सन्दीप र अनिलबिनाको टोली बन्द प्रशिक्षणमा
१६ चैत्र २०८१
•
३ मिनेट पाठ
सन्दीप र अनिलबिनाको टोली बन्द प्रशिक्षणमा
स्टार स्पिनर सन्दीप लामिछाने र ओपनर अनिलकुमार साहलाई बाहिर राख्दै २० खेलाडीलाई नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ।




अनिललाई चोट र सन्दीपले भर्खरै शल्यक्रिया गरेका कारण बाहिर राख्दै नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको हो। स्टार खेलाडी बाहिरिँदा किरण ठगुन्ना, दीपेन्द्र रावत, रूपेश सिंह र अर्जुन घर्तीले पहिलोपल्ट बन्द प्रशिक्षणमा स्थान बनाएका छन्। यिनीहरूले शनिबार नै लुम्बिनी प्रदेशमा सम्पन्न भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

सन्दीपले भने शल्यक्रियाकै कारण प्रधानमन्त्री कप खेलेका थिएनन्। हर्नियाको शल्यक्रियापछि सन्दीप पूर्ण रूपमा फिट भएका छैनन्। अनिलको भने आंैलाको चोट बल्झिएको छ। बन्द प्रशिक्षण पनि बुधबारदेखि रूपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा सुरु हुने क्यानले जनाएको छ।

क्यानले शुक्रबार राति नै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका स्टुआर्ट ललाई नियुक्त गरेको थियो। उनले मोन्टी देसाईको स्थान लिएका हुन्। क्यानले प्रधानमन्त्री कप सकिएको दिन खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।

लको प्रशिक्षणमा नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ। नेपालले हङकङमा चार देश सम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने क्यानले शनिबार नै सार्वजनिक गरेको हो।

उक्त शृंखला अप्रिल ९ देखि १३ अप्रिलसम्म हुनेछ। शृंखलमा नेपाल, हङकङ कतार र कुवेत सहभागी हुनेछन्। नेपालले कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। नेपालले दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ।

लिग चरणमा सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि लिगका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा खेल्ने तय छ। क्यानले शुक्रबार रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, किरण ठगुन्ना, लोकेश बम, बसिर अहमद, सोमपाल कामी, करण केसी, सन्दीप जोरा, नन्दन यादव, रिजन ढकाल, गुलशनकुमार झा, अर्जुन घर्ती, कुशल मल्ल, रूपेश सिंह, दीपेन्द्र रावत, साहब आलम र विवेक यादवलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।

अनुभवी ल नेपालको प्रशिक्षणमा क्यानले अस्ट्रेलियाका अनुभवी स्टुआर्ट ललाई नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। उनी र क्यानबीच दुई वर्षको सम्झौता भएको छ।

क्यानले भारतीय प्रशिक्षक देसाईसँगको सम्झौता नवीकरण नगरेपछि नेपाली टोली केही समययता मुख्य प्रशिक्षकविहीन थियो। देसाईको दुई वर्षे सम्झौता माघमा नै सकिएको थियो।

त्यसपछि क्यानले गत फागुन ३ गते नै मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको थियो। मुख्य प्रशिक्षक पदका लागि ७० जनाको आवेदन परेको थियो। त्यसमा नेपाली टोली समालिसकेका पूर्वप्रशिक्षक पनि रहेको चर्चा चलेको थियो। तर, क्यानले १० जनाको सर्टलिस्ट गर्दै अन्तर्वार्ताबाट अस्ट्रेलियाका ललाई नै प्रशिक्षणको जिम्मेवारी दिएको हो।

सन् १९९६ को विश्वकपमा अस्ट्रेलिया उपविजेता हुँदा उनी टोलीको सदस्य पनि थिए। उनले पछि श्रीलंका, बंगलादेश, वेस्ट इन्डिज, अफगानिस्तान, बंगलालदेश यु–१९ र अमेरिकाको प्रशिक्षण सम्हालिसकेका छन्। अस्ट्रेलियाबाट उनले ५४ एकदिवसीय अन्तर्राष्ट्रिय र एक टेस्ट खेल खेलेका छन्।
अर्को समाचार
एरिका र अञ्जना सम्मानित
०७ साउन २०८२
•
१ मिनेट पाठ
एरिका र अञ्जना सम्मानित
नेपाली खेलकुदमा एकपछि अर्को ऐतिहासिक नतिजा दिलाउँदै आएकी कराते खेलाडी एरिका गुरुङ र नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगर सम्मानित भएका छन्।




भक्तपुरको मध्यपुरमा मंगलबार आयोजित एक कार्यक्रमबीच मध्यपुरको इनर ह्विल क्लबले १९औं एसियाली खेलकुदकी रजत विजेता एरिका र गोलकिपर अञ्जनालाई नगदसहित सम्मान गरेको हो। एरिकाले कराते वान प्रिमियर लिगमा कांस्य, थाइल्यान्ड ओपन र युएस ओपनमा स्वर्ण र एसियन च्याम्पियनसिपमा रजत जितेकी थिइन्।

प्रिमियर लिगमा कांस्यका साथै एसियन च्याम्पियनसिप र एसियन गेम्समा रजत पदक जित्ने उनी नेपाली कराते खेलाडी हुन्। उनै एरिका र अञ्जनालाई इनर ह्विल क्लबले २५ हजार रूपैयाँ नगदसहित सम्मान गरेको हो। नेपाली खेलकुदमा उल्लेखनीय योगदान गरेबापत उनीहरूलाई डा. सृष्टि उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

क्लबकी संस्थापक तथा इनर ह्विल डिस्ट्रिक्ट ३५० की उपाध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले खेलाडीलाई सम्मान गरेकी थिइन्। सो अवसरमा उनले खेलकुदमा महिलाको सहभागिता र सफलतालाई सम्मान गर्न पाउनु आफ्नै लागि पनि गौरवको विषय रहेको बताइन्।

उनले आगामी वर्षहरूमा पनि यस्ता उदाहरणीय खेलाडीलाई सम्मानित गर्ने क्रमलाई अझ व्यापक बनाउँदै लाने प्रतिबद्धता जनाइन्। सम्मानित हुने दुवै खेलाडीले निजी स्तरबाट हुने यस्ता सम्मानले आफूहरूलाई देशका लागि अझ समर्पित भएर खेल्न ऊर्जा मिल्ने उल्लेख गर्दै आयोजकलाई धन्यवाद दिए।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस