सरकारको नीति तथा कार्यक्रम: खेल क्षेत्रमा देखिएन उत्साह
२० वैशाख २०८२
•
४ मिनेट पाठ
सरकारको नीति तथा कार्यक्रम: खेल क्षेत्रमा देखिएन उत्साह
सरकारले आगामी आर्थिक वर्ष सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नेपाली खेलकुद र खेलकर्मी उत्साहित हुने खालको कार्यक्रमहरू ल्याउने सकेन।




राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रममा नेपाली खेलकुद क्षेत्रलाई उत्साहित हुने खालको योजना भने आउन सकेन। यसअघिका अधिकांश सरकारले नै समट्दै आएको परम्परागत नीति तथा कार्यक्रमले निरन्तरता पाएको छ।

आगामी आर्थिक वर्षमा सार्वजनिक हुने नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याइने गरिन्छ। यही नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्दछ। यस सरकारका प्रधानमन्त्री केपी शर्मा ओली खेलकुदप्रति विशेष चासो राख्ने भएकाले बजेटअगावै नेपाली खेलकुद क्षेत्रलाई उत्साहित हुने खालका नीतिगत योजना आउने आकलन खेलकर्मीको थियो। तर, सोअनुरूप हुन सकेन।

पछिल्ला समय नेपाली खेलाडीहरू दिनानुदिन विदेश पलायन हुँदा खेलक्षेत्र ठूलो चिन्तामा छ। आफ्नो जीवन धान्न नै कठिन हुने अवस्थाका कारण खेलाडीहरू पलायन भइरहेको हो भन्नेमा दुईमत छैन। तर पनि सरकारले यो अवस्था न्यूनीकरण गर्ने खालका कार्यक्रम ल्याउन सकेन। साथै नीति तथा कार्यक्रममा ग्रासरुटदेखि नै खेल विकास गर्ने कार्यक्रम पनि आएन। वर्तमान बजेट अपर्याप्त रहेको र नेपाली खेलकुदको दिगो विकासका लागि केही नयाँ नीतिगत परिवर्तन आवश्यक छ। सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खेलकुद विकासका योजना तथा आधार तय हुनुपर्दथ्यो।

तथापि, नयाँ बजेटको संघारमा ल्याइने नीति तथा कार्यक्रममा खेलकुदप्रति चासो राख्ने गरेका प्रधानमन्त्री ओलीबाट त्यस किसिमको सम्बोधन भने हुन सकेन। शुक्रबार संघीय संसदमा पेस भएको नीति तथा कार्यक्रममा मुख्य तीन विषय सम्बोधन गरिएको छ। जुन, यसअघि सरकारले नै समावेश गर्दै आएका अधिकांश विषय दोहोरिएका छन्।

आगामी वर्षको कार्यक्रममा संघ, प्रदेश, स्थानीय तह र खेल संघको सहकार्यमा स्पोर्ट्स स्कुल कार्यक्रम सुरु गरिने र विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षक र खेलाडी प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरिनेजस्ता नीति समेटिएको छ।

गत वर्ष नै सरकारले पनि यही कार्यक्रम तय गरेको थियो। यसपल्ट पनि सोही नीति दोहो¥याइएको छ। युवाहरूको शारीरिक र मानसिक विकासका लागि नियमित खेलकुद सञ्चालन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरू आयोजना गरिनेजस्ता नियमित भइरहेको गतिविधिलाई ओली सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ। हरेक सरकारले आफ्नो नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने समावेश गर्ने गरेका छन्। यसपल्ट पनि त्यसले निरन्तरता पाएको छ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई आधुनिक स्तरको मैदानमा रूपान्तरण गरिने ओली सरकारले उल्लेख गरेको छ। जसको स्तरोन्नतिको काम पनि भइरहेको छ। जुन सुखद पक्ष पनि हो। तर, सबै खेलका लागि आवश्यक बहुउद्देश्यीय कभर्डहल र ठूलो दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणबारे भने सरकारले चासो देखाएन।

नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व कोष (सिएसआर)अन्तर्गत खेलकुदमा लगानी र कक्षा ६ देखि १२ सम्म अनिवार्य खेलकुद विषय पाठ्यक्रममा समावेश गर्नेलगायत योजना उल्लेख गर्दै आएका थिए।

तीमध्ये एक महत्त्वपूर्ण पक्ष खेलकुदलाई निजी क्षेत्रको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमसँग जोड्ने आगामी नीति तथा कार्यक्रममा आएको छ। यस नीतिले नेपाली खेलकुद विकासमा निजी क्षेत्रको भूमिका बढ्नेछ। सोहीअनुरूप सरकारले पनि रंगशालालगायत खेल पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने उल्लेख गरेको छ।

यसलाई सुखद पक्षका रूपमा लिन सकिन्छ। शुक्रबार सरकारले सार्वजनिक गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र उनीहरूका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाइने उल्लेख छ। यस किसिमको कार्यक्रम लागू भए नेपाली खेलाडीलाई खेलक्षेत्रमा लागिरहन थप प्रोत्साहन मिल्ने आशा भने गर्न सकिन्छ।

राखेपका सदस्यसचिव घिसिङले भनेजस्तो अनिवार्य खेलकुद विषय पाठ्यक्रममा राख्ने योजना भने नीति तथा कार्यक्रममा उल्लेख भएन। जसले गर्दा कमजोर खेल संरचना भएको नेपाली खेलकुदको टेवा पुग्ने आधार पनि आउन सकेन। यद्यपि, राखेप सदस्यसचिव टंकलाल घिसिङले नीति तथा कार्यक्रममा आएका विषय पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सबै योजना एकैपल्ट समेट्न सहज नहुने धारणा राखे।

उनले आफ्नो योजना पनि छिट्टै लागू हुने विश्वास व्यक्त गरे। ‘सिएसआरमा खेलकुदलाई नीतिगत रूपमा नै अगाडि बढाउनुपर्छ भनेर मैले भन्दै आएको कुरा सत्य नै हो। अहिले सबै कुरा एकै पटक आउन सम्भव भएन। यद्यपि, मैले भन्दै आएका योजना पनि अगाडि बढ्छन्,’ घिसिङले भने, ‘अहिले आएका केही कार्यक्रम नयाँ पनि छन्। त्यसको कार्यान्वयन गर्न सके खेलकुद विकास सम्भव छ। यद्यपि, यो पर्याप्त छैन। खेलप्रेमी सरकार छ, त्यसैले आगामी बजेटमा भने धेरै योजना समावेश हुनेछन्।’
अर्को समाचार
एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा पदक जित्ने लक्ष्य
११ साउन २०८२
•
३ मिनेट पाठ
एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा पदक जित्ने लक्ष्य
पेरिस पारालिम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित पाँच खेलाडीको प्रतिस्पर्धा रहने दशौं एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालले पदक जित्ने लक्ष्य राखेको छ।




मलेसियामा हुने एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशासहित नेपालका दुई पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। काठमाडौं जिल्ला तेक्वान्दो संघले शनिबार उक्त नेपाली पारा तेक्वान्दो टोलीलाई बिदाइ गरेको थियो। सोही अवसरमा प्रशिक्षक कविराज नेगी लामाले च्याम्पियनसिपमा पदक जित्ने आशा व्यक्त गरे।

उक्त च्याम्पियनसिप सारवाक सहरमा आगामी अगस्ट १ मा हुँदै छ। ठमेलमा शनिबार आयोजना भएको एक कार्यक्रमबीच काठमाडौं जिल्ला तेक्वान्दो संघले नेपाली खेलाडीलाई बिदाई गरेको हो।

नेपाल चेम्बर अफ कमर्स शिक्षा तथा खेलकुद समितिका अध्यक्ष रूपक राजवंशी, उपाध्यक्ष सुनिता सिंह, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी र नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङलगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।

सोही अवसरमा सिद्धार्थ वनस्थलीका प्रिन्सिपलसमेत रहेका रूपक राजवंशीले पारालिम्पिकमा पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्न पाएको स्मरण गर्दै यस च्याम्पियनसिपमा पदक जित्ने आशा व्यक्त गरे। साथै उनले पारा तेक्वान्दो टोलीका लागि प्रोत्साहन स्वरूप ५० हजार रूपैयाँ प्रदान गर्ने घोषणा गर्दै खेलकुद क्षेत्रमा जोडिन पाउँदा धेरै खुसी लागेको र आगामी दिनमा पनि पारा तेक्वान्दोलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

काठमाडौं जिल्ला काठमाडौं संघका अध्यक्ष विक्रमले खेलाडीको प्रोत्साहनका लागि यस किसिमका कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै उनीहरूलाई सहयोग गर्न जिल्ला तेक्वान्दो संघ सदैव तयार रहेको विश्वास व्यक्त गरे।

सो अवसरमा लायन्स क्लब अफ तेक्वान्दो काठमाडौं नेपाल, लायन्स क्लब अफ काठमाडौं मेरिगोल्ड र तेक्वान्दोकी पूर्वखेलाडी सुमी परियारले ६ जना खेलाडी, प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ट्य्राकसुट प्रदान गरेका थिए। नेपाली टोली आगामी साउन १३ गते त्यसतर्पm प्रस्थान गर्ने कार्यक्रम छ।

पेरिस पारालम्पिककी कांस्य पदक विजेता पलेसासहित अमीर ब्लोन, कामना प्रसाईं, रेणु तामाङ र भरत सिंह महताले उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन्। के–४४ विधाअन्तर्गत पलेशाले ५७ केजीमुनि, अमीरले ६३ केजीमुनि, रेणु र कामनाले ४७ केजीमुनि तथा भरतले ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन्। हाल चीनमा अध्ययनरत पलेशा उतैबाट प्रतियोगितामा सहभागी हुने कार्यक्रम छ।

प्रशिक्षक लामाले वैशाखदेखि नै प्रशिक्षण गरिरहेको र तयारी पनि राम्रो भएकाले पदक जित्ने आशा व्यक्त गरेका छन्। लामाले एसियन गेम्स र पारालिम्पिकको तयारीका लागि यो च्याम्पियनसिप महत्त्वपूर्ण रहेको र खेलाडीको वरीयतामा सुधार गर्ने माध्यम पनि बन्ने उल्लेख गरे।

नेपालले सन् २०१४ देखि एसियन च्याम्पियनसिपमा नियमित प्रतिस्पर्धा गर्दै आएको छ। हालसम्म नेपालले एसियन च्याम्पियनसिपमा एक रजत र पाँच कांस्य पदक जितेको छ। रञ्जना धामीले समान एक रजत र कांस्य पदक जितेकी छन्। पलेशा, अरूण शाक्य, सीता भण्डारी र रोहित हाङ राईले कांस्य प्राप्त गरेका छन्। प्रशिक्षक नेगीले सन् २०१७ देखि टोली सम्हाल्दै आएका छन्।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस