खेल सकिन १५ मिनेटमा बाँकी छँदा फराकिलो अन्तरले पछि परेको स्थिति उल्टाउँदै साबिक विजेता गोर्खाली रग्बी क्लबले राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
च्यासल रंगशालामा बुधबार सम्पन्न उद्घाटन खेल सकिन १५ मिनेट बाँकी छँदा गोर्खाली रग्बी क्लब विभागीय टोली एपिएफसँग १२–० ले पछि परेको थियो। तर, अनुभवी खेलाडीले भरिएको गोर्खालीले उत्कृष्ट पुनारागमन गर्दै जित पनि निकाल्यो।
उक्त खेलमा गोर्खालीले १४–१२ ले जित निकाल्यो। यद्यपि, खेल अन्त्यतिर विवादित बन्न पुग्यो। गोर्खालीले अग्रता लिएसँगै विभागीय टोली एपिएफ क्लबका खेलाडीले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै मैदान छाडेका थिए। यससँगै करिब १५ मिनेट खेल रोकिन पुग्यो। लगातारको आग्रहपछि पनि एपिएफका खेलाडीले मैदान प्रवेश गर्न मानेनन्। यससँगै गोर्खाली क्लबलाई विजेता घोषणा गरिएको छ।
गोर्खालीले समान दुई ट्राई र कन्भर्जनबाट अंक जोडेको हो। एपिएफले दुई ट्राई र एक कन्भर्जनबाट अंक जोड्यो। एपिएफ उपविजेता टोली पनि हो। दोस्रो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै छन्।
नेपाल रग्बी संघको आयोजनामा राष्ट्रिय फिफ्टिन्स च्याम्पियनसिप वैशाख २ गतेसम्म हुनेछ। यस फिफ्टिन्स प्रतियोगितामा राष्ट्रिय स्तरका क्लब गोर्खाली रग्बी क्लब र तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लबले चुनौती प्रस्तुत गर्नेछन्। राउन्ड रोबिनको आधारमा खेल सञ्चालन हुने भएको छ।
यस प्रतियोगिताको मुख्य निर्णायकमा श्रीलंकाका प्रियान्था गुनारथ्न र म्याच रेफ्री पनि श्रीलंकाकै सुरंगा अरूणा थालगालागेले भूमिका निर्वाह गरेका छन्। संघले अघिल्लो वर्षदेखि यस प्रतियोगिताको ट्रफीलाई रनिङ सिल्डको रूपमा सञ्चालन गरेको थियो। यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ।
सहभागी चारैवटा क्लबलाई तयारी तथा प्रतियोगितामा बिमा र स्वास्थ्य व्यवस्थापनसहित तीन लाख बराबरको रकम प्रदान गरिएको संघले जनाएको छ। प्रतियोगिताको विजेताले दुई लाख २२ हजार २२२ रूपैयाँसहित रनिङ सिल्ड पाउनेछ। उपविजेताले भने एक लाख ११ हजार १११ रूपैयाँसहित पदक प्राप्त गर्ने संघले जनाएको छ।
यस प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार नगदसहित ट्रफी पाउनेछ। म्यान अफ दी म्याचले ट्रफी पाउनेछ। यस प्रतियोगिताबाट राष्ट्रिय टोलीका खेलाडी छनोट गरिने भएको छ। आगामी वर्षको वैशाख २० देखि २२ गतेसम्म नेपालमै हुने नेपाल बाङ्लादेश अन्तर्राष्ट्रिय रग्बी सिरिजको लागि नेपाली टोलीको तयारी गरिने संघले जनाएको छ।