राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खोखो विश्वकप उपविजेता (पुरुष र महिला) दुई टोलीसहित कुल २० जना खेलकर्मीलाई सम्मान गरेको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार आफ्नो ६२औं वार्षिकोत्सवका अवसरमा राखेपले खेलाडी, प्रशिक्षक, खेल संघ, प्रायोजक, निर्णायक, कर्मचारी र पत्रकारसहित खेलकर्मीलाई सम्मान गरेको हो। राखेपका अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य र राखेपका सदस्यसचिव टंकलाल घिसिङ लगायतले उनीहरूलाई पुरस्कृत गरेका हुन्।
राखेपले नेपाली खेलकुदमा योगदान दिएबापत खोखो टिमसँगै जुनियरमा दुई खेलाडी, पारामा एक खेलाडी, १० कर्मचारी, एक राष्ट्रिय खेल संघ, एक प्रायोजक, दुई पत्रकार र एक स्थानीय तहलाई सम्मान गर्यो।
उक्त कार्यक्रममा खोखो पुरुष/महिला टोलीलाई समान एक लाख नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो। गत वर्ष भारतमा सम्पन्न खोखो विश्वकपमा दुवै टोली उपविजेता हुन्। साथै नेपाल र भारतबीच भएको टेस्ट म्याचमा पनि नेपाली टोलीले रजत जितेका थिए।
जुनियरको पुरुषमा बक्सिङका अर्पिल राना र महिलामा क्रिकेटकी पूजा महतो जनही ५० हजार नगदसहित सम्मानित भए। अर्पिलले थाइल्यान्डमा भएको एसियाली यु–२२ युथ बक्सिङ र श्रीलंकामा सम्पन्न एसियाली बक्सिङ यु–१९ मा कांस्य जितेका थिए। पूजा नेपाली यु–१९ महिला क्रिकेट टोलीकी कप्तान हुन्।
उनको कप्तानीमा नेपालले विश्वकप पनि खेलेको थियो। उनले एसिया छनोटमा दुई सय ७२ रन बनाउँदै १० विकेट पनि लिएकी थिइन्। उनी छनोटमा प्लेयर अफ द सिरिज पनि हुन्। साथै उनी आइसिसी यु–१९ महिला टी ट्वान्टी विश्वकपमा मलेसियाविरुद्ध प्लेयर अफ द म्याच भएकी थिइन्।
पेरिस पारालिम्पिककी कांस्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धन ५० हजार नगदसहित सम्मानित भइन्। उनले मलेसियामा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दोमा कांस्य पदक पनि जितेकी थिइन्।
कार्यक्रममा उत्कृष्ट राष्ट्रिय खेल संघको अवार्ड नेपाल क्रिकेट संघ (क्यान), उत्कृष्ट प्रायोजकको अवार्ड नेपालय इन्टरनेसनल प्रालि र उत्कृष्ट स्थानीय तहको अवार्ड मकवानपुरको बागमती गाउँपालिकाले प्राप्त गरे। यी सबै समान एक लाख नगदसहित सम्मानित भए।