भुटानमा जारी प्रथम दक्षिण एसियाली जुडो डेभलपमेन्ट च्याम्पियनसिपमा नेपाली टोली पहिलो भएको छ।
भुटानको थिम्पुमा नेपाली टोली चार स्वर्ण, समान एक रजत र कांस्य साथ पहिलो भएको बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) का प्रमुख प्रशिक्षक धर्मकुमार श्रेष्ठले जानकारी दिए। व्यक्तिगत स्पर्धामा नेपाली टोली पहिलो भएको हो। मिक्स टिम इभेन्टमा नेपाली खेलाडीले आइतबार मात्र प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्रका आठ टोली सहभागी थिए। नेपालबाट एमएमएसीका खेलाडीले मात्र प्रतिस्पर्धा गरेका थिए। यस प्रतियोगितामा श्रष्टा नापितले दोहोरो स्वर्ण जितिन्। श्रष्टाले महिला ५७ केजीमुनि पहिलो स्वर्ण चुमिन्। श्रष्टाले अर्को स्वर्ण खुला तौलसमूहमा जितिन्।
५७ केजी तौलसमूहमा खेल्ने प्रतिस्पर्धीले खुला तौलसमूहमा पनि खेल्न पाउने प्रावधान थियो। त्यसअनुरूप श्रष्टाले दुई विधामा प्रतिस्पर्धा गरेकी हुन्। पुरुष ३६ केजीमुनि साइमन तामाङ तथा ४० केजीमुनि सदिन तामाङले स्वर्ण जिते। महिला ३६ केजीमुनि जेनिशा वाइबाले रजत तथा पुरुष ५० केजीमुनि जुविन महर्जनले कांस्य प्राप्त गरे।