गण्डकी प्रदेशको को बजेट : खेलकुदको पूर्वाधारको लागि ८ करोड ३५ लाख
०१ असार २०७७
•
२ मिनेट पाठ
गण्डकी प्रदेशको को बजेट : खेलकुदको पूर्वाधारको लागि ८ करोड ३५ लाख
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट सार्वजनिक गर्दै खेलकुद विकास र पूर्वाधारको लागि ८ करोड ३५ लाख रुपैयाँ छुट्टाएको छ । आर्थिक वर्षको लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षको लागि सोमबार ३४ अर्ब ८४ करोड २१ लख रुपैयाँ बजेट प्रस्तुत गरे । 




प्रदेशले अघिल्लो वर्ष खेलकुदका विभिन्न योजनाहरुलाई कार्यान्वयनमा लैजान नसक्दा बजेट सबै फ्रिज हुन पुगेको थियो । क्रिकेट मैदानको लागि १ करोड रुपैयाँ छुट्टाएको थियो । लेखनाथस्थित भण्डारढीक बहुउद्देश्यीय कभर्ड हल लगायतका अन्य खेलकुदका पूर्वाधारको बजेट निकासा गर्न अमसर्थ हुदाँ फिर्ता भएको थियो ।  

प्रदेशस्तरीय बहुउद्देश्यीय रंगशाला निर्माण पहिलो एजेण्डा हो । गण्डकी प्रदेश सरकारको पहिलो आर्थिक वर्षको बजेटबाटै यो एजेण्डालाई समेटिएको छ । यद्यपी ठोस निर्णयसहितको बजेट निकासा भने हुनै सकेको छैन । बहुउद्देश्यीय रंगशाला कुन ठाँउमा बनाउने भन्ने बारेमा अझै प्रदेश सरकारले निक्र्यौल गर्न सकेको छैन।  

क्रिकेट रंगशाला प्रदेश सरकारको अर्को चाहना हो । पोखरा–३३ पशुपतिघाटस्थित झण्डै ४ सय रोपनी क्षेत्रफलमा क्रिकेट रंगशाला बनाउने तय गरिएको छ । तय गरिएको ठाँउमा यसैआर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन बनाउन नसक्दा बजेट फिर्ता हुन पुगेको थियो ।  

गल्फकोर्ष अर्को महत्वपूर्ण एजेण्डा हो । गल्फ कोर्ष कुन ठाँउमा बनाउने भन्ने यकिन प्रदेश सरकारले गरेको छैन । यद्यपी कास्की जिल्ला गल्फ संघले पोखरा–१ सिम्पानीस्थित सेती नदीको दायाँबायाँ किनारको सिचाईको जग्गालाई गल्फ कोर्ष बनाउन उपयुक्त हुने ठहर गर्दै आएका छ । सिँचाईको जग्गासहित केही व्यक्तिगत जग्गा समेत पर्ने भएकोले त्यसको उचित मुअब्जा वितरण गरी गल्फ कोर्ष बनाउन उपयुक्त हुने संघको ठहरलाई प्रदेश सरकारले ठोस निर्णय लिन भने अझै सकेको छैन ।  

स्की खेलको लागि मुस्ताङको बारागुङ क्षेत्र उपयुक्त छ । विगत दुईवर्ष यता राष्ट्रियस्तरको स्की प्रतियोगिता समेत आयोजना गरिसकिएको छ । त्यसलाई अझै व्यवस्थित बनाउन सकिए स्की खेल मार्फत पर्यटन प्रवद्र्धन हुने अपेक्षा प्रदेश सरकारको छ । उच्च उचाई खेलकुद तालिम केन्द्र बनाउने अभियानलाई प्रदेश सरकारले दोहोर्‍याएको छ । जिल्लास्तरीय रंगशाला, एक स्थानीय तह एक खेलकुद मैदान निर्माणको अभियानलाई सार्थकता दिने उद्देश्य र लक्ष्य राखेको छ ।  

आगामी फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ छुट्टाएको घोषणा गण्डकी प्रदेश आर्थिम मामिला तथा योजना मन्त्री किरण गुरुङले सुनाए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले प्रदेश सरकारसँग नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि २ करोड ८८ लाख रुपैयाँ माग गरेको थियो । गण्डकी प्रदेश सरकारले छुट्टाएको उक्त १ करोड ५० लाख रुपैयाँ प्रदेशका खेलाडीहरुको आवश्यक व्यवस्था र प्रशिक्षणको लागि खर्च गर्ने योजना रहेको छ । 
अर्को समाचार
प्रदेशको खेलकुद पूर्वाधारको बजेट खर्च भएन
२१ जेष्ठ २०७७
•
४ मिनेट पाठ
प्रदेशको खेलकुद पूर्वाधारको बजेट खर्च भएन
तीन वर्षदेखि बजेट अभावमा अलपत्र परेको लेखनाथ भण्डारढीकस्थित बहुउद्देश्यीय कभर्ड हल । तस्बिर: नागरिक
चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले खेलकुदको पूर्वाधारमा बजेट छुट्टायो । खर्च गरेन । बजेट निकासा नहुदाँ पूर्वाधारको काम भएन । प्रदेश सरकारले गएको यसैसाता आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो । सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा खेलकुदको पूर्वाधार निर्माणलाई निरन्तरता दिईने उल्लेख छ । 




काम नै सुरु नगरेको पूर्वाधारलाई फेरी बजेट छुट्टाउने योजनासहित नीति तथा कार्यक्रम सभामा पेश गरियो । पहिलो वर्ष खेलकुद पूर्वाधार अध्ययन गर्न विज्ञ टोली गठन गरेर अध्ययन गरिएको थियो । दोस्रो वर्ष बजेट विनियोजन गरियो । बजेट खर्च हुन सकेन । तेस्रो वर्षको नीति तथा कार्यक्रममा फेरी समावेश गरिएको छ ।  

प्रदेश प्रमुख अमिक शेरचनले पोखरा सभागृह हलमा नीति तथा कार्यक्रम सार्वजनिक गरे । नेपाल सरकारको सहकार्यमा अन्तराष्ट्रियस्तरको बहुउद्देश्यीय रंगशाला निर्माण गर्न लक्ष्य राखिएको बताए । उच्च उचाई खेलकुद तालिम केन्द्र र क्रिकेट रंगशाला लगायतका पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिईने उल्लेख गरिएको छ ।  

प्रदेश सरकारले क्रिकेट रंगशालाको लागि एक करोड रुपैयाँ छुट्टाएको थियो । पोखरा–३३ भरतपोखरीस्थित पशुपतिघाटको झण्डै ४ सय रोपनी क्षेत्रफललाई क्रिकेट रंगशाला बनाउने योजना थियो । तत्कालिन जमिन सम्याएर क्रिकेट पीच बनाई खेल्ने योग्य बनाउन कास्की जिल्ला क्रिकेट संघले आग्रह गर्दै आएको थियो । ’कामको प्रगति शून्यमै रह्यो । ‘बजेट नै नदिएपछि क्रिकेट रंगशालाको काम अगाडि बढ्न सकेन्’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने–‘नीति तथा कार्यक्रममा फेरी समावेश भएको छ । आगामी वर्ष बजेट निकासा भए काम हुने अपेक्षा छ ।’  

पोखरामा अन्तराष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको लागि दुईवटा मैदान आवश्यक पर्छ । ‘जग्गा प्राप्ती गर्‍यौं । बजेट पंिन छुट्टाइएको छ । यद्यपी विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउन ढिलाई हुन पुग्यो’ गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खेलकुद महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले भने–‘अर्को वर्ष डिपिआर बनाएर काम अघि बढाउने छौं ।’ पोखरा रंगशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नति गर्न राष्ट्रिय खेलकुद परिषदले ३ करोड रुपैयाँको ठेक्का टेण्डर गरिसकिसकेको छ । तर प्रदेश सरकारले भने विस्तृत परियोजना प्रतिवेदन समेत बनाउन नसक्दा काम हुन नसकेको हो ।  

