पुलिस र आर्मीबीचको सेमिफाइनल भेट पक्का
०६ वैशाख २०८२
•
२ मिनेट पाठ
पुलिस र आर्मीबीचको सेमिफाइनल भेट पक्का
विभागीय टिम नेपाल पुलिस क्लबले नेपालगन्जमा सञ्चालित ‘लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल’ प्रतियोगितामा त्रिभुवन आर्मी क्लबसँगको सेमिफाइनल भेट पक्का गरेको छ । नेपालगन्ज रंगशालामा शनिबार भएको खेलमा पुलिसले भारतको सिलगुडी फुटबल क्लबलाई ४ शून्य गोलले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।




खेलमा पुलिसले सहज जित निकाल्यो । खेलमा पुलिस क्लबका तर्फबाट मिना देउवाले खेल सुरु भएको १३ औं मिनेटमा गोल गरेर खाता खोलिन् । पुलिसकी निर्मला उपाध्यायले १९ औं र कप्तान निरु थापाले २३ औं मिनेटमा गोल गरे । पुलिसकी निर्मलाले ३० औं मिनेटमा अर्को गोल थपेसँगै उनी प्लेयर अफ द म्याच घोषित भइन् । 

हारसँगै भारतको सिलगुडी फुटबल क्लब घर फर्केको छ । प्रतियोगितामा यसअघि शुक्रबार त्रिभुवन आर्मी क्लबले सुदुरपश्चिमलाई पनि ४ शून्य गोलले पराजित गरेर सेमिफाइनल यात्रा सुरक्षित गरेको थियो । प्रतियोगितामा दुई विभागीय टिम आर्मी र पुलिस सेमिफाइनलमा भिड्नेछन् । यही बैशाख ९ गते दुबै टिमबीच सेमिफाइनल खेल हुनेछ । पुलिस क्लबका प्रशिक्षक सुमन सुवेदीले नेपालगन्जमा आफ्ना खेलाडीले सोचे जस्तै खेल प्रर्दशन गर्न सफल भएको बताए । 

‘भारतको टिम पनि ठिकै हो, तर हाम्रा खेलाडीले पनि सोचेकै जस्तो खेल प्रर्दशन गरेका छन्,’ उनले भने । नेपालगन्जको प्रतियोगितामा आर्मीलाई जित्नैपर्ने दवाव रहेको प्रशिक्षक सुवेदीले बताए । ‘हाम्रा केही खेलाडी भुटान र युएईमा भएकाले हामीलाई केही असर त पर्ला नै, तर पनि यसपटक आर्मीलाई जित्न हाम्रो योजना छ,’ उनले थपे ।

पुलिस क्लबकी कप्तान निरु थापाले आफ्नो गृह जिल्लामा रहेको रंगशालामा पहिलो पटक छिर्दा उत्साहित भएको बताइन् । ‘मेरो गृह जिल्लामा आफ्नो खेल प्रर्दशन गरेर गोल हान्ने समेत मौका पाए, नेपालगन्जको ग्राउन्ड राम्रो छ,’ उनले भनिन् । भारतको टिम राम्रै भएपनि उनीहरूबीच तालमेल हुन नसकेको निरुले बताइन् ।

सिलगुडी फुटबल क्लबका प्रशिक्षक रमेशकुमारले आफ्ना खेलाडीले धेरै लामो यात्रा गरेका कारण तयारी गर्न नपाएको बताए । ‘हाम्रा खेलाडीले लामो यात्रा गरेर आएका थिए, तयारी केही पनि गर्न नपाएर सिधै ग्राउण्डमा प्रवेश गरे, यसले गर्दा परिणाम हाम्रो पक्षमा आएन,’ उनले भने । 

उक्त क्लबकी टिम कप्तान यमुना पुर्तिले नेपालगन्जको ग्राउन्डले साथ दिएपनि खेल जित्न नसकिएको बताइन् । विपक्षी पुलिस क्लबले राम्रो खेल प्रर्दशन गरेको उनले सुनाइन् । अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा सुरु भएको प्रतियोगितामा कुल ८ वटा टिम सहभागी छन् । 

आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिनेछ । यही बैशाख ५ गतेदेखि १२ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ ।
अर्को समाचार
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
२ घण्टा अघि
•
१ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
जुम्ला। यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।




पहिलोपटक हिमाली जिल्लामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको खेलहुने भएपछि यहाँका स्थानीय तह र सरोकारवाला निकाय तयारी अवस्थामा जुटेकाछन्। खेल सञ्चालनहुने स्थानलाई तयारी अवस्थमा राखिएको छ।

बाहिरीबाट आउने खेलाडिलगायत अतिथिलाई स्वागत गर्नेका लागि जिल्लाको मुख्य प्रवेश विन्दु तिला गाउँपालिकामा गेट निर्माणको जिम्मा सम्बन्धित गाउँपालिकालाई दिइएको जिल्ला खेलकुद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिए।

पुरुष फुटबलका सेमिफाइनल तथा फाइनल खेल नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाको खेलमैदान प्रतियोगिता हुने भएको छ। आवश्यक सबै स्रोत साधन उपलब्ध भएको छ। खेल यही १४ देखि २० मंसिरसम्म सञ्चालनहुने छ। प्रतियोगिता अघि आवश्यक मर्मतसम्भार, व्यवस्थापन र तयारीका काम अहिले भइरहेको उनको भनाइ छ।

यसैगरी खेलाडिलाई थप पूर्व तयारी खेल खेल्न चन्दननाथ नगरपालिका–२ स्थित परिमलाचौर फुटबल मैदान सम्याउने, प्याराफिट मर्मत गर्ने र आवश्यक पोल निर्माणका काम सञ्चालन भएका छन्। प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन थप मर्मतसम्भार तथा सजावटका काम धमाधम भइरहेको समितिले जनाएको छ। रासस
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस