबैभन्दा खराब अनुभव हो। खेलअघिको रात हाम्रो थिएन। तर समग्रमा भन्नुपर्दा प्रतियोगिता सानदार रह्यो। हामीले सम्पन्न प्रतियोगितामा प्राप्त नतिजालाई लिएर हाम्रो शिर उच्च राख्न आवश्यक छ।’

इङ्ल्यान्ड पहिलो पटक समूहको शीर्ष स्थानमा रहँदै युरो कपको फाइनल पुगेको थियो। नकआउट चरणको खेलमा इङ्ल्यान्डले जर्मनी, युक्रेन र डेनमार्कको चुनौतीलाई पार गर्दै उपाधिनजिक पुगेको थियो। प्रतियोगितामा इङ्ल्यान्डले दुई गोल बेहोर्न पुग्यो। तर वेम्बली मैदानमा घरेलु टोली इटालीसँग पेनाल्टीमा ३–२ ले पराजित भयो। इङ्ल्यान्डका जाडोन सान्चो, मार्कुस रासफोर्ड र बुकायो साकाको प्रहार असफल बनेको थियो। सान्चोको प्रहार पोस्टमा लागेर फर्किएको थियो। रासफोर्ड र साकाको प्रहार इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माले बचाउ गरेका थिए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस