सरिना घलेले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिपमा स्वर्ण जितेकी छन्। बेलायतको ग्लोसेस्टरस्थित अक्सटल्स स्पोर्ट्स एरिनामा भएको प्रतियोगितामा सरिनाले चाइनिज क्रिएटिभ फर्ममा स्वर्ण जितेको नेपाल उमा कुङ्फु संघका अध्यक्ष संजितकुमार राईले जनाएका छन्।
सरिनाले स्कटल्यान्डकी एमेलिया पार्किनलाई ९.३ ले पछि पार्दै स्वर्ण जितेकी हुन्। बेलायतमै मास्टर्स अध्ययन गरिरहेकी सरिनाले यसअघि बेलायतेमै गत फेब्रुअरी ९ तारिखमा भएको डब्लुएमएसी इङ्लिस च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्।
उमा कुङफुकी तेस्रो डान सरिनाले युकैमै सेप्टेम्बर १८ देखि २१ तारिखसम्म हुने डब्लुएमएसी इलिट वल्र्ड च्याम्पियनसिपमा सहभागिता जनाउने अध्यक्ष राईले जानकारी गराए।