किरणको शतकमा सुदूरपश्चिम विजयी
१० चैत्र २०८१
•
४ मिनेट पाठ
किरणको शतकमा सुदूरपश्चिम विजयी
लुम्बिनीकाे विकेट लिएपछि आर्मीका खेलाडी। तस्वीर: क्यान
किरण ठगुन्नाको शतकमा सुदूरपश्चिम प्रदेशसँगै आइतबार विभागीय टोली एपिएफ र आर्मीले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा जित निकालेका छन्।




लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कपमा किरणको शतकप्रेरित सुदूरपश्चिमले कोसीविरुद्ध र एपिएफले गण्डकी प्रदेशलाई समान ३१ रनले हराउँदा आर्मीले लुम्बिनी प्रदेशमाथि १३१ रनको फराकिलो जित निकालेको हो।

आर्मीले आठ खेलबाट सात जित निकाल्दै १४ अंक र एपिएफले सात खेलबाट १० अंक जोडे। आर्मी दोस्रो र एपिएफ तेस्रो स्थानमा छन्। शीर्ष स्थानको पुलिससँग आर्मीले अंक बराबरी गरेको छ। तर, पुलिसले एक खेल कम खेलेको छ। पुलिसँग समान सात खेल खेलेको एपिएफ चार अंकले पछि छ। सुदूरपश्चिमको भने आठ खेलबाट यो तेस्रो जित हो। सुदूरपश्चिम ६ अंक जोड्दै सातौं स्थानमा छ। समान आठ खेलबाट कोसी र गण्डकीको यो सातौं हार हो।

यति नै खेल खेलेको लुम्बिनीले भने चौथो हार सामना गर्‍यो। दाङको देउखुरी क्रिकेट मैदानमा किरणको शतकमा सुदूरपश्चिमले २४३ रनको लक्ष्य दिएको थियो। तर, कोसी ४५.१ ओभरमा २११ रनमा समेटिन पुग्यो। दोस्रो ओभरमै ओपनर सोनु अन्सारीलाई शून्यमा गुमाए पनि कोसीले समालिएर ब्याटिङ ग¥यो। त्यसपछि दोस्रो विकेटका लागि ओपनर सकिब हक र आइस भट्टराईले ८३ रनको साझेदारी गर्दै इनिङ समाले। तर, थप २८ रन जोड्दा कोसीले थप पाँच विकेट गुमाउन पुग्यो र दबाबमा पर्‍यो। सकिबले ६२ रनको योगदान दिए। आइस ३६ रन बनाएर आउट भए। सकिबले ६६ बलमा ११ चौका हिर्काए। आइसको इनिङमा चार चौका रह्यो।

कप्तान अंकित सुवेदी र समीर कार्कीले समान ३८ र दीपेश कँडेलले १४ रन बनाए पनि कोसीलाई जित दिलाउन सकेनन्। सुदूरपश्चिमको बलिङमा सौर्य श्रेष्ठले तीन र भोजराज भट्टले दुई विकेट लिए। शेर मल्ल, नारायण जोशी र राहुल भण्डारीको नाममा समान एक विकेट रह्यो। त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४३.४ ओभरमा २४२ रनमै समेटिन पुग्यो। मध्यक्रमका ब्याटर किरणबाहेक अन्यले ठूलो इनिङ खेल्न सकेनन्। उनले ११५ रनको शतकीय योगदान दिए। जारी प्रधानमन्त्री कपमा उनको यो दोस्रो शतक हो। उनले गण्डकीविरुद्ध पनि शतक प्रहार गरेका थिए।

९१ बल खेलेका किरणले १२ चौका र चार छक्का प्रहार गरे। किरणले सातौं विकेटका लागि नारायणसँग ६७ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। टेक रावतले १६, अर्जुन विकले १५, कप्तान नारायण र शेरले समान १४ रन बनाए। कोसीको बलिङमा ज्ञानेन्द्र श्रेष्ठले चार, फिरदोस अन्सारी र अंकित सुवेदीले समान दुई तथा दीपेश कँडेल र प्रकाश कार्कीले समान एक विकेट लिए।

भैरहवामा एपिएफले गण्डकीलाई हराउँदा आसिफ सेखले उत्कृष्ट ब्याटिङ गरे। एक्ट्राटेक ओभलमा एपिएफले २५९ रनको राम्रो लक्ष्य दिएको थियो। जबाफमा गण्डकीले ५० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै २२७ रन मात्रै बनाउन सक्यो।

मध्यम सुरुआत पाएको गण्डकीका कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन्। अर्जुन कुमालले ३९, दिनेश बुढामगरले ३४, अमृत गुरुङले २३, कप्तान विपिन खत्रीले १४, समीर कँडेल र कमल परियारले समान १३ रन जोड्दा सुदीप अर्याल २५ रनमा अविजित रहे। एपिएफको बलिङमा अभिषेक गौतमले तीन तथा अमरसिंह राउटेलाले दुई विकेट लिए।

किशोर महतो, भुवन कार्की र कप्तान रोहितकुमार पौडेलको नाममा समान एक विकेट रह्यो। त्यसअघि टस हारेर ब्याटिङ गरेको एपिएफले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २५८ रनको योगफल बनाएको थियो। उत्कृष्ट सुरुआत पाएपछि एपिएफ विशाल लक्ष्यतर्पm अग्रसर थियो।

ओपनरद्वय लोकेश बम र आसिफले पहिलो विकेटका लागि १२५ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। १९.३ ओभरमा नै यी दुईले यो साझेदारी गरेका हुन्। आसिफ ८० रन र लोकेश ४६ रनमा आउट भए। ७४ बलमा आसिफले १० चौका र एक छक्का प्रहार गरे। लोकेशको इनिङमा ५ चौका रह्यो।

सुमित महर्जनले ३१, कमलसिंह ऐरीले २५, अमरसिंहले २४, भुवन कार्कीले १५ र दीपक बोहराले ११ रन बनाएपछि एपिएफले राम्रो योगफल खडा गरेको हो। तर, कप्तान रोहित पौडेल ७ रन र सन्दीप ३ रनमा नै आउट भए। गण्डकीको बलिङमा सन्दीप पराजुली र सुदीप अर्यालले समान तीन विकेट लिँदा कमल परियारले दुई तथा चन्द्र पौडेलले एक विकेट निकाले।

आर्मीले घरेलु टोली लुम्बिनीलाई हराउँदा बसिर अहमदले अर्धशतकसँगै अलराउन्ड प्रदर्शन गरे। सिद्धार्थ क्रिकेट मैदानमा आर्मीले २४४ रनको लक्ष्य दिएको थियो। तर, लुम्बिनीलाई २७.१ ओभरमा ११२ रनमा नै समेट्दै आर्मीले सहज जित निकाल्यो।

साहब आलमसँगै सबै बलरले साथ पाएपछि आर्मीले सातौं जित निकालेको हो। खराब सुरुआत गरेको लुम्बिनीका लागि कप्तान देव खनालले ३७, मनीष थापा र बिप्रसन केसीले समान १३, नर सार्कीले १२ र निर्मल गुरुङले १० रन बनाए।

आर्मीको बलिङमा साहबले चार विकेट तथा नरेन साउदले दुई, सोमपाल कामी, आकाश चन्द र बसिर अहमदले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको आर्मी ४९.२ ओभरमा २४३ रनको योगफलमा रोकिएको थियो।

बसिरले ८६ रन जोड्दा भीम सार्कीले ४४, तृतराज दासले ३१, सोमपालले २८, कुशल मल्लले १७ र इमरान खानले १२ रन बनाए। चौथो विकेटका लागि बसिर र भीमले ८१ रनको साझेदारी गरेका थिए। १०४ बलमा बसिरले ६ चौका प्रहार गरे। लुम्बिनीको बलिङमा अजय चौहानले चार तथा कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, नर सार्की र देव खनालले समान एक विकेट लिए।
अर्को समाचार
प्रधानमन्त्री कप: किरणको शतकमा सुदूरपश्चिम विजयी
२६ फागुन २०८१
•
१ मिनेट पाठ
प्रधानमन्त्री कप: किरणको शतकमा सुदूरपश्चिम विजयी
किरण ठगुन्नाको शतकीय पारीको मद्दतमा सुदूरपश्चिम प्रदेशले यहाँ जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई पराजित गरेको छ।




सुदूरपश्चिमले गण्डकीलाई ६ विकेटले हराएको हो। यसअघि सुदूरपश्चिम पहिलो खेलमा कर्णाली प्रदेशसँग पराजित भएको थियो।

दाङको लमही क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २२० रन बनायो।

दुई सय २१ रनको विजयी लक्ष्य सुदूरपश्चिमले ४३ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो। सुदूरपश्चिमका ठगुन्नाले अविजित १२१ रन बनाए। उनले १०१ बल खेल्दै नौ चौका र ६ छक्का प्रहार गरे। यस्तै कप्तान नारायण जोशीले अविजित ३८, खडक बोहराले १९ तथा निश्चल क्षेत्रीले १८ रनको योगदान दिए।

बलिङतर्फ गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले एक-एक विकेट लिए।

यसअघि २२० रन बनाउने क्रममा गण्डकीका लागि अर्जुन कुमाल र दिपक डुम्रेले अद्र्धशतकीय पारी खेले। दिपकले ७४ बल खेल्ने क्रममा तीन चौका र एक छक्का हान्दै ६० रन बनाए।

यस्तै, अर्जुनले ९५ बलमा ५७ रनको योगदान दिए। उनले यस क्रममा चार चौका र एक छक्का प्रहार गरे।

यसैगरी, सुदिप अर्यालले अविजित २३, दिनेश बुढामगरले १५ तथा अमृत गुरुङ र विपिन खत्रीले दश दश रनको योगदान दिए।

बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले तीन, नारायण जोशीले दुई तथा हेमन्त धामी, मिलन बोहरा र अर्जुन विकले एक-एक विकेट लिए।

सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट सात पदेश र तीन विभागीय टोली सहभागी छन्। राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा अङ्कका आधारमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन्।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस