चेल्सीका नवनियुक्त प्रशिक्षक थोमस टुचेलले निकै राम्रो टोली उपहारको रूपमा पाएको लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले विश्वास व्यक्त गरेका छन्। फ्रान्क लाम्पार्डको बर्खास्तीप्रति सहानुभूति प्रकट गर्दै क्लोपले हालको चेल्सी निकै राम्रो रहेको र टुचेलले उक्त टोली उपहारस्वरूप प्राप्त गरेको विश्वास व्यक्त गरेका हुन्।
चेल्सीसँग तीन वर्षको सम्झौता गरेका लाम्पार्ड १८ महिना पूरा गरेसँगै सोमबार मात्र बर्खास्तमा परेका थिए। प्रिमियर लिगका पछिल्ला आठ खेलमा पाँच हार बेहोरेपछि चेल्सीले आफ्ना प्रशिक्षक लाम्पार्डलाई सोमबार बर्खास्त गरेको थियो। यस सिजनमा खेलाडी ट्रान्सफरमा अत्यधिक खर्च गरेको चेल्सीले एकपछि अर्को हारको सामना गरेसँगै लाम्पार्ड बर्खास्तीमा परेका थिए। गत सिजन चौथो स्थानमा रहेर लिग टुङ्ग्याएपछि इङ्लिस फुटबलका पूर्वमिडफिल्डरसमेत रहेका लाम्पार्डले यस सिजनको समर ट्रान्सफरमा तीन सय मिलियन डलर खर्चिएका थिए। ‘गत ट्रान्सफरमा चेल्सीले उत्कृष्ट गरेको थियो।
उनीहरूले निकै राम्रा खेलाडी पनि भित्र्याए,’ चार वर्षदेखि लिभरपुलको प्रशिक्षण समाल्दै प्रिमियर लिग च्याम्पियन बनाएका क्लोपले भने, ‘चेल्सीले पक्कै पनि पैसा खर्चंदै राम्रो खेलाडी दिएको थियो। त्यसैले पनि क्लबले राम्रो नतिजाको आशा गर्छ।’ क्लोपलाई नै पछ्याइरहेका टुचेल गत डिसेम्बरमा मात्र पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट बर्खास्त भएका थिए। ‘थोमस टुचेल राम्रा प्रशिक्षक हुन्। उनलाई लामो समयदेखि चिन्छु। उनीप्रति धेरै सम्मान पनि छ,’ क्लोपले भने, ‘अहिलेको चेल्सीको टोली उनले उपहारका रूपमा पाएका छन्। थोमसले पनि यो टोली मन पराइसकेका छन् भन्नेमा विश्वस्त छु।’