स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीले दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा पदक जित्ने आफ्ना पाँच खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ।
अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष विजेन्द्र हमाल, उपाध्यक्षद्वय गोवर्धन श्रेष्ठ र सुमन खड्गी, महासचिव कुवेरप्रकाश सिंह र राष्ट्रिय टेबल टेनिस टिमका प्रमुख प्रशिक्षक मोहनदास बासुकलाले स्ट्याग एकेडेमीका पदक विजेतालाई सम्मान गरेका हुन्।
सबै खेलाडीलाई जनही १० हजार रूपैयाँ, मायाको चिनो र सम्मानपत्रसहित सम्मान गरिएको थियो। नौ पटक लगातार राष्ट्रिय टेबल टेनिस च्याम्पियन बनेकी नविता श्रेष्ठ र प्रशिक्षक राकेश महर्जनले खोलेको टेबल टेनिस एकेडेमी हो, स्ट्याग च्याम्पियन्स। लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा गत वैशाख ११ देखि १४ गतेसम्म सम्पन्न प्रतियोगतामा नेपालले एक स्वर्ण, ६ रजत र पाँच कांस्यसहित १२ पदक जितेको थियो।
स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीले यु–१९ खेलाडीद्वय गनञ्जय दाहाल र प्रवेश बस्नेत तथा यु–१५ उमेरसमूहमा पदक जित्ने शुभश्री श्रेष्ठ, प्राज्ना महर्जन र सुरम्या श्रेष्ठलाई सम्मान गरेको हो।
दक्षिण एसियाली युथ टेबल टेनिसमा गनञ्जयले यु–१९ ब्वाइज टिममा स्वर्ण, यु–१९ ब्वाइज डबल्समा रजत तथा यु–१९ ब्वाइज एक र यु–१९ मिक्स डबल्समा कांस्य पदक जितेका थिए। प्रवेशले यु–१९ ब्वाइज टिममा स्वर्ण र यु–१९ ब्वाइज डबल्समा रजत पदक जितेका थिए। शुभश्रीले यु–१५ गल्र्स डबल्समा रजत र यु–१५ गर्ल्स एकल र यु–१५ गर्ल्स टिममा कांस्य पदक नेपाललाई दिलाएकी थिइन्।
प्राज्नाले यु–१५ गर्ल्स डबल्समा रजत र यु–१५ गल्र्स टिममा कांस्य तथा सुरम्याले यु–१५ गर्ल्स टिममा कांस्य पदक जितेका हुन्। गनन्जयय र प्रवेश यु–१९ को ब्वाइज टिम इभेन्टमा पहिलो भएर उज्बेकिस्तानमा हुने एसियाली जुनियर टेबल टेनिसका लागि छनोट पनि भएका छन्।