कालीकोटमा कर्णाली प्रदेश स्तरीय दोस्रो बी लेभल पुरुष कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। जिल्ला ब्याडमिन्टन संघ कालीकोटको आयोजनामा दोस्रो प्रदेशकै ठुलो पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो।
पत्रकार सम्मेलन गरी आयोजकले आइतबार जिल्ला सदरमुकाम मान्मको कवड हलमा जेठ २७ गतेदेखि २९ गतेसम्म प्रतियोगिता संचालन हुने जानकारी गराएको हो ।
प्रथम विजेताले नगद ५५ हजार ५५५ नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले ३० हजार ५५५ र फाइनलसम्म पुग्ने खेलाडीलाई १५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
यस्तै भेट्रान पुरुष जोडीमा प्रथम हुनेलाई २० हजार ५५५, द्वितीय १० हजार ५५५ र तृतीयलाई ५ हजार ५५५ रुपैया पुरस्कारको व्यवस्था गरिएको ब्याडमिन्टन संघ कालीकोटका सचिव विनोद शाहीले जानकारी दिए ।
ब्याडमिन्टन संघ कालीकोटका अध्यक्ष वीरेन्द्र बहादुर शाहीले जिल्लामा नियमित ब्याडमिन्टन प्रतियोगिता हुने गरेपनि ठुलो पुरस्कार राशिको प्रतियोगिता दोस्रो पटक हुन लागेको बताए । संघले कालीकोटबाट केन्द्रसम्म प्रतिस्पर्धा गर्न र ब्याडमिन्टनलाई निरन्तरता दिने उद्देश्य लिएको उनको भनाइ छ ।
प्रतियोगितामा कर्णालीका सबै जिल्लाबाट खेलाडीहरुले टिम दर्ता गरी सहभागी हुन पाउने आयोजक संघले बताएको छ। टिम दर्ता शुल्क तीन हजार राखिएको जिल्ला ब्याडमिन्टन संघले जनाएको छ।