जो रुटको यादगार ब्याटिङप्रेरित इङ्ल्यान्डले भारतसँगको पहिलो टेस्टमा मंगलबार २ सय २४ रनको जित निकाल्दै तीन खेलको शृंखलामा सुखद सुरुआत गरेको छ। सयौं टेस्ट करियरमा रुटले दोहोरो शतक प्रहार गरेको पहिलो टेस्टमा इङ्ल्यान्डले जित निकाल्दै भारतको घरेलु मैदानमा जारी शृंखलामा सुखद सुरुआत गरेको हो।
यससँगै इङ्ल्यान्ड भारतको घरेलु मैदानको शृंखलामा दुर्लभ जितको यात्रामा होमिएको छ। स्पिनर ज्याक लिचले चार विकेट र तीव्र गतिका बलर जेम्स एन्डरसनले तीन विकेट लिएपछि चेन्नईमा ४ सय २० रनको लक्ष्य पछ्याएको भारत अन्तिम दिन १ सय ९२ रनमै समेटिएको थियो। ‘यो निकै राम्रो जित हो।
तर शृंखलामा अझै खेल बाँकी छन्, त्यसैले यो सुरुआत मात्र हो,’ रुटले भने। इङ्ल्यान्डका कप्तानले भने यो हारपश्चात् भारतले यसको कडा जबाफ दिने भविष्यवाणी गरेका छन्। यद्यपि, गत महिना अस्ट्रेलियाको भूमिमा ब्याटिङ र रणनीतिक तवरबाट सनसनीपूर्ण रूपले शृंखला आफ्नो पक्षमा पारेको भारतको ब्याटिङ घरेलू भूमिमा भने चल्न सकेन।
यता, रुट सयौं टेस्टमा दोहोरो शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बन्दा इङ्ल्यान्डले पहिलो इनिङमा ५ सय ७८ रन बनाएको थियो। सो इनिङमा रुटले २ सय १८ रन बनाएका थिए। दोस्रो इनिङमा इङ्ल्यान्ड १ सय ७८ रनमै समेटिँदा रुट (४० रन) नै टोलीका लागि सर्वाधिक स्कोरकर्ता थिए। रुटले टस जित्नुले पनि पहिलो इनिङमा केही प्रभाव बनाएको र सोही अनुरूप ब्याटिङ गर्न सफल भएको प्रतिक्रिया दिएका छन्।
यो जितले इङ्ल्यान्डलाई टेस्ट च्याम्पियनसिपको पहिलो स्थान पुर्याउँदा भारत भने चौथोमा खस्किएको छ। यो शृंखलाले पनि आगामी जुनमा लर्ड्समा हुने फाइनलमा न्युजिल्यान्डसँग कुन टोलीले चुनौती प्रस्तुत गर्छ भन्ने तय हुनेछ। मंगलबार भारतलाई दबाब बनाउन इङ्ल्यान्डका लिचले ओभरनाइट ब्याट्सम्यान चेतेश्वर पूजारालाई १५ रनमै पवेलियनको बाटो देखाए।
त्यसपछि एन्डरसनले पनि आफ्नो रिभर्स स्विङ बलिङ गर्दै भारतको तीन विकेट निकाले। अन्तिम दिन शुभमन गिलले आफ्नो मात्र चौथो टेस्ट करियरमा तेस्रो अर्धशतक पूरा गरेपछि एन्डरसनले उनलाई क्लिन बोल्ड गरेका थिए। त्यसको तीन बलपछि नै एन्डरसनले अजिन्क्या रहानेलाई शून्यमै पवेलियन फर्काए।
भारतको पहिलो इनिङका नायक ऋषभ पन्त पनि ११ रनमा एन्डरसनकै सिकार भए। त्यसपछि इङ्ल्यान्डका अर्का स्पिनर डोम बेसले वासिङ्टन सुन्दरलाई पनि शून्यमै आउट गर्दै भारतलाई ११७–६ को नाजुक स्थितिमा पुर्याए। रुटले ३८ वर्षको उमेरमा उत्कृष्ट प्रदर्शन गर्दै ६ सय ११ टेस्ट विकेट लिन सफल एन्डरसनको खुलेरै तारिफ गरेका छन्।
भारतको दोस्रो इनिङमा कप्तान विराट कोहलीबाहेक अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। भारतका लागि एक्लै क्रिजमा संघर्ष गरेका कोहलीले ७२ रन बनाउँदै २४औं टेस्ट अर्धशतक पूरा गरे। त्यसपछि तल्लो क्रमका ब्याट्सम्यानलाई लिच र तीव्र गतिका बलर जोफ्रा आर्चरले सस्तैमा पवेलियनको बाटो देखाएका थिए।
‘इङ्ल्यान्डले निकै राम्रो प्रदर्शन गर्यो,’ पहिलो इनिङमा ३ सय ३७ रनमै समेटिएको भारतका कप्तान कोहलीले भने, ‘उनीहरूले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरे। तर हामीमा त्यस किसिमको इच्छाशक्ति देखिएन।’ इङ्ल्यान्डसँग सन् १९९३ देखि भारतमा पाँच शृंखला जितको रेकर्ड छ।
उनीहरूले अन्तिम पटक एलेस्टर कुकको नेतृत्वमा सन् २०१२–१३ मा उक्त सफलता प्राप्त गरेको थियो, जहाँ रुटले टेस्टमा डेब्यु गरेका थिए। त्यसपछि इङ्ल्यान्डले भारतमा सन् २०१६ को टेस्ट शृंखलामा पराजय बेहोरेको थियो। गत महिना मात्र श्रीलंकाविरुद्धको टेस्ट शृंखला जितेको इङ्ल्यान्डका लागि रुटले २ सय २८ रन र १ सय ८६ रन बनाएका थिए। त्यस लगत्तै इङ्ल्यान्ड कोरोना महामारीपछि दोस्रो टेस्ट खेल्न चेन्नई आएको हो।