नेपालको कीर्तिमानी जित
०१ फागुन २०७६
•
७ मिनेट पाठ
नेपालको कीर्तिमानी जित
अमेरिकाका तिमिल पटेलविरुद्ध एलबिडब्लू अपिल गर्दै नेपालका सन्दीप लामिछाने र विनोद भण्डारी। तस्बिर सौजन्य : क्यान
काठमाडौं – स्पिनरद्वय सन्दीप लामिछाने र सुसन भारीको जोडीले १० विकेट लिएपछि नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्ध दोस्रो सफलता निकाल्दै बुधबार कीर्तिमानसमेत बनाएको छ।




कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा अमेरिकामाथि ८ विकेटको जित निकाल्दै नेपालले घरेलु मैदानमा जारी त्रिकोणात्मक शृंखलाको सुखद अन्त्य गरेको हो। शृंखलाका चारमध्ये दुई खेलमा सफलता प्राप्त गरेको नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गर्दै श्रीलंकाको १६ वर्षअघिको कीर्तिमानसँग बराबरी ग-यो। यसअघि श्रीलंकाले सन् २००४ मा जिम्बाबेलाई एकदिवसीय क्रिकेटकै सबैभन्दा कम योगफलमा समेट्दा १८ ओभरमा ३५ रनमै अलआउट गरेको थियो।

बुधबार सन्दीप र सुसनको जादुमय स्पिन चलेपछि नेपालले १२ ओभरमै अमेरिकालाई ३५ रनमा अलआउट गर्दै विश्वकीर्तिमान बराबरी गर्न सफल भयो। एकदिवसीय क्रिकेटमा सन्दीप एकै इनिङमा ६ विकेट लिने नेपालको पहिलो र एसोसिएट राष्ट्रमध्येबाट विश्वको दोस्रो खेलाडी भए। यसअघि गत वर्ष युएईविरुद्धको एकदिवसीय खेलमा पाँच विकेट लिएर सोमपाल कामी नेपालका लागि एकै इनिङमा सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए। एसोसिएटतर्पm अफगानिस्तानका रसिद खानको पनि ६ विकेटको कीर्तिमान छ।

बुधबार अमेरिकाविरुद्ध चार विकेट लिँदै सुसनले यस शृंखलाको कुल चार खेलबाट ११ विकेट निकाल्न सफल भए। यसअघि सोमपालले युएईविरुद्धको शृंखलामा तीन खेलबाट सर्वाधिक सात विकेट लिएका थिए। अमेरिकाले प्रस्तुत गरेको ३६ रनको झिनो लक्ष्य नेपालले दुई विकेटको क्षतिमा २ सय ६८ बल अगाबै पूरा ग¥यो। पारस खड्काले २० रन र दीपेन्द्रसिंह ऐरीले १५ रनको अविजित इनिङ खेलेपछि नेपालले ५.२ ओभरमा लक्ष्य भेट्टायो। १२ बल खेलेका पारसको इनिङमा तीन चौका र एक छक्का समावेश थिए।

ऐरीले भने ११ बलमा दुई चौका र एक छक्का हिर्काए। यस खेलमा पनि नेपालले खराब ब्याटिङलाई बिर्सन नसक्दा पहिलो दुई ओभरभित्रै ओपनरद्वय ज्ञानेन्द्र मल्ललाई १ रनमा र सुवास खकुरेललाई शून्यमै गुमाउनपुग्यो। झिनो लक्ष्य भएकाले सस्तैमा दुई विकेट गुमाए पनि नेपालले ठूलो क्षति भने बेहोर्नुपरेन। नोस्थुसा केन्जिगेले नेपालका दुई ओपनरलाई बोल्ड गर्दै अमेरिकालाई राम्रो सुरुआत दिलाए पनि पारस र दीपेन्द्रले इनिङ समाल्दै सहज जित दिलाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निकै खराब सुरुआत गर्दा पहिलो दुई ओभरमा खाता नखोल्दै इयान होल्यान्डलाई गुमाउन पुग्यो। सन्दीपले होल्यान्डलाई पारस खड्काबाट क्याच गराउँदै अमेरिकालाई पहिलो झड्का दिए। त्यसलगत्तैको तेस्रो ओभरमा जेभियर मार्सलले करण केसीको एकै ओभरमा दुई चौका प्रहार गर्दै नेपाली बलरविरुद्ध दबाब बनाउने प्रयास गरे। मार्सल १२ रनमा तेस्रो विकेटका रूपमा आउट हुँदा सुसनको पहिलो सिकार भए।

त्यससँगै सात ओभरमा २७–२ विकेटको अवस्थामा रहेको अमेरिकाले थप ८ रन जोड्दा ८ विकेट नै गुमाएपछि नेपालले कीर्तिमान बराबरी ग-यो। त्यसपछि अमेरिकाका आठ ब्याट्सम्यान सन्दीप र सुसनको स्पिनसामु निरीह बन्दा दोहोरो अंकमा रन बटुल्न असफल हुँदै पेवेलियन फर्किए। सन्दीपले अमेरिकाका मोनन्क पटेल, निसर्ग पटेल र केन्जिगेलाई क्लिन बोल्ड गर्दा तिमिल पटेललाई भने एलबिडब्लूको सिकार बनाए। सुसनले भने क्यामरन स्टेभेनसन र आरोन जोन्सलाई बोल्ड गर्दा रस्टी थेरनलाई एलबिडब्लू आउट गरेका थिए।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले यस शृंखलाबाट धेरै कुरा सिक्न पाएको टिप्पणी गरे। ‘यस शृंखलाबाट धेरै कुरा सिक्न पाएका छौं। साथै हामीले प्रतिभावान् खेलाडी पनि पायौं,’ मल्लले भने, ‘सन्दीप र सुसनले आशा गरेअनुसार भन्दा पनि राम्रो बलिङ गरे। ओमानसँग पनि धेरै नजिक पुगेर हा¥यौं। उनीहरूका खेलाडीबाट हामीले धेरै पाठ सिकेका छौं।’

सात राष्ट्र सम्मिलित आइसिसी विश्वकप क्रिकेट लिग–२ मा यो जितपछि नेपाल चार खेलबाट चार अंक बटुल्दै अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा छ। ओमान भने १० खेलबाट ८ जितमा १६ अंकसहित शीर्षमा छ। लिग तालिकामा अमेरिका दोस्रोमा र स्कटल्यान्ड तेस्रो स्थानमा छन्। अमेरिकाले १२ खेलबाट १२ अंक र स्कटल्यान्डले ८ खेलबाट ९ अंक जोडेका छन्। सन् २०२२ को जनवरीभित्र प्रत्येक राष्ट्रले कुल ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने राष्ट्रले विश्वकप छनोट खेल्नेछन्।

अंकतालिका

अर्को समाचार
कुशल र दिपेन्द्रको कीर्तिमानी अर्धशतकमा स्कटल्यान्डविरुद्ध नेपालको सान्दार जित
०५ फागुन २०७९
•
२ मिनेट पाठ
कुशल र दिपेन्द्रको कीर्तिमानी अर्धशतकमा स्कटल्यान्डविरुद्ध नेपालको सान्दार जित
आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत भएको खेलमा कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीको कीर्तिमानी अर्धशतकको सहयोगमा नेपालले स्कटल्यान्डलाई हराएको छ। शुक्रबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले हराएको हो।




नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौका सहित ८ बलमा १६ रन बनाए। अर्का ओपनर आसिफ शेखले १४ बलमा ९ रन बनाए।

ज्ञानेन्द्र मल्ल ३ बलमा ४ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेलले १० बलमा ६ रन बनाए। कुशल मल्लले ६७ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ८१ रन बनाए। एकदिवसीय अन्तराष्ट्रियमा कुशलको यो नै सर्वाधिक रन हो।  

सन्दीप जोराले ५ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १ सय १६ बलमा अविजित ८५ रन बनाए। दिपेन्द्रको एकदिवसीय अन्तराष्ट्रियमा यो दोस्रो अर्धशतक हो। विश्वकप लिग टूमा भने दिपेन्द्रको पहिलो अर्धशतक हो। 

गुल्सन झाले १७ रन बनाउँदा सोमपाल कामीले ३२ बलमा अविजित २४ रन बनाए। छैटौं विकेटका लागि कुशलले दिपेन्द्रसँग मिलेर १ सय रनको साझेदारी गरेका थिए।  दिपेन्द्र र सोमपालले आठौं विकृटका लागि अविजित ५५ रनको साझेदारी गरेका थिए।

स्कटल्याण्डका लागि क्रिस सोल र मार्क वाटले समान ३/३ विकेट लिए। स्कटल्याण्डले १६ रन अतिरिक्त स्वरुप दिएको थियो।  त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो।  

स्कटल्याण्डका लागि माईकल लिस्कले ८५ बलमा १ सय ७ रनको शतकीय ईनिङ खेले। उनले ३ चौका तथा ९ छक्का प्रहार गरे।  

ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२/२२ तथा टोमस म्याकिन्टोस र मार्क वाटले २० रन बनाए। कप्तान रिचि बेरिङ्गटनले समान १९/१९ रन बनाए । क्रिस ग्रेभले १६ रन बनाए।  

१ सय ११ रनमा छैटौं विकेट गुमाएको स्कटल्याण्डले २ सय ७४ रन ९ विकेट गुमाएर पूरा गर्यो। सातौं विकेटका लागि माईकल लिग्स र ज्याक जार्भिसले ८१ रनको साझेदारी गरेका थिए। नेपालका लागि स्पिनरहरुले ओभरमा रन दिदै विकेट लिएका थिए। चार जना स्पिनर प्रयोग गरेको नेपालका सबैजनाले कम्तिमा पनि १/१ विकेट लिएका थिए।  

सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए। कुशल मल्लले २ तथा सोमपाल कामी,दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए  

सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ। स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ तीन खेल आगावै विश्वकप लिग टूको च्याम्पियन भईसकेको छ।
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस