पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले स्पेनिस स्टार लमिन यामलभन्दा आफू दोस्रो पुस्ता रहेको स्वीकार गर्दै नेसन्स लिग फाइनल आफूहरू दुईबीचको प्रतिस्पर्धा मात्र नभएको बताएका छन्।
म्युनिखमा हुने आइतबार फाइनललाई स्टार खेलाडी ४० वर्षे रोनाल्डो र विश्व फुटबलका प्रतिभावान् १७ वर्षे यामल बीचको प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
रोनाल्डोकै विजयी गोलबाट पोर्चुगलले जर्मनीलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। स्पेनले सेमिफाइनलमा फ्रान्समाथि ५–२ को जित निकाल्दा यामल म्यान अफ दी म्याच थिए।
उनी त्यस खेलको दुई गोलकर्ता पनि हुन्। त्यसैले आइतबारको फाइनलमा दुई टोली बीचको प्रतिस्पर्धाभन्दा पनि यामल र रोनाल्डोलाई जोडेर चर्चा भइरहेको छ। तर, रोनाल्डोले दुई व्यक्तिमा मात्र ध्यान केन्द्रित गरिनु उपयुक्त नभएको र स्पेनलाई विश्वकै उत्कृष्ट टोलीको रूपमा प्रशंसा गरेका छन्।
‘हामी दुई पुस्ताका खेलाडीबीच फरक नै छ। किनकि एउटा उदाउँदो हुन्। अर्को बाहिरिने क्रममा छ। तर, मलाई पनि दोस्रो पुस्ताकै रूपमा हेरिन्छ भने केही भन्नु छैन,’ रोनाल्डोले भनेका छन्। आफू र यामल बीचको प्रतिस्पर्धा भन्नुभन्दा पनि एक टोली भर्सेस अर्को टोलीका रूपमा सोच्नुपर्ने रोनाल्डो बताउँछन्।
‘रोनाल्डो र अर्को एक व्यक्तिबीच प्रतिद्वन्द्वीका रूपमा मात्रै हेरिन्छ। यो ठिक होइन। जहिल्यै पनि सञ्चारमाध्यमले यस्ता कुरालाई बढाउने प्रयास गर्छन्। एक टोली भर्सेस अर्को टोलीका रूपमा नै यस फाइनललाई हेर्नु उपयुक्त हुन्छ,’ रोनाल्डोले भने। यामल धेरै राम्रा खेलाडी भएकाले नै उनीबारे मिडियाले चर्चा गरिरहेको उनको भनाइ छ।
तर, आफू व्यक्तिभन्दा पनि टोलीबारे कुरा गर्न चाहेको उनी बताउँछन्। ‘स्पेनसँग निको विलियम्सजस्ता खेलाडी छन्। अर्का मिडफिल्डर पेड्री पनि उत्कृष्ट खेलाडी हुन्। स्पेनको प्रशिक्षक लुइस पनि क्षमतावान् छन्,’ रोनाल्डोले भने।
पोर्चुगलले आफ्नो छिमेकी राष्ट्र स्पेनलाई युरोको प्रतिस्पर्धामा २१ वर्षअगाडि हराएको थियो, जुन खेल रोनाल्डोले पनि थिए। अहिले यामलजस्तै त्यतिबेला रोनाल्डो निकै चर्चा हुने खेलाडी हुन्।
स्पोर्टिङले लिस्बनमा भएको एक मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हराउँदा १८ वर्षे रोनाल्डोको प्रदर्शनले निकै चर्चा पायो। यसको एक हप्ता पछि नै ओल्ड ट्राफोर्ड क्लब युनाइटेडले रोनाल्डोलाई किनेको हो। उनीजस्तै यामलले पनि युवा अवस्थामा नै धेरै सफलता पाइरहेका छन्।
यामलले बार्सिलोनाबाट यस सिजन लिग र कप जिते। जर्मनीमा भएको युरो २०२४ को उपाधिपछि यामलको यो अर्को सफलता हो। पोर्चुगिच भेट्रान रोनाल्डोले युवा खेलाडीलाई कुनै दबाबबिना अगाडि बढ्न र सुधार गर्न दिन सञ्चार माध्यमलाई आग्रह पनि गरेका छन्।
उनले स्पेनिस स्टार यामल आफ्नो छोराभन्दा मात्र तीन वर्ष जेठो रहेको पनि उल्लेख गरे। ‘यामलले धेरै राम्रो गरिरहेका छन्। तर, सबैलाई भन्न चाहन्छु, उनलाई सहज रूपमाअगाडि बढ्न दिनुपर्छ। उनमाथि धेरै दबाब बनाउनु हुँदैन, जुन उनको फुटबल करियरका लागि राम्रो हुनेछ। उनीसँग धेरै क्षमता छ। त्यसमा रमाउन दिनुपर्छ,’ रोनाल्डोले भने।
स्पेन र पोर्चुगल दुवैले नेसन्स लिगको उपाधि जितिसकेका छन्। स्पेन २०२३ को च्याम्पियन हो। पोर्चुगल भने पहिलो संस्करण सन् २०१९ मा जितेको हो।