आईपीएलः देल्लीको लगातार दोस्रो जित, हैदरावादको अर्को हार
१६ चैत्र २०८१
•
१ मिनेट पाठ
आईपीएलः देल्लीको लगातार दोस्रो जित, हैदरावादको अर्को हार
ईन्डियन प्रिमियर लिग (आईपीएल)मा देल्ली क्यापिटल्सले लगातार दोस्रो जित निकालेको छ ।  




भिषाखापटनममा आइतबार सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै देल्ली ४ अंकमा तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । आफ्नो पहिलो खेलमा देल्लीले लखनउ सुपर जाइन्ट्लाई एक विकेटले हराएको थियो । रोएल च्यालेन्जर्स बेंगलुरुसँग समान चार अंक भएपनि रनरेटमा पछि पर्दै देल्ली दोस्रो स्थानमा रहेको हो । तीन खेलमा २ अंकमात्र भएको हैदरावाद भने सातौं स्थानमा छ ।  

हैदरावादले दिएको १६४ रनको लक्ष्य देल्लीले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । उसको जितमा फाफ डू प्लेसिसले २७ बलमा अर्धशतक प्रहार गरे । अभिषेक पोरेल ३४ रनमा नटआउट रहँदा ज्याक फ्रेसर म्याकग्रुकले ३८ रनको योगदान गरे ।  

हैदरावादका लागि जिसम अन्सारीले तीन विकेट लिए ।  

यसअघि पहिला ब्याटिङ गरेको हैदरावाद १८.४ ओभरमा १६३ रनमा अलआउट भएको थियो । अनिकेत वर्माले ४१ बलमा ७४ रन बनाए । हेन्रिच क्लासेनले ३२ र ट्रेडिस हेडले २२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।  

देल्लीका लागि मिचेल स्टार्सले ३.४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर ५ विकेट लिए । कुलदीप यादवको नाममा ३ विकेट रहँदा मोहित शर्माले एक विकेट झारे । 
अर्को समाचार
बेंगलुरु भागदौड : कर्नाटकका मुख्यमन्त्री-उपमुख्यमन्त्रीविरुद्ध उजुरी दर्ता
२२ जेष्ठ २०८२
•
२ मिनेट पाठ
बेंगलुरु भागदौड : कर्नाटकका मुख्यमन्त्री-उपमुख्यमन्त्रीविरुद्ध उजुरी दर्ता
पहिलो पटक आइपिएल च्याम्पियन बनेको रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को उत्सव बुधबार ठूलो दुर्घटनामा परिणत भयो। विजेता खेलाडीहरूलाई स्वागत गर्न चिन्नास्वामी रंगशाला बाहिर जम्मा भएको भीडमा भागदौड हुँदा ११ जनाको मृत्यु भयो भने ३३ जना घाइते भए।




कर्नाटक उच्च अदालतले आफैँले यसबारे ध्यान दिएको छ। अदालतले दिउँसो २:३० बजे मुद्दाको सुनुवाइ गर्ने छ। यसैबीच, सामाजिक कार्यकर्ता स्नेहमयी कृष्णाले कब्बन पार्क प्रहरी चौकीमा उजुरी दर्ता गरेकी छन्। उजुरीमा मुख्यमन्त्री सिद्धरामय्या, उपमुख्यमन्त्री डीके शिवकुमार र कर्नाटक क्रिकेट बोर्डमाथि लापरबाहीको आरोप लगाइएको छ।

घटनापछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिद्धरामय्याले भने, 'म यो घटनाको बचाउ गरिरहेको छैन, तर देशमा पहिले पनि धेरै ठूला दुर्घटनाहरू भइसकेका छन्, जस्तै कुम्भ मेलामा ५०-६० जनाले ज्यान गुमाएका थिए। यद्यपि, यसको अर्थ यो होइन कि हामीले जिम्मेवारीबाट भाग्नुपर्छ।'

यसैबीच भाजपाले उनको राजीनामा माग गरेको छ।

कसरी भयो यति ठूलो दुर्घटना?

नि:शुल्क पाससहित रंगशालामा प्रवेश : आरसीबीको वेबसाइटबाट पास लिनुपर्ने थियो। बुधबारको घोषणापछि ठूलो संख्यामा मानिसहरू वेबसाइट हेर्न थाले र साइट क्र्यास भयो। पास पाउनेहरूसँगै पास नभएका मानिसहरू पनि रंगशालामा पुगे। यसका कारण भीड अनुमान गर्न सकिएन।

प्रारम्भिक अनुसन्धान अनुसार भीडले १२, १३ र १० नम्बरको गेट तोडेर रंगशालामा प्रवेश गर्ने प्रयास गरेको थियो। प्रहरीले लाठीचार्ज गरेको थियो। नालीमा राखिएको स्ल्याब भत्किएको थियो। हल्का वर्षाको बीचमा भागदौड मच्चिएको थियो।

दिउँसो करिब ३:३० बजेतिर भीड बढ्यो र सबै ढोकाहरू बन्द भए। यसले गर्दा पास भएकाहरू पनि भित्र पस्न सकेनन्। होहल्ला सुरु भयो। १० नम्बर गेटमा स्थिति झनै बिग्रियो। प्रहरीले महिला र बालबालिकाहरूलाई पछाडि धकेले, केही महिलाहरू बेहोस भए।

सरकारले ५ हजार सुरक्षाकर्मी रहेको बताएको थियो तर भीड धेरै ठूलो थियो। त्यसैले विजय परेड हुन सकेन। स्रोतका अनुसार यीमध्ये धेरैजसो प्रहरी ३६ घण्टा ड्युटीमा थिए। एजेन्सी
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस