प्रथम एसियाली मिक्स बक्सिङ प्रतियोगिता आगामी शुक्रबारदेखि हुने भएको छ।
नेपाल मिक्स बक्सिङ संघ, उमा नेपाल र बुढानीलकण्ठ कुङ्फुको संयुक्त आयोजनामा ६ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिता शुक्रबारदेखि हुन लागेको हो। यस प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, थाइल्यान्ड, बाङ्लादेश र श्रीलंकाका गरी कुल १५० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक मिक्स बक्सिङ संघका अध्यक्ष शुकमान लामाले प्रतियोगिताबारे जानकारी गराए। दुईदिने प्रतियोगिताका खेलहरू बुढानीलकण्ठ नगरपालिका वडा–३ स्थित बुढानीलकण्ठ बैंक्युटमा खेलाइनेछ। इराक, इरान र अफगानिस्तानका प्रतिनिधि पनि प्रतियोगिताका लागि नेपाल आउनेछन्।
बुढानीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा सिनियर, सब जुनियर र जुनियर गरी विभिन्न ३० स्पर्धामा प्रतिस्पर्धा हुनेछ। कुनै पनि मार्सल आर्ट्सको राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी प्रतियोगितामा सहभागी हुन पाउनेछन्। प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख रूपैयाँ खर्च हुने आयोजकले जनाएको छ।
सहभागीको खाना र बसोवासको व्यवस्थापन आयोजकले गर्नेछ। पत्रकार सम्मेलनमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, बुढानीलकण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङले प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरेका थिए।
सो अवसरमा बोल्दै मेयर अधिकारीले बुढानीलकण्ठ नगरपालिकाले खेलकुदको विकास र खेलाडीको हितलाई मध्यजनर गरी विभिन्न गतिविधि सञ्चालन गरिरहेको उल्लेख गरे। प्रतियोगिताले बुढानीलकण्ठ नगरपालिकाको मात्र नभई समग्र नेपालको पहिचान गराउन टेवा पुर्याउने उनको विश्वास छ।
मेयर अधिकारीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने नगरपालिकाभित्र रहेका खेलाडीका लागि नगद पुरस्कारको व्यवस्था गरिएको उल्लेख गर्दै वार्षिक क्यालेन्डर नै बनाएर नगरको खेलकुदलाई चलायमान बनाउने योजना रहेको बताए। खेलकुद संयोजक तामाङले प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सरोकार सबैको साथ र सहयोग आवश्यक रहेको बताए।
उक्त अवसरमा मिक्स बक्सिङ संघका अध्यक्ष शुकमान लामालाई युकेस्थित उमा मुख्यालयबाट प्राप्त ब्ल्याक बेल्ट चौथो डानको प्रमाणपत्र पनि प्रदान गरिएको थियो। उमा नेपालका अध्यक्ष अशुराज श्रेष्ठको उपस्थितिमा मेयर अधिकारीले अध्यक्ष लामालाई प्रमाणपत्र हस्तान्तरण गरे।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामा, नेपाल बक्सिङ महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, महासचिव मानबहादुर भण्डारी, बुढानीलकण्ठ नगरपालिकाका विभिन्न वडाका अध्यक्षलगायतको उपस्थिति रहेको थियो।