दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण नेपालमा आयोजना हुने भएको छ।
शनिबार काठमाडौंमा साफका अध्यक्ष काजी मोहम्मद सलाहुद्दिनको अध्यक्षतामा बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो। सोही बैठकले आगामी तीन फरक उमेरसमूहका प्रतियोगिताका साथै साफ महिला क्लब च्याम्पियनसिप गर्ने निर्णय लियो। उक्त क्लब च्याम्पियनसिप नोभेम्बरमा हुने बताइएको छ।
प्रतियोगितामा कति टोली हुन्छन् भन्ने टुंगो पछि लाग्ने साफले जनाएको छ। यसैगरी बैठकले साफ यु–१७ महिला च्याम्पियनसिप सेप्टेम्बरमा भुटान तथा साफ पुरुष च्याम्पिनसिप अक्टोबरमा श्रीलंकामा गर्ने निर्णय पनि ग¥यो। सो अवसरमा साफका अध्यक्ष सलाहुद्दिनले दक्षिण एसियाली क्षेत्रको फुटबल विकासका लागि सबै फेडेरेसनले एक भएर काम गर्नुपर्ने बताए।
फरक भाषासंस्कृतिबाट आए पनि फेडेरेसनबीच एकताको भावना हुनुपर्ने उनले औंल्याएका छन्। सोही दिन नै साफका कार्यकारी समितिले संस्थाका विभिन्न नीतिहरू पास गरेको थियो। साफले पहिलो महिला कार्यकारी सदस्यमा भुटानकी जिम्बिरीलाई सर्वसम्मत चयन गरेको छ।
साफका सबै सदस्यका राष्ट्रका प्रतिनिधिले अनलाइनको माध्यमबाट पनि कंग्रेसमा सहभागिता जनाएका थिए। कंग्रेसले साफका महासचिवको रिपोर्ट तथा आगामी कंग्रेससम्मको योजनाहरू पनि सर्वसम्मत पास गरेको थियो। साथै गत वर्षको आर्थिक प्रतिवेदन पास तथा आगामी वर्ष २०२५ को बजेटलाई पनि साफको कंग्रेसले अनुमोदन गरेको थियो।