ब्राजिलियन स्टार म्याथियस कुन्हाले ५१ वर्षपछि लिगमा खराब नतिजा सामना गरेको म्यानचेस्टर युनाइटेडलाई सिजनबाट फर्काउन आफू कटिबद्ध रहेको बताएका छन्।
यस सिजन युनाटइटेडमा भित्रने पहिलो खेलाडी कुन्हाले युनाइटेडलाई खराब नतिजाबाट फर्काउन दृढ संकल्प रहेको बताएका हुन्। इङ्लिस फुटबलको शीर्ष लिगमा २० पल्ट च्याम्पियन युनाइटेडले यस सिजन निकै खराब नतिजा सामना गर्नुप¥यो। यो क्लब प्रिमियर लिगमा १५औं स्थानमा खुम्चिएको थियो।
युरोपा लिग फाइनलमा पनि छिमेकी टोली टोटनहम हट्सपरसँग युनाइटेडले हार सामना ग¥यो। त्यसैले प्रशिक्षक रुबेन अमोरिम अहिले युनाइटेडको टोली पुनर्निर्माणमा छन्। बिल्बाओमा भएको युरोपा लिग फाइनलमा हार बेहोरेपछि युनाइटेडले च्याम्पियन्स लिग यात्रा पनि गुमाउनु प¥यो। यससँगै ओल्ड ट्राफोर्डले सन् २०१४÷०१५ पछि पहिलोपल्ट युरोपेली फुटबलको प्रतिस्पर्धाबिना नै सिजन बिताउनु पर्ने भएको छ।
यसका बाबजुद ओल्ड ट्राफोर्ड क्लबले ब्राजिलका स्टार कुन्हालाई अनुबन्ध गरेको छ। उनलाई गत बिहीबार वुल्भ्सबाट ६२.५ मिलियन पाउन्डमा युनाइटेड भित्राइएको हो। ‘यो समय सबैको भनाइ एउटै हुने गर्छ। तर पनि म भन्छु, मेरो सपना पूरा भएको छ,’२६ वर्षे कुन्हाले भने, ‘यहाँ आउने मेरो सपना थियो। जब युनाइटेड जस्तो क्लबमा खेल्ने सपना हुन्छन्, त्यतिबेला यो निर्णय लिन सहज बन्छ।’
आफ्नो लागि युनाइटेड विशेष रहेको पनि कुन्हाले प्रतिक्रिया दिएका छन्। ‘मेरा लागि युनाइटेड जस्तो क्लब कुनै थिएन। यो सिजन युनाइटेडका लागि निकै कठिन रह्यो। तर, पनि यहाँ आउने खोजेँ। यो क्लबबाट धेरै थोक गर्न सकिन्छ भन्ने विश्वास छ।’ आफ्नो सपनाको क्लब युनाइटेडलाई सफलता दिलाउन सकेसम्म गर्ने कुन्हा बताउँछन्।
‘म सबै थोक दिनेछु। यो टोलीलाई जित दिलाउन धेरै गर्नेछु,’उनले भनेका छन्। आफू युनाइटेडलाई हेरेर नै हुर्किएको कुन्हाले उल्लेख गरे। सन् २००८ को च्याम्पियन्स लिग विजेता टोलीका सदस्य वायन रुनीका साथै अन्य खेलाडीबारे पनि उनले प्रशंसा गरेका छन्। रेड डेभिल्स नामले परिचित क्लबले पछिल्ला केही वर्षयता युरोपका उत्कृष्ट प्रतिस्पर्धामा संघर्ष गरिरहेको छ। तर पनि कुन्हाले युनाइटेडका लागि धेरै सपनाहरू देखेका छन्।
‘म एकजना खेलाडी मात्र होइन, जो यहाँ आएपछि यादगार क्षणहरूका सपना देख्ने गर्छन्,’कुन्हाले भने, ‘युनाइटेडका यादगार दिनहरू नआएका पनि होइनन्। यस क्लबले प्रिमियर लिगका धेरै उपाधि पनि जितेको छ। त्यसमा च्याम्पियन्स लिग पनि छन्।’
युनाइटेडलाई शीर्ष क्लबका रूपमा देख्न चाहेको उनी बताउँछन्। ‘यो क्लबको सफलता बढाउन आएको हुँ। त्यसैले यी सपना देख्नुपर्छ,’उनी भन्छन्। कुन्हाले गत सिजन वुल्भ्समा रहँदा सबै खेलमा गरेर १७ गोल गरेका थिए। प्रिमियर लिग क्लबको प्लेअर अफ दी इयरको अवार्ड पनि उनले जिते।
उनी आफ्नो चलाखीपूर्ण र रचनात्मक शैलीबाट युनाइटेडको आक्रमणलाई बलियो बनाउन चाहन्छन्। जुन पछिल्लो सिजन युनाइटेडमा देखिएको थिएन। कुन्हा यसै हप्ता मात्र ब्राजिललाई विश्वकपमा छनोट गराउन सफल भएका थिए। उनको एसिस्टमा भिनिसियस जुनियरले गोल गरेपछि ब्राजिलले पाराग्वेमाथि १–० को जित निकाल्दै विश्वकपमा स्थान बनाएको हो।