आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा जारी सिरिजको दोस्रो खेलमा नेपालले नेदल्यान्ड्ससामू कसिलो बलिङ प्रदर्शन गरिरहेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको डच टोलीलाई नेपाली बलरले सुरुवातमै निकै दबाबमा पु¥याएका छन्।
जारी खेलअन्तर्गत ८ ओभर सकिँदा नेदल्यान्ड्सले ओपनरका दुई विकेट गुमाइसकेको छ। जसमा जम्मा ३० रन मात्रै जोड्न सकेको छ। नेपालका तर्फबाट बलर करन केसी र सोमपाल कामीले एकएक विकेट लिएका छन्। सोमपालले माइकल लेभितको विकट निकाल्दा करनले अर्का ओपनर म्याक्स ओडाउटलाई बोल्ड आउट गरेका छन्।