पाकिस्तानले पाहुना टोली बाङ्लादेशलाई तेस्रो टी ट्वान्टी क्रिकेटमा फराकिलो अन्तरले हराउँदै तीन खेलको शृंखला आफ्नो पक्षमा पारेको छ।
लाहोरमा भएको दोस्रो खेलमा ओपनर साहिबजादा फरहानको अर्धशतक र स्पिनर अब्रार अहमदको उत्कृष्ट बलिङ प्रेरणामा पाकिस्तानले बाङ्लादेशमाथि ५७ रनको रबाफिलो जित निकाल्यो। यससँगै पाकिस्तानले तीन खेलको शृंखलामा २–० को अग्रता लिएको हो।
पाकिस्तानको जितमा फरहानले पहिलो अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गर्दा स्पिनर अब्रारले तीन विकेट लिए। फरहानले ४१ बलमा ७४ रन प्रहार गरे। हसन नवाजले पनि २६ बलमा ५१ रनको अर्धशतकीय इनिङ खेले। यी दुईले आक्रामक ब्याटिङ गरेपछि घरेलु टोलीले २०१/६ को योगफल बनाएको थियो। तर, जबाफी ब्याटिङ गरेको बाङ्लादेशले १९औं ओभरमा १४४/९ रन मात्र जोड्न सक्यो।
बाङ्लादेशका अन्तिम ब्याटर सोरिफुल इस्लाम चोटका कारण खेल्न सकेनन्। अब्रारले ३/१९ को प्रदर्शन गर्दै पाहुना टोलीलाई रोक्ने प्रयास गरे। पाकिस्तानले पहिलो खेलमा पनि ३७ रनले जित निकालेको थियो। सोही मैदानमा भएको दोस्रो खेलमा पनि सहजै नतिजा आफ्नो पक्षमा पर्दै पाकिस्तानले शृंखलामा जित निकालेको हो।
अब अन्तिम तथा तेस्रो खेल पनि लाहोरमा नै आइतबार हुनेछ। यो जितपछि नयाँ प्रशिक्षक माइक हेसनका लागि सुखद सुरुआत मिलेको छ। उनी यसै महिनाको सुरुआतमा पाकिस्तानको मुख्य प्रशिक्षक नियुक्त भएका हुन्। यो शृंखलाअगाडि पाकिस्तानले १३ टी ट्वान्टीमध्ये तीन खेलमा मात्र जित निकाल्न सकेको थियो। तर, पछिल्ला दुई खेलमा निकालेको जितले पाकिस्तानी टोलीको आत्मबल पनि बढ्नेछ।
लक्ष्य पछ्याउने क्रममा बाङ्लादेशले राम्रो सुरुआत गरेको थियो। पाहुना टोलीले पहिलो दुई ओभरमा नै ३२ रन जोड्यो। ओपनरद्वय पर्भेज हुसेनले १ रन र तान्जिद हसनले २९ रन जोड्दै राम्रो सुरुआत दिलाए। हसनले १३ बलमा चार चौका र एक छक्का हिर्काए। तर, पर्भेज र हसन दुई रनको अन्तरमा आउट भए।
बाङ्लादेश ४६/२ को अवस्थामा पुग्यो। तर, समालिन नपाउँदै पाहुना टोलीले थप तीन विकेट लगातार गुमायो। यससँगै बाङ्लादेश ५६/५ को नाजुक अवस्थामा पुग्यो। अब्रारले तोहिद हृदोय (५ रन) र जाकर अली (शून्य) लाई आउट गरे। त्यसअघि कप्तान लिटन दास तीव्र गतिका बलर हसन अलीको बलमा सिकार भैसकेका थिए। बाङ्लादेशका लागि तन्जिम हसन सर्वाधिक रनकर्ता रहे। उनले ३१ बलमा ५० रन जोडे।
मेहदी हसनले १७ बलमा २३ रन बनाए। मेहदीले आठौं विकेटका लागि ३३ रन जोडे पनि यो जितका लागि अपार्याप्त र ढिला भइसकेको थियो। यससँगै पाकिस्तानले सन् २०२१ पछि पहिलोपल्ट घरेलु मैदानमा टी ट्वान्टी शृंखला जित्न सफल भयो। कप्तान सलमान अघाका लागि यो अर्को खुसीको क्षण बनेको छ।
‘साढे तीन वर्षपछि हामीले यो सफलता प्राप्त गरेको हौं भन्ने बारे जानकारी थिएन। तर, यो जितपछि धेरै खुसी छु,’ सलमानले भने,‘ म पनि यही जित चाहन्थेँ। कसैको स्थानमा आएको प्रशिक्षकबाट यो सफलता पाउँछौं भने खेलाडी या कप्तानका रूपमा हामी खुसी नै हुन्छौं।’
कप्तान सलमानले नयाँ प्रशिक्षकको प्रशंसा गर्दै जितको श्रेय हेसनलाई नै दिएका छन्।
उनी टोलीको प्रशिक्षकका रूपमा भित्रिएपछि राम्रो वातावरण सिर्जना भएको कप्तान सलमानको भनाइ छ। बाङ्लादेशका कप्तान लिटन दासले लगातार विकेट गुमाउनु परेकोमा दुःख व्यक्त गरे। ‘एकपछि अर्को विकेट गुमाउन पुग्यौं। क्रिकेटमा सधैं सामान्य नियमलाई पनि पछ्याउनुपर्छ। तर, कहिलेकाहीँ हामीबाट त्यो सम्भव हुँदैन। जसको कारण ठूलो क्षति बेहोर्नुपर्छ,’ दासले भने, ‘तर हामीसँग अझै लयमा फर्कन समय बाँकी नै छ।’
पाकिस्तानले यसअघि पनि दुई सय रनभन्दा माथिको आँकडा बनाएको थियो। फरहान र नवाजलाई मोहम्मद हेरिसले पनि साथ दिएपछि लगातार दोस्रो खेलमा यो योगफल बनेको हो। हेरिसले २५ बलमा ४१ रनको योगदान दिए। टस जितेपछि ब्याटिङ गर्ने पाकिस्तानको निर्णय सही बन्यो। ओपनर सैम अयुब ४ रनमा रनआउट हुन पुगे।
तर, फरहानले दोस्रो विकेटका लागि हेरिससँग १०३ रनको शतकीय इनिङ खेल्दै राम्रो स्थितिमा पुर्याए। हेरिस र फरहानले मैदानको चारै कर्नरमा बाङ्लादेशका बलरविरुद्ध रन बटुले। फरहानको इनिङमा ६ छक्का र चार चौका रह्यो।
हेरिसले भने दुई छक्का र चार चौका हिर्काए। फरहान १२औं ओभरमा लेग स्पिनर रिसाद हुसेनको बलिङमा कप्तान लिटन दासद्वारा क्याच हुन पुगे। यसअघि उनको नाममा टी ट्वान्टी क्रिकेटमा व्यक्तिगत ठूलो स्कोर ३९ रन थियो। जुन सन् २०१८ मा दुबईमा अस्ट्रेलियाविरुद्ध हो।
नवाजले पनि तीन छक्का र दुई चौका हिर्काउँदै पाकिस्तानको इनिङ उकासे। अन्तिम पाँच ओभरमा मात्र घरेलु टोलीले ४० रन बटुल्यो। कप्तान सलमानले १९ र सादब खानले सात रन बनाए। बाङ्लादेशको बलिङमा तन्जिम हसनले २/३६ र हसन महमुदले २/४७ को योगदान दिए।