रुटको दोहोरो शतक
२५ माघ २०७७
•
१ मिनेट पाठ
रुटको दोहोरो शतक
जोए रुट सयौं टेस्ट करियरमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी बनेको दिन इङ्ल्यान्डले भारतविरुद्धको टेस्ट शृंखलाको पहिलो टेस्टमा शनिबार ५ सय ५५ रनको योगफल बनाएको छ।




चेन्नईमा जारी ओभर नाइट क्रिकेटमा १ सय २८ रनबाट दिनको सुरुआत गरेका कप्तान रुटले फाइनल सेसनमा आउट हुनुअघि ठूलो सट खेल्दै व्यक्तिगत दुई सय रनको आकडा पार गरेका थिए। साँझको सेसनमा भारतीय बलरले चार विकेट निकाल्दै पाहुना टोलीमाथि दबाब बनाउने प्रयास गरे पनि सफल हुन सकेनन् र इङ्ल्यान्डले ५ सय ५५ रन बनाउँदा दोस्रो दिनको खेल सकिएको थियो। डोम बेस २८ रन र ज्याक लिच ६ रनमा ब्याटिङ गरिरहेका छन्।  

रुटले ३ सय ७७ बल सामना गर्र्दै भारतीय स्पिनरलाई सहजै खेले र गत महिना श्रीलंकाविरुद्ध खेलेको विजयी इनिङतर्पm अग्रसर भए। यससँगै रुटले टेस्ट करियरको पाँचौं दोहोरो शतक प्रहार गरे। बेन स्टोक्सले ८२ र वेल्ली पोपले ३४ रन बनाए। ५०औं टेस्ट खेलिरहेका जस बट्लर ३२ रनमा आउट हुँदा जोफ्रा आर्चरले खातै खोल्न सकेनन्। यी दुवैलाई ईशान्त शर्माले आउट गर्दै ९८औं टेस्ट करियरमा २९९औं विकेटको आँकडा बनाए। शुक्रबार इङ्ल्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि भारतका बलर जसप्रीत बुमराह, आश्विन र साहबाज नदिमले समान २/२ विकेट लिएका छन्। भारतले पाहुना टोली इङ्ल्यान्डविरुद्ध चार खेलको टेस्ट शृंखला खेल्नेछ।
अर्को समाचार
शृंखलामा इङ्ल्यान्डको सुखद सुरुआत
२८ माघ २०७७
•
३ मिनेट पाठ
शृंखलामा इङ्ल्यान्डको सुखद सुरुआत
जो रुटको यादगार ब्याटिङप्रेरित इङ्ल्यान्डले भारतसँगको पहिलो टेस्टमा मंगलबार २ सय २४ रनको जित निकाल्दै तीन खेलको शृंखलामा सुखद सुरुआत गरेको छ। सयौं टेस्ट करियरमा रुटले दोहोरो शतक प्रहार गरेको पहिलो टेस्टमा इङ्ल्यान्डले जित निकाल्दै भारतको घरेलु मैदानमा जारी शृंखलामा सुखद सुरुआत गरेको हो।




यससँगै इङ्ल्यान्ड भारतको घरेलु मैदानको शृंखलामा दुर्लभ जितको यात्रामा होमिएको छ। स्पिनर ज्याक लिचले चार विकेट र तीव्र गतिका बलर जेम्स एन्डरसनले तीन विकेट लिएपछि चेन्नईमा ४ सय २० रनको लक्ष्य पछ्याएको भारत अन्तिम दिन १ सय ९२ रनमै समेटिएको थियो। ‘यो निकै राम्रो जित हो।

तर शृंखलामा अझै खेल बाँकी छन्, त्यसैले यो सुरुआत मात्र हो,’ रुटले भने। इङ्ल्यान्डका कप्तानले भने यो हारपश्चात् भारतले यसको कडा जबाफ दिने भविष्यवाणी गरेका छन्। यद्यपि, गत महिना अस्ट्रेलियाको भूमिमा ब्याटिङ र रणनीतिक तवरबाट सनसनीपूर्ण रूपले शृंखला आफ्नो पक्षमा पारेको भारतको ब्याटिङ घरेलू भूमिमा भने चल्न सकेन।

यता, रुट सयौं टेस्टमा दोहोरो शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बन्दा इङ्ल्यान्डले पहिलो इनिङमा ५ सय ७८ रन बनाएको थियो। सो इनिङमा रुटले २ सय १८ रन बनाएका थिए। दोस्रो इनिङमा इङ्ल्यान्ड १ सय ७८ रनमै समेटिँदा रुट (४० रन) नै टोलीका लागि सर्वाधिक स्कोरकर्ता थिए। रुटले टस जित्नुले पनि पहिलो इनिङमा केही प्रभाव बनाएको र सोही अनुरूप ब्याटिङ गर्न सफल भएको प्रतिक्रिया दिएका छन्।

यो जितले इङ्ल्यान्डलाई टेस्ट च्याम्पियनसिपको पहिलो स्थान पुर्‍याउँदा भारत भने चौथोमा खस्किएको छ। यो शृंखलाले पनि आगामी जुनमा लर्ड्समा हुने फाइनलमा न्युजिल्यान्डसँग कुन टोलीले चुनौती प्रस्तुत गर्छ भन्ने तय हुनेछ। मंगलबार भारतलाई दबाब बनाउन इङ्ल्यान्डका लिचले ओभरनाइट ब्याट्सम्यान चेतेश्वर पूजारालाई १५ रनमै पवेलियनको बाटो देखाए।

त्यसपछि एन्डरसनले पनि आफ्नो रिभर्स स्विङ बलिङ गर्दै भारतको तीन विकेट निकाले। अन्तिम दिन शुभमन गिलले आफ्नो मात्र चौथो टेस्ट करियरमा तेस्रो अर्धशतक पूरा गरेपछि एन्डरसनले उनलाई क्लिन बोल्ड गरेका थिए। त्यसको तीन बलपछि नै एन्डरसनले अजिन्क्या रहानेलाई शून्यमै पवेलियन फर्काए।

भारतको पहिलो इनिङका नायक ऋषभ पन्त पनि ११ रनमा एन्डरसनकै सिकार भए। त्यसपछि इङ्ल्यान्डका अर्का स्पिनर डोम बेसले वासिङ्टन सुन्दरलाई पनि शून्यमै आउट गर्दै भारतलाई ११७–६ को नाजुक स्थितिमा पुर्‍याए। रुटले ३८ वर्षको उमेरमा उत्कृष्ट प्रदर्शन गर्दै ६ सय ११ टेस्ट विकेट लिन सफल एन्डरसनको खुलेरै तारिफ गरेका छन्।  

भारतको दोस्रो इनिङमा कप्तान विराट कोहलीबाहेक अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। भारतका लागि एक्लै क्रिजमा संघर्ष गरेका कोहलीले ७२ रन बनाउँदै २४औं टेस्ट अर्धशतक पूरा गरे। त्यसपछि तल्लो क्रमका ब्याट्सम्यानलाई लिच र तीव्र गतिका बलर जोफ्रा आर्चरले सस्तैमा पवेलियनको बाटो देखाएका थिए।

‘इङ्ल्यान्डले निकै राम्रो प्रदर्शन गर्‍यो,’ पहिलो इनिङमा ३ सय ३७ रनमै समेटिएको भारतका कप्तान कोहलीले भने, ‘उनीहरूले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरे। तर हामीमा त्यस किसिमको इच्छाशक्ति देखिएन।’ इङ्ल्यान्डसँग सन् १९९३ देखि भारतमा पाँच शृंखला जितको रेकर्ड छ।

उनीहरूले अन्तिम पटक एलेस्टर कुकको नेतृत्वमा सन् २०१२–१३ मा उक्त सफलता प्राप्त गरेको थियो, जहाँ रुटले टेस्टमा डेब्यु गरेका थिए। त्यसपछि इङ्ल्यान्डले भारतमा सन् २०१६ को टेस्ट शृंखलामा पराजय बेहोरेको थियो। गत महिना मात्र श्रीलंकाविरुद्धको टेस्ट शृंखला जितेको इङ्ल्यान्डका लागि रुटले २ सय २८ रन र १ सय ८६ रन बनाएका थिए। त्यस लगत्तै इङ्ल्यान्ड कोरोना महामारीपछि दोस्रो टेस्ट खेल्न चेन्नई आएको हो।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस