फ्लडलाइटको उद्घाटन
२४ चैत्र २०७७
•
३ मिनेट पाठ
फ्लडलाइटको उद्घाटन
काठमाडौंपछि पहिलो पटक मोफसलमा रात्रीकालीन खेलका लागि स्थायी फ्लडलाइटको उद्घाटन गरिएको छ । सोमबार राति प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फ्लड लाइटको स्वीच थिचेर उद्घाटन गरेका हुन् ।  




विराटनगरको सहिद रंगशालामा स्थायी फ्लड लाइट निर्माण गरिएको हो । विराटनगरमा हुने गर्मीबाट यहाँका खेलप्रेमीले राहत पाउने भएको छन् । गर्मीको मौसममा दिउँसो प्रतियोगिता गराउनु पर्ने बाध्यता रहेको थियो । बत्ती नहुँदा यहाँका चर्चित प्रतियोगिता दिउँसो गराउँदा दर्शक र खेलाडी दुवैले गर्मीको सामाना गर्नुपर्‍थो ।    

प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । प्रदेश सरकारले ३ वर्ष अघि फ्लडलाइट बनाउने प्रतिवद्धता व्यक्त गरेको अनुसार काम भएको र खेलकुदलाई उच्च प्राथमिकता राखेको मुख्यमन्त्री शेरधनराईले बताउँदै, ‘सरकारको आलोचना गर्नेलाई सहिद रंगशालामा आउन आग्रह गर्छु । चार लेन सडक, प्रत्येक जिल्लामा रंगशाला, पुललगायतका पूर्वाधार निर्माणको काममा गरिरहेको छौं । कुरा मात्र गरेका छैनौं । वर्तमान सरकारको नेतृत्वमा विकास निर्माणलगायत जनताको जीवनस्तर उकास्न कार्यमा प्रतिवद्ध रही कार्य गरिरहेका छौं ।’

सामाजिक विकासमन्त्री उषाकला राईले लाइट सञ्चालनबाट यस क्षेत्रको खुलकुदको सञ्चालनमा वृद्धि हुनुका साथै राष्ट्रिय एवं अन्र्ताष्ट्रिय प्रतियोगितामा प्रदेशका खेलाडीहरुको क्षमता वृद्धि हुने बताइन् ।

प्रदेश १ सरकारको ५ करोड ४२ लाख रुपैयाँको लगानीमा फ्लड लाइट जडान गरिएको हो । ०७६ असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिबीच ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी ४ बटा पोल खडा गरी प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ४ करोड २९ लाखमा ०७७ वैशाख २५ गते सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि भएको लकडाउनलगायत अन्य प्राविधिक समस्याले गर्दा निर्माण कार्य ढिलाइ भएको बताइएको छ ।

त्यसैगरी, विराटनगरमा हुन लागेको विराट गोल्डकप पनि रात्रीकालीन हुनेछ । यस अघि अस्थायी संरचना बनाएर रात्रीकालीन फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । त्यस क्रममा प्रदेश १ सरकारले सहिद रंगशालामा स्थायी फ्लड लाइट निर्माण गर्ने घोषाण गरेको थियो ।  

चैत २६ देखि वैशाख ४ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा १० क्लबको सहभागिता रहेको छ । जसमा नेपालबाट विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ)का साथै विराटनगर महानगरपालिका ११, मनाङ मस्र्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज रुपन्देही, संकटा क्लब छन् भने भारतको युनाइटेट सिक्किम, पंजाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुम टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।  

विराट गोल्डकपको विजेताले नगद १५ लाख १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले नगद ७ लाख ५१ हजार रुपैयाँ पाउने छन् । मोफसलमा सर्वाधिक राशि खप्तड गोल्डकपमा नगद २१ लाख रुपैयाँ पुरस्कारपछि दोस्रो धेरै नगद राशि पुरस्कार रहेको विराट गोल्डकप हो । प्रतियोगितामा विभिन्न ७ वटा विधाका उत्कृष्ट खेलाडीले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
अर्को समाचार
फ्लडलाइटको उज्यालोमा चम्कियो नेपाली क्रिकेट
०१ मंसिर २०८२
•
३ मिनेट पाठ
फ्लडलाइटको उज्यालोमा चम्कियो नेपाली क्रिकेट
तस्बिर: एनपीएल
नेपाली क्रिकेटले सोमबार एक नयाँ इतिहास रचेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेल पहिलो पटक फ्लडलाइटमा सम्पन्न भयो। हजारौं दर्शक यसका साक्षी बने।




May be an image of crowd and text
दर्शकको खचाखच उपस्थिति रहेको ऐतिहासिक रातमा काठमाडौं गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै अविस्मरणीय जित दर्ता गर्‍यो।

May be an image of crowd and text
घरेलु क्रिकेटमा सायदै देखिएको यस्तो रौनक र उत्साह कीर्तिपुर मैदानमा सोमबार साँझ देखिएको थियो। नेपालमा पहिलो पटक रात्रिकालीन क्रिकेटको प्रत्यक्ष मजा लिने अवसर पाएका दर्शकहरूको बाक्लो उपस्थिति र निरन्तरको हुटिङले खेलाडीहरूमा समेत नयाँ उर्जा थपेको थियो।

May be an image of crowd and text
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको एनपीएल दोस्रो संस्करणको यो सुरुवातलाई नेपाली क्रिकेटको व्यावसायिक विकासमा एक कोशेढुंगा मानिएको छ।

May be an image of one or more people, beard, crowd and text
आयोजकका अनुसार प्रतियोगिताका कुल ३२ खेलमध्ये २३ खेलहरू फ्लडलाइटमा नै खेलाइने तालिका छ। 

ऐतिहासिक खेलमा काठमाडौंको सानदार जित

यो ऐतिहासिक रातलाई काठमाडौं गोर्खाजले आफ्नो प्रदर्शनले थप स्मरणीय बनायो। जनकपुरले दिएको १३१ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभरमै ५ विकेट गुमाएर जित हासिल गर्‍यो।

काठमाडौंको जितको आधार ओपनर बेन चार्ल्सवर्थले तयार पारेका थिए। उनले मात्र २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनको विष्फोटक पारी खेले।

त्यस्तै, अर्का ओपनर आकाश त्रिपाठीले ३९ रनको संयमित पारी खेल्दै जित सुनिश्चित गरे।

त्यसअघि, टस हारेर ब्याटिङ गरेको जनकपुरले आसिफ शेखको ५४ रनको अर्धशतकीय पारी र मयन यादवको अविजित ३४ रनको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो।

समग्रमा, एनपीएलको उद्घाटन खेल मैदानको नतिजाले मात्र होइन, नेपाली क्रिकेटलाई व्यावसायिकतातर्फ डोर्याउने एक सफल र उज्यालो सुरुवातका रूपमा पनि स्मरणीय रहनेछ।

यो पनि पढ्नुहोस्

एनपीएल: साविक विजेता जनकपुरलाई ५ विकेटले हराउँदै काठमाडौंको विजयी सुरुवात

तस्बिरहरु: एनपीएल/रासस
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस