सिटी इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण असारको अन्तिम सातामा हुने भएको छ।
नेक्सोभा स्पोर्ट्स प्रालिको आयोजनामा २९ देखि ३२ गतेसम्म उक्त च्याम्पियनसिप हुन लागेको हो। उक्त प्रतियोगिताका खेलहरू बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रहेको रोयल स्पोर्ट्स पार्कमा हुने भएको छ। आयोजकले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।
यस प्रतियोगितामा कुल १६ क्लबको सहभागिता रहने आयोजकले बताएको छ। यी टोलीलाई चार समूहमा विभाजन गरिनेछ। समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्। सिटी सिपको सहयोगमा नेक्सोभा स्पोर्ट्सले इन्डोर क्रिकेटको प्रवर्धन गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गर्न लागेको हो।
क्रिकेटलाई सहरी जीवनशैलीसँग जोड्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ। यस इन्डोर क्रिकेट मनसुनमा पनि खेल्न मिल्ने भएकाले यसले राजधानीमा क्रिकेटको माहोललाई जीवितै राख्ने आयोजकले उल्लेख गर्यो। प्रतियोगिताका लागि खुला रूपमा खेलाडी दर्ता गरिने भएको छ। यस प्रतियोगितामा घरेलुदेखि अन्तर्राष्ट्रियस्तरका खेलाडीले प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएको छ।
विजेताले एक लाख र उपविजेताले ५० हजारसहित ट्रफी र मेडल पाउनेछन्। प्रत्येक खेलका प्लेयर अफ दी म्याचलाई विशेष पुरस्कार प्रदान गरिनेछ। विधागततर्पmका उत्कृष्ट खेलाडीका लागि भने आयोजकले पुरस्कार राशि तोकेको छैन।