तीन वर्षदेखि अलपत्र परेको भण्डारढीकस्थित बहुउद्देश्यीय कभर्ड हललाई समेत २५ लाख रुपैयाँ दिने प्रदेश सरकारले घोषणा गरेको थियो । त्यो बजेट समेत निकासा हुन सकेन् । ‘प्रदेश सरकारले दिने भनेको २५ लाख रुपैयाँ समेत नदिदाँ काम अगाडि बढ्नै सकेको छैन’ स्थानीय आदर्श क्लबका अध्यक्ष लक्षु भण्डारीले भने–‘महानगरपालिकाले छुट्टाएको एक करोड रुपैयाँ पनि दिएको छैन् । निकासाको लागि ताकेता गर्दा आनकानी गरेर टार्ने गरेका छन् ।’ महानगरपालिकाले पनि एक निर्वाचन क्षेत्र एक खेल मैदानको नीति अनुसार बजेट छुट्टाएपनि निकासा नगरिदिदाँ हलले मूर्त रुप लिन सकेको छैन् ।  

तीन वर्ष अघि परिषदले ५० लाख रुपैयाँ उपलब्ध गराउँदै काम सुरु गरिएको थियो । फाउण्डेशनसँगै पिलर ठडिने बाहेक केही छैन । ‘आर्थिक अभावले अलपत्र परेको कभर्ड हल पुरा गर्न जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समिति मार्फत परिषदसँग आग्रह गर्‍यौं’ भण्डारढीकस्थित आदर्श क्लबका अध्यक्ष भण्डारीले भने–‘तर बजेट पर्न सकेको छैन । त्यसैले काम पनि रोकिनुको विकल्प रहेन ।’  

आगामी फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । पोखरामा भने फुटबल बाहेक क्रिकेट, भलिबल, बास्केटल, हक्की , सेपाक ताक्रो, मार्शल आर्ट लगायतका खेलको लागि आवश्यक पूर्वाधार एवं कभर्ड हल निर्माणमा खासै चासो कम छ । ‘पदक जित्ने खेल भन्दा पनि पपुलर खेललाई परिषद र मन्त्रालयले बढी ध्यान दिएका छन् ।’ कास्की जिल्ला तेक्वान्दो संघका निर्वतमान सचिव राजन पौडेलले भने–‘मार्शल आर्टका खेलहरु इण्डोर हलमा खेलाउनुपर्छ । तर हल पर्याप्त छैन । सरकारले लगानी गर्न तर्फ ध्यान दिदैंन् ।’ उनका अनुसार संघले आफनै लगानीमा हल निर्माण गर्छु भन्दा समेत गम्भीर बन्न नसकेको छैन् ।  ‘परिषद र मन्त्रालयले बहुतले कभर्ड हलको अवधारणा अघि सारेका छन् । यद्यपी ठोस निर्णय नगर्दा संघले लगानी गर्न सकेका छैनन् ।’ उनको भनाई थियो ।  

संघीय सरकारले मात्रै नभई प्रदेश सरकार र स्थानीय तहले समते खेलकुदमा लगानी गर्नुपर्ने औंल्याइएको छ । ‘संघीय सरकारको मात्रै भर गरेर हुदैन । प्रदेश र स्थानीय तह(पोखरा महानगरपालिका÷गाँउपालिका)ले समेत लगानी गर्न जरुरी छ ’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘जहाँ जे सम्भव हुन्छ त्यही खेलको आवश्यकता अनुसार पूर्वाधार बनाउनुपर्छ ।’ पोखरा रंगशालामा भित्र फुटबल मैदान, क्रिकेट मैदान, बहुउद्देश्यीय कभर्डहल, व्याडमिन्टन, र्आचरी तथा लन टेनिसको पूर्वाधार बनेको भन्दै देशकै ठूलो र नमूना रंगशााल भएको दावी गरे ।  
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २७ सेकेन्ड अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस