बन्दैछ नेपालगन्जमा क्रिकेट मैदान
०८ साउन २०७७
•
३ मिनेट पाठ
बन्दैछ नेपालगन्जमा क्रिकेट मैदान
नेपालगन्ज अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर । तस्बिरः नागरिक
आगामी दुई वर्षमा क्रिकेट खेल्ने मैदान तयारी गर्ने लक्ष्यसहित नेपालगन्ज अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य अगाडी बढ्दैछ । क्रिकेट रंगशाला निर्माणलाई नेपालगन्जले गौरवको आयोजनाको रुपमा लिइएको छ । रंगशाला निर्माणका लागि जनप्रतिनिधिले मिहिनेत गरिरहेका छन् ।




नेपालगन्ज उपमहानगरपालिकाले सुरुआतमा पर्खालको जग र माटो पटानलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको छ । सुरुआती चरणमा क्रिकेट मैदान निर्माणका लागि २ करोड ५० लाख रकम खर्च हुदैछ । प्रदेश सरकारको सहयोगमा १ करोड रुपैयाँमा माटो पटान र उपमहानगरपालिकाले पर्खाल निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

घरेलु क्रिकेटमा नेपालगन्जलाई महिला क्रिकेटको उद्गम थलोका रुपमा मानिन्छ । तर मैदान अभावले यहाँको क्रिकेटको स्तर पछिल्लो समय खस्कदो अवस्थामा छ । खेल्ने र प्रतियोगिता गर्ने मैदान नहुँदा रंगशाला नजिकै रहेको मंगलप्रसाद उच्च माविको मैदानमा निर्भर छ, नेपालगन्जको क्रिकेट ।

उपमहानगरपालिकाले क्रिकेट रंगशाला निर्माणलाई गौरवको योजनाको रुपमा अगाडी सारेपछि भने नेपालगन्जका क्रिकेटप्रेमी खुसी भएका छन् । क्रिकेट मैदान निर्माण कार्य सुरु हुनु भनेको नेपालगन्जवासीका लागि सफलताको विषय भएको बताउँछिन् पूर्व टेनिस खेलाडी तथा नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगर । मगरले भनिन्, ‘क्रिकेट मैदान नेपालगन्जको प्रमुख आवश्यकता हो । तर रंगशाला निर्माणका लागि नगरभित्र उपयुक्त जमिन थिएन । रंगशाला निर्माणको कुरामा वर्षौदेखि सहमति जुट्न नसकेको जमिनमा स्थानीय सहमत हुनु भयो । यो सहमति नगरलाई एक कदम समृद्ध बनाउने प्रयास हो । यसले नेपालगन्जको पहिचानलाई बढाउनेछ ।’

नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गर्न लागेको रंगशालाको डिपिआर तयार भएर माटो पटान र पर्खाल निर्माणको काम केहि साताभित्र सुरु हुने नगरपालिकाले बताएको छ । नेपालगन्ज उपमहानगरपालिले वडा नम्बर–६ मा रहेको करिब १२ विगाहा जमिन मध्ये पाँच विगाहा जमिनमा रंगशाला निमार्ण हुनेछ । नगरपालिकाले आगामी दुई वर्षमा क्रिकेट खेल्ने मैदान तयार गर्ने लक्ष्य लिएको छ । जति सक्दो छिटो क्रिकेट खेल्ने मिल्ने मैदान बनाउने प्रयास भैरहेको बताउँछिन् उपमेयर मगर । उनले थपिन्, ‘पर्खाल निर्माणका लागि मात्र हामीलाई करिब ४ करोड बजेट आवश्यक देखिन्छ । बजेट अभाव भएका कारण हामीले सुरुआतमा पर्खालको जग बनाउने र मैदानमा माटो पटानलाई प्राथमिकता दिएका छौं । अन्तरराष्ट्रिय स्तर क्रिकेट मैदान निर्माण गर्न भएकोले हामीलाई केहि वर्ष लाग्छ । तर सुरुआतमा क्रिकेट खेल्नका लागि मैदान तयार गर्नेमा हामी केन्द्रित छौं ।’  

नेपालगन्जको फुल्टेक्रास्थित करिब १२ विगाहा जमिन मुस्लिम समुदायको लागि कर्वला, केहि जमिन हिन्दु धर्मावलम्वीहरुले प्रयोग गर्दै आएका थिए । रंगशाला निर्माणका लागि पटक–पटक प्रयास गरिएपनि स्थानीय बासिन्दाबिच सहमति नहुँदा रंगशाला निर्माण गर्ने कार्य सुरु हुन सकेको थिएन । जग्गा सम्बन्धी विवाद मिलाउन नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्बर २ अध्यक्ष एवं जग्गा छनोट समिति संयोजक सुनिल सिह हमालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो । जसले रंगशाला निर्माणमा सहमति जुटाउने काम गरेको थियो ।

नेपालगन्जमा क्रिकेट रंगशाला निर्माण कार्यलाई क्रिकेट संघले महत्वका साथ लिएको छ । प्रदेश ५ क्रिकेट संघ अध्यक्ष दुर्गा थापा नगरपालिकाले सुरुआत गरेको योजनालाई स्थानीय र अन्तरराष्ट्रिय सहयोग जुटाउन संघले प्रयास गर्ने बताउँछन् ।

बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका थापाले भने, ‘क्रिकेट मैदान प्रयोग क्रिकेट संघ र खेलाडीले गर्ने हो । नगरपालिकासँग हाम्रो एउटा सम्झौता भएपछि संघले क्रिकेट रंगशाला निर्माणका लागि एसियाली क्रिकेट र अन्तरराष्ट्रिय क्रिकेट एशोसियसनसँग सहयोगका लागि प्रस्ताव गर्नेछ । नेपालगन्जको क्रिकेटका बारेमा हामीले धेरैलाई चिनाउनु पर्दैन । बाँके जिल्ला क्रिकेट संघले महिला क्रिकेटको विकासमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कार पनि पाएको छ । हामीलाई विश्वास छ क्रिकेट मैदान निर्माणमा विभिन्न निकायले सहयोग गर्नेछन् ।’
अर्को समाचार
कोरला-त्रिवेणी सडक आयोजना : डेढगाउँ-झ्यालबास खण्ड कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य
०३ माघ २०८०
•
२ मिनेट पाठ
कोरला-त्रिवेणी सडक आयोजना : डेढगाउँ-झ्यालबास खण्ड कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य
कोरला-त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ-झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ।




गण्डकी प्रदेश सरकारले सो आयोजनालाई  प्रदेश गौरवको योजनामा राखेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँबाट सुरु हुने पहिलो खण्डको प्रगति सन्तोषजनक नै रहेको पूर्वाधार विकास कार्यालय नवलपुरका सडक इन्जिनियर रामकृष्ण घिमिरेले जानकारी दिए।

डेढगाउँ–झ्यालबास खण्डमा पहिलो चरणमा हाल १४ दशमलव एक किलोमिटर सडक निर्माण अघि बढिरहेको छ। विसं २०७९ वैशाखमा सम्झौता भएर निर्माण सुरु गरिएको सो  खण्ड विसं २०८१ कात्तिकमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ३२ करोड २० लाख रुपैयाँको लागतमा सडक निर्माण लामा गौरीशङ्कर जेभीले गरिरहेको छ।

नालासहित कालोपत्र गर्ने योजनाका साथ काम चलिरहेको सो खण्डमा हाल सडक चौडा गर्ने काम सकिएको छ। नालासहित ११ मिटर चौडाइ रहने यस खण्डमा तीन किलोमिटरमा नाला निर्माण सकिएको इन्जिनियर घिमिरेले बताए। उनका अनुसार नाला निर्माणसँगै ठाउँठाउँमा ग्याबिन भर्ने, सडकछेउमा पर्खाल निर्माण गर्ने काम जारी छ। सम्झौताको २१ महिना सकिएको र अब १० महिना बाँकी छ। सम्झौताको अवधिभित्रै काम सक्ने गरी लागिरहेको इन्जिनियर घिमिरेले बताए। सडक चौडा पार्ने, ग्याबिन भर्ने, छेउछाउमा पर्खाल लगाउनेजस्ता मुख्य काम धेरैजसो सकिएकाले बाँकी रहेको अवधिमा सबै काम सम्पन्न हुने उनको भनाइ छ। ‘प्रारम्भमा गर्नुपर्ने धेरै मुख्य काम सकिने चरणमा छन्, निर्माण नियमित सञ्चालन भए, सम्झौता अवधिमा नै सबै काम सम्पन्न हुन्छ’, उनले भने 

नवलपुरको डेढगाउँबाट प्रारम्भ हुने सो सडक रुचाङ–झ्यालबास हुँदै चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिन्छ । यसै खण्डमा दोस्रो चरणमा थप सात किलोमिटर सडक निर्माणसमेत अगाडि बढेको इन्जिनियर घिमिरेले बताए। ‘पहिलो खण्डको १४ किलोमिटरपछि थप सात किलोमिटर सडक निर्माण अगाडि बढेको छ, चाँडै सम्झौता भएर अर्को खण्डको काम सुरु हुन्छ’, उनले भने।

डेढगाउँबाट झ्यालबाससम्म करिब ४१ किलोमिटरमध्ये दोस्रो चरणको काम अघि बढेपछि २० किलोमिटरको काम बाँकी रहने उनले बताए। गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको योजना भएकाले क्रमशः सबै खण्डको काम अघि बढ्ने उनले बताए। झ्यालबासबाट चोरमारासम्म नौ किलोमिटर सडक गत वर्ष निर्माण भइसकेको छ। चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने यस सडक दुम्कीबासबाट त्रिवेणी पु¥याउने प्रदेश सकारको लक्ष्य छ, तर दुम्कीबास–त्रिवेणी खण्डमा भने चितवन राष्ट्रिय निकुञ्जका कारण कुनै काम अघि बढ्न सकेको छैन। सो सडक उत्तरतर्फ जिल्लाको डेढगाउँबाट तनहुँको मानपुर, भिमाद हुँदै खैरेनीटारमा गएर पृथ्वीराजमार्गमा जोडिन्छ।  

मुस्ताङको कोरलाबाट नवलपुरको त्रिवेणी जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग भएकाले गण्डकी प्रदेश सरकारले यस बाटोलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। –रासस
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस