काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालिको आयोजनामा नेपालमा पहिलो पटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ। आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको हो। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता निर्देशक ज्योति भण्डारीले यसबारेमा जानकारी दिए।
कुल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टोलीको प्रतिस्पर्धा हुनेछ। बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलको रोयल स्पोटर्स पार्कमा उक्त लिग हुनेछ। सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुँदा लिगका शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन्। विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशि व्यवस्था गरिएको छ। यद्यपि, यसबारे आयोजकले केही दिनमा सार्वजनिक गर्नेे जनाएको छ।
लिगको टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले टिम खरिद र खेलाडीको अक्सन हुने बताए। एक जना मार्कीका साथै क्याटेगोरी ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन्। राष्ट्रिय खेलाडीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ।
क्याटेगोरी ‘ए’ का खेलाडीले १५ देखि २५ हजार, ‘बी’ का खेलाडीले १० देखि १५ हजार र ‘सी’ का खेलाडीले ५ देखि १० हजार रूपैयाँ पाउनेछन्। हरेक खेलाडीले आफ्नो नाम दर्ता गराउनुपर्नेछ। लिगमा एउटा फ्रेन्चाइज टिमले कुल एक लाख ५० हजार खर्च गर्न पाउनेछ।
टिम खरिद गर्न न्यूनतम एक लाख ५० हजारसम्म तोकिएको निर्देशक भण्डारीले बताए। प्रतियोगिताका डाइरेक्टर ज्योति भण्डारीले यो लिगलाई व्यावसायिक रूपमा अगाडि बढाउने लक्ष्यसहित यो फरम्याटको प्रतिस्पर्धा सुरु गरिएको बताए।