सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी. स्मृति प्रथम १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन नेपाली क्रिकेटको इतिहासमा गर्विलो कीर्तिमान बनेको छ ।
लुम्विनी प्रदेशका रौनक श्रीवास्तवले घरेलु मैदानमा दोहोरो शतकको दुर्लभ कीर्तिमान बनाएका छन् । गण्डकी प्रदेशविरुद्धको खेलमा १ सय १७ बलको सामना गर्दै उनले १६ चौका र १६ छक्काका साथ घरेलु क्रिकेट ईतिहासकै सर्वाधिक २ सय १७ बनाउँदै कीर्तिमान कायम गरेका हुन् ।
वीरेन्द्रनगर मैदानमा भएको खेलमा गण्डकी प्रदेशमाथि ३ सय ३२ रनको फराकिलो जीत दर्ता गराउने क्रममा रौनकले लक्ष्मण कुमालसँग मिलेर २ सय ४४ रनको साझेदारी पूरा गरे ।
गण्डकीले श्रीवास्तवको दोहोरो शतकको मद्दतमा लुम्बिनीले ४५ ओभर ४ बलमा अलआउट हुँदै ४ सय ३ रनको विशाल योगफल तयार पारेको थियो । रौनक शैलेश काफ्लेको बलमा समिर न्यौपानेबाट क्याच आउट भए ।
लुम्विनीको विशाल योगफलमा लक्ष्मण कुमालले ६०, आरिफ खानले २५ तथा शुभम् खनाल र समिल अली मुसलमानले समान १७-१७ रनको योगदान गरेका थिए । गण्डकीका बलरले ४७ रन अतिरिक्त दिएका थिए ।
गण्डकीका करण गैरेले तीन, राज परियारले दुई तथा सुप्रिम सुनार, सुजन अर्याल, रिदम पाण्डे, शैलेश काफ्ले र अनिष राउतले एक–एक विकेट लिए ।
४ सय ४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी भने २८ दशमलव २ ओभरमा जम्मा ७१ रन जोड्दै अलआउट हुनपुग्यो ।
गण्डकीका अनिष राउतले नटआउट २२, प्रतिक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किदा अरुले कसैलेपनि दोहोरो अंक कटाउन सकेनन् ।