च्याम्पियन्स ट्रफी: विराट र रोहितका लागि अन्तिम अवसर
२४ फागुन २०८१
•
४ मिनेट पाठ
च्याम्पियन्स ट्रफी: विराट र रोहितका लागि अन्तिम अवसर
च्याम्पियन्स ट्रफीको फाइनलमा न्युजिल्यान्डविरुद्ध दुबईमा प्रतिस्पर्धा गर्दा भारतका भेट्रान्स तथा स्टार खेलाडी विराट कोहली र रोहित शर्माका लागि अन्तिम अवसर पनि हुन सक्नेछ।




३६ वर्षे कोहली र ३७ वर्षे कप्तान रोहित शर्मा टेस्ट क्रिकेटमा खराब प्रदर्शनका कारण ५० ओभरको च्याम्पियन्स ट्रफीअगाडि नै कहिले संन्यास लिन्छन् भन्ने चर्चा चल्दै आएको छ। करिब १५ वर्षभन्दा बढी भारतीय टोलीमा महत्त्वपूर्ण सदस्य रहँदै आएका यी दुई स्टारले गत वर्ष विश्वकप जितेपछि टी ट्वान्टी क्रिकेटबाट संन्यास लिइसकेका छन्।

यसै हप्ता नै रोहित र विराटले एकदिवसीय क्रिकेटबाट पनि संन्यास लिन सक्छन्। किनकि अबको एकदिवसीय विश्वकप २०२७ मा नै हुनेछ। त्यसैले यो फरम्याटको ठूलो प्रतियोगितामध्ये एक रहेको च्याम्पियन्स ट्रफी नै विराट र कोहलीका लागि राम्रो अवसर हुनेछ।

‘रोहितको कप्तानीमा यसपल्ट भारतले उपाधि उचाल्छ भन्ने मलाई विश्वास छ। यसपछि उनीसँग अर्को आइसिसीको उपाधि पनि हुनेछ,’ भारतका पूर्व तीव्र गतिका बलर प्रवीन कुमारले भने, ‘विराट र रोहितले संन्यास लिनुअगाडि अर्को पनि आइसिसीको उपाधि दिलाउँछन् भन्नेमा म विश्वस्त छु।’

त्यसमाथि भारत दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने फाइनलमा प्रतिस्पर्धा गर्नुअगाडि उच्च आत्मबल र बलियो दाबेदारका रूपमा खेल्ने पक्का छ। किनकि भारतले आठ राष्ट्र सम्मिलित प्रतियोगितामा यसअघिका चारवटै खेल जितेको छ। त्यसमध्ये एक न्युजिल्यान्डविरुद्ध नै ४४ रनको जित हो। दुवै टोली सेमिफाइनल पुगिसकेको अवस्थामा यी दुईले प्रतिस्पर्धा गरेका हुन्।

पाकिस्तानसँग राजनीतिक रूपमा द्वन्द्व रहेकाले पनि भारतलाई यस प्रतियोगितामा फाइदा पनि मिल्यो। भारतले आयोजक पाकिस्तान जान नमानेपछि रोहितको कप्तानीमा रहेको टोलीले सबै खेल दुबईमा नै खेलेको हो। त्यस्तोमा फाइनल पनि दुबईमा हुने भएकाले भारत पिचका बारे बढी जानकार छ।

रोहित र विराट यो प्रतियोगिताअगाडि निकै दबाबमा थिए। तर, मास्टर क्लास ब्याट्सम्यान विराटले कट्टर प्रतिद्वन्द्वी पाकिस्ताविरुद्ध अविजित शतकीय इनिङ खेल्दै आफ्ना आलोचकहरूलाई राम्रो जबाफ दिए। त्यसपछि उनले सेमिफाइनलमा पनि डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाविरुद्ध ८४ रनको विजयी इनिङ खेले।

रोहितको भने सर्वाधिक ठूलो योगफल ४१ रन हो, जुन उनले बाङ्लादेशविरुद्ध उद्घाटन खेलमा जोडेका थिए। तर, ब्याटिङमा कठिन मानिएको स्थानमा टोलीको ठूलो स्कोर बनाउन नेतृत्व गरिरहेकाले रोहितका आलोचक पनि शान्त देखिएका छन्। त्यसले पनि रोहितका लागि ठूलो अवसर फाइनलमा प्राप्त हुनेछ।

भारत तेस्रोपल्ट च्याम्पियन्स ट्रफीको उपाधि उचाल्दै कीर्तिमान रच्न चाहन्छ। विश्वस्तरीय स्पिनरको साथ पनि रहेकाले भारतका लागि अर्को ठूलो आत्मबल पनि हुनेछ। न्युजिल्यान्डविरुद्ध जित निकाल्दा भारतले चार स्पिनर प्रयोग गरेको थियो। जहाँ वरुण चक्रवर्थीले ५/४२ को उत्कृष्ट प्रदर्शन गरे र २५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड २०५ रनमा नै रोकियो।

भारत अस्ट्रेलियाविरुद्ध पनि स्पिनमा नै केन्द्रित भयो र आफ्नो योजनालाई निरन्तरता दिएको थियो। तर, यसपल्ट भने भारतको योजना सफल नभए पनि जित प्राप्त भयो। यद्यपि, न्युजिल्यान्डले पनि फाइनलमा भारतविरुद्ध बदला लिने लक्ष्य लिएको छ।

सन् २००० को फाइनलमा पनि भारतलाई हराउँदै न्युजिल्यान्डले च्याम्पियन्स ट्रफीको उपाधि उचालेको थियो। त्यो च्याम्पियन्स ट्रफीको दोस्रो संस्करण पनि थियो, जसलाई मिनी विश्वकपका रूपमा लिने गरिन्छ। यसपल्ट पनि यही नतिजा दोहार्‍याउने लक्ष्यमा छ, न्युजिल्यान्ड। ब्ल्याक क्याप्सको नामले पनि परिचित न्युजिल्यान्डसँग त्यो क्षमता पनि रहेको छ।

लाहोरमा भएको सेमिफाइनलमा बलियो दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्डले आफूलाई बलियो प्रतिद्वन्द्वीको रूपमा पनि उभ्याएको छ। तर, न्युजिल्यान्ड चोटको समस्यामा पनि छ। उसका उत्कृष्ट तीव्र गतिका बलर म्याट हेनरी चोटमा छन्। क्याच लिने क्रममा उनको काँधमा चोट लागेको थियो।

हेनरीले भारतसँगको खेलमा पनि ५/४२ को उत्कृष्ट प्रदर्शन गरेका थिए। उनी अभैm फाइनलमा खेल्ने या नखेल्ने भन्नेमा टोलीले स्पष्ट पारेको छैन। ‘अहिले नै उनको अवस्था के हो भन्न सकिँदैन,’ न्युजिल्यान्डका हेड कोच ग्यारी स्टिडले भने, ‘जसरी उनी क्याच लिने क्रममा लडे, उनको काँधमा केही समस्या भयो। आशा गरौं, उनी फाइनलमा ठीक हुनेछन्।’

न्युजिल्यान्डको ब्याटिङमा प्रमुख हतियार रचिन रवीन्द्र हुन्। जसले सेमिफाइनलमा १०८ रनको उत्कृष्ट इनिङ खेलेका थिए। उनकै प्रेरणामा न्युजिल्यान्डले गद्याफी स्टेडियममा ३६२ रनको कीर्तिमानी इनिङ खडा गरेको हो। यस क्रममा उनले भेट्रान ब्याट्सम्यान केन विलियम्सनसँग १६४ रनको साझेदारी पनि गरेका थिए।

बलिङ पनि गर्न सक्ने रचिनले तीन खेलमा नै २२६ रन जोडेका छन्। त्यसैले भारतका लागि उनी चुनौती बन्न सक्नेछन्। २५ हजार क्षमता रहेको दुबई स्टेडियममा भारत बलियो दाबेदार मानिए पनि सहज भने छैन। किनकि न्युजिल्यान्ड पनि बलिङ र ब्याटिङमा उत्कृष्ट छ। गत वर्ष मात्र न्युजिल्यान्डले भारतमा नै घरेलु टोलीलाई टेस्ट क्रिकेटको शृंखलामा ३–० ले हराउँदै अप्रत्याशित नतिजा निकालेको अवस्था छ।  
अर्को समाचार
२०८१ मा नेपाली खेलकुदलाई फर्केर हेर्दा
०१ वैशाख २०८२
•
११ मिनेट पाठ
२०८१ मा नेपाली खेलकुदलाई फर्केर हेर्दा
नेपाली खेलकुद क्षेत्रमा व्यावसायिक अभ्यासका लागि २०८१ साल महत्वपूर्ण वर्षका रुपमा रह्यो । भलिबल, क्रिकेट, कबड्डी, फुटबलजस्ता खेलको व्यावसायिक प्रतियोगिता आयोजना हुनु मुलुककै खेलकुद विकासका लागि उल्लेखनीय मानिएको छ । यस्तै फुटबल, क्रिकेटजस्ता खेलमा केही खेलाडीले विदेशी क्लबमा आबद्ध रहेर खेल्न पाउनु पनि नेपालक लागि गौरवको विषय बन्ने नै भयो ।




विगतको तुलनामा प्रतियोगिताहरुको आयोजना तथा अन्तरराष्ट्रिय सहभागिता घटेता पनि एक वर्षमा केही उल्लेखनीय नतिजा पनि हासिल भएका छन् । पारा ताइक्वाण्डो खेलाडी पलेशा गोवर्धनले इतिहासमै पहिलोपटक पारा ओलम्पिकमा कास्य पदक जित्नु महत्वपूर्ण उपलब्धि थियो ।

यस्तै देशको प्राथमिकतामा पर्न नसकेको ‘खोखो’ खेलको विश्व च्याम्पियनसिपमा नेपाल उपविजेता बन्नु, कराते खेलाडी एरिका गुरुङले अष्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुजस्ता सफलताले मुलुकलाई गौरवान्वित बनाएको छ । क्रिकेटर सन्दीप लामिछानेले ‘टि–२०’ अन्तरराष्ट्रिय क्रिकेटमा एक सय विकेटको रेकर्ड पुर्‍याएर विश्वमै छिटो विकेट लिनेहरुमा दोस्रो स्थानमा पुग्न सफल हुनु, कतार बिरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीद्वारा एक ओभरमा छ छक्का प्रहारजस्ता कीर्तिमान साधारण उपलब्धि होईनन् ।

यसै अवधिमा काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा राति पनि खेल सञ्चालनका लागि ‘फ्लडलाइट’ जडान तथा १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण एंव रुपन्देहीको तिलोत्तमा नगरपालिकामा व्यक्तिगत तवरबाट बनाइएको क्रिकेट रङ्गशालाको निर्माण सम्पन्न हुनुजस्ता प्रगति पनि भएका छन् । तीनपटक मिति घोषणा भएर पनि दशौँ राष्ट्रिय खेलकुद आयोजना हुन नसक्नु, नेपाल ओलम्पिक कमिटीमा तालाबन्दी हुनु, कैयौँ खेलका राष्ट्रिय प्रतियोगिता नहुनु, प्रदेशस्तरमा खेलका गतिविधि सन्तोषजनक नहुनुजस्ता अप्रिय सन्दर्भ पनि खेलकुद क्षेत्रमा नभएका होइनन् । गत असोज १२ गते परेको भीषण पानी तथा त्यसपछिको बाढी–पहिरोमा परी मकवानपुरस्थित एन्फा एकेडेमी फुटबल प्रशिक्षणमा रहेका छजना बालकको दु:खद निधन पनि यो सालको बिर्सिन नसकिने घटनाका रुपमा लिनुपर्दछ । प्रस्तुत सामग्रीमा २०८१ सालको खेलकुदसम्बन्धी केही प्रमुख प्रसङ्ग उल्लेख गरिएको छ ।  

पारा ओलम्पिकमा पहिलो पदक

सन् २०२२ मा चीनमा भएको पारा एसियाली खेलकुदमा पहिलो ऐतिहासिक कांस्य पदक जितेर चर्चामा आएकी पलेशा गोवर्धनले आफ्नो इतिहासलाई दोहोर्‍याएकी छिन् । सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा ओलम्पिक खेलकुद सम्पन्न भएलगत्तै आयोजित पारा ओलम्पिकमा नेपाली खेलाडी पलेशा गोवर्धन कांस्य पदक जितेर मुलुकलाई पहिलोपटक पारा ओलम्पिकको आधिकारिक पदक दिलाउन सफल भइन् । उनले महिला ५७ केजी तौल समूहको ‘रिपाचेज’को फाइनलमा सर्बियाकी खेलाडीलाई पराजित गरी पदक जितेकी थिइन् । उनी पहिलो खेलमा भेनेजुयलाकी खेलाडीलाई पराजित गर्दै ‘क्वाटर फाइनल’मा प्रवेश गर्न सफल भएकी हुन् । उनी क्वाटरफाइनलमा ब्राजिलकी खेलाडीसँग भने हारेकी थिइन् । रिपाचेज चरणमा फ्रान्स र सर्बियाकी खेलाडीलाई हराएर पलेशा नेपालको पहिलो ओलम्पिक पदकको हकदार बनेकी हुन् ।  

ओलम्पिकमा कमजोर सहभागिता

पेरिसमा सम्पन्न ओलम्पिकमा नेपालको १५औँ सहभागिता रहे पनि उपलब्धि भने नगन्य रह्यो । छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउन पुगेका नेपालका पहिलो टेबुल टेनिस खेलाडी स्याण्टु श्रेष्ठ सेनेगलका खेलाडीसँग ‘४–०’को सोझो सेटले पराजित भएका थिए ।  

महिला म्याराथनमा धाविका सन्तोषी श्रेष्ठ ७९औँ भएकी थिइन् । उक्त प्रतिस्पर्धामा ९२ जनाको सहभागिता रहेको थियो। नेपाली स्विमिङ खेलाडी एलेक्जेण्डर शाह पुरुषको एक सय मिटर दूरीको ‘फ्रिस्टाइल इभेन्टस’मा हिटस प्रतिस्पर्धामै सीमित रही कूल सहभागीहरुमध्ये ५९औँ स्थानमा रहे । २०० मिटर दूरीको महिला फ्रिस्टाइलमा डुबाना लामा पनि हिटसका प्रतिस्पर्धीहरुमध्ये पुछारमा रहेकी थिइन् । जुडोमा मनिता श्रेष्ठ पहिलो भिडन्तमै सर्बियाकी खेलाडीसँग   ‘१०–०’ अङ्कले हार्न पुगिन् । यस्तै सुटिङ खेलतर्फ १० मिटर दूरीको एयरराइफल इभेन्टसमा सुस्मिता नेपाल ४२औँ स्थानमा पुगेकी थिइन् । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल डेनमार्क, आयरल्याण्ड तथा इजरायलका खेलाडीसँग पराजित भएका थिए । ओलम्पिकमा नेपाली खेलाडीहरुले उचित खेल प्रदर्शन गर्न सक्ने सम्भावना भएका खेलको पदक लक्षित दीर्घकालीन प्रशिक्षण सञ्चालन नगरेसम्म ओलम्पिकमा निरन्तर सहभागिताबाट खासै नतिजा नआउने सन्देश पेरिसमा नेपाली खेलाडीहरुको प्रदर्शनले दिएको थियो ।

ओलम्पिक कमिटीमा ताला

अन्तरराष्ट्रिय खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने आधिकारिक संस्था नेपाल ओलम्पिक कमिटीको कार्यालयमा ताला लाग्नु पनि यस वर्षको खेलकुदजगत्का लागि दु:खद घटना बन्न पुग्यो । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा सो ताला लगाइएको थियो । ओलम्पिक कमिटीको केही समयअघि सम्पन्न निर्वाचनप्रति असहमति जनाउँदै कार्यालयमा ताला लगाइएको थियो । नेपालले अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा ओलम्पिक कमिटीको झन्डामुनि सहभागिता जनाउँदै आइरहेको छ । ओलम्पिक कमिटीका नयाँ निर्वाचित टोलीलाई हालसम्म सरकारका तर्फबाट मान्यता प्रदान गरिएको छैन । यसले गर्दा नेपालमा ओलम्पिक गतिविधिलाई गम्भीर असर पर्नाका साथै आगामी वर्ष पाकिस्तानमा आयोजना हुने दक्षिण एसियाली खेलकुदलगायतका अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता अन्योल पर्न सक्ने देखिएको छ ।

बिर्सन नसकिने फुटबल

विगतमा ओझेलमा परेको महिला फुटबल विस्तारै लयमा फर्कंदै छ । तर साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा केही वर्षदेखि नै पराजय भोग्दै आइरहेको नेपाली टोली २०८१ सालमा पनि उपाधि विजेता बन्न सकेन । नेपाली टोलीले यस प्रतियोगिताको फाइनलमा पराजय ब्यहोरेको छपटक भइसकेको छ । घरेलु मैदानमा दशौँ हजार दर्शकको उपस्थितिमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्दागर्दै पनि बङ्गलादेशको टोलीसँग हार ब्यहोर्नु परेको थियो । यसअघि सन् २०२२ मा नेपाल बङ्गलादेशसँग नै फाइनलमा पराजित भएको थियो । नेपाली टोलीको पराजय भएपछि नेपाली फुटबल प्रेमीहरुको चित्त बुझाउन कठिन भयो । यसअघि फाइनलमा भारतसँग चारपटक हार ब्यहोर्न परेको नेपाली टोलीले यसपटक भने सेमी फाइनलमा भारतविरुद्ध व्यापक रुपमा दबाब दिएर पराजित गर्दै फाइनलमा पुगेको थियो ।

फेरि उप–विजेता

चारवटा मुलुकका टोलीहरुको सहभागिता रहेको ‘फोर नेसन्स’ महिला फुटबल प्रतियोगितामा पनि नेपाल उपविजेतामै सीमित हुनपुग्यो । प्रतियोगिताका सहभागी टोलीहरु कीर्गिस्तान, लेबनानलाई पराजित आफ्नो बलियो उपस्थिति देखाएको नेपालले म्यानमारसँग बराबरी खेल खेल्दै फाइनलमा पुगेको थियो । अन्तिम प्रतिस्पर्धामा नेपाल म्यानमारसँग पराजित हुन पुगको थियो ।  

एउटै प्रतियोगिता खेल्दा लाखौँ रुपैँया

नेपालकै पहिलो फ्रेन्चाइज खेलकुद प्रतियोगिता मानिएको नेपाल सुपर लिग फुटबल प्रतियोगिता एनएसएलको तेस्रो संस्करण पनि व्यावसायिक खेलको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ । फुटबलका लागि पहिलोपटक अक्सन गरिएको यो प्रतियोगितामा नेपाली पुरुष खेलाडीहरु एउटै प्रतियोगिताका लागि डेढ लाखदेखि चार लाख रुपैयाँमा अनुबन्ध भई विभिन्न मुलुकका ख्यातिप्राप्त खेलाडीहरुसँग एउटै टोलीमा रहेर खेल्दैछन् । विदेशी खेलाडीलाई अझ धेरै पारिश्रमिक दिएर नेपालमा खेल्न आमन्त्रण गरिएको छ । २०८२ साल मङ्सिरमा महिलाहरुको पनि फ्रेन्चाइज लिग हुने भएपछि महिला खेलाडीहरुमा पनि उत्साह थपिएको छ ।  

भलिबलतर्फको सफलता

भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरिएपछि यसको गतिविधि र सफलता बढ्दै गएको छ । २०८१ सालमा पनि भलिबलमा विभिन्न उपलब्धि हासिल भएका छन् । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला भलिबल लिग नेसन्स च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको थियो । लिग चरणमा श्रीलङ्का, माल्दिभ्स र भारतलाई पराजित गर्न सफल नेपाली टोलीले सेमी फाइनलमा इरानलाई पराजित गरेको थियो । नेपाली टोली आफूले लिग चरणमा हराइसकेको भारतीय टोलीसँग फाइनलमा हारेर उपाधि जित्नबाट वञ्चित भएको थियो ।

माल्दिभ्समा भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई पराजित गरेर प्रतियोगिता च्याम्पियन बनेको नेपाली टोलीले लिग चरणकै पाँचवटा खेल जितेर उपाधि हात पार्न सफल भएको थियो । नेपालको पुरुष ‘टी–२०’ भलिबल टोली काभा पुरुष भलिबल च्याम्पियनसिपको कोलम्बोमा भएको फाइनलमा उज्वेकिस्तानसँग पराजित भई दोस्रो भएको थियो ।  

एनपिएल क्रिकेटको रौनक

अन्तरराष्ट्रियस्तरमा नेपाललाई चिनाउने प्रमुख खेलमा क्रिकेट पर्दछ । क्रिकेटका लागि  २०८१ साल व्यस्तताको वर्ष रह्यो । नेपाली दर्शकहरु नेपाली क्रिकेट खेलाडीहरुको टी–२० विश्वकप खेल हेर्न अमेरिकासमेत पुगेबाट नेपालमा क्रिकेटको लोकप्रियता कति रहेछ भनेर आकलन गर्न सकिन्छ ।

नेपालमा यो वर्ष आयोजना भएका खेलकुद प्रतियोगितामध्ये दिनहुँ अत्यधिक दर्शकहरुको उपस्थिति रहेको नेपाल प्रिमियर लिग एनपिएलको क्रिकेटको रौनक पनि बिर्सन नसक्ने घटनाका रुपमा रह्यो ।

नेपाली तथा विभिन्न मुलुकका ख्यातिप्राप्त क्रिकेट खेलाडीहरुले एकसाथ निजी क्षेत्रको लगानी रहेको एनपिएलको पहिलो संस्करणमा प्रतिस्पर्धा गरेका थिए । काठमाडौँमा नेपाल क्रिकेट सङ्घले आयोजना गरेको घरेलु प्रतियोगितामध्ये  सबैभन्दा ठूलो प्रतियोगिता मानिएको एनपिएलमा खेलाडीहरुको पारिश्रमिक तथा पुरस्कारमै मात्र करोडौँ रुपैयाँ खर्च गरिएको थियो । विभिन्न अन्तरराष्ट्रिय क्रिकेट खेलाडीहरुलाई आकर्षक पारिश्रमिक दिएर खेल्न आमन्त्रण गरिएको एनपिएलमा नेपाली मार्की खेलाडीहरुले हालसम्मकै उच्च २० लाख रुपैयाँ पारिश्रमिक पाएका थिए । पहिलो संस्करणको उपाधि जितेर जनकपुर बोल्डस टोलीले एक करोड १० लाख रुपैयाँसहित उपाधि जित्न सफल भएको थियो । उक्त टोलीले फाइनलमा सुदूरपश्चिम रोयल्स टोलीलाई पाँच विकेटले हराएको थियो । प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्स टोलीले ५१ लाख रुपैयाँ पुरस्कार पाएको थियो भने सो टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै मोटरकार पुरस्कार प्राप्त गरेका थिए ।

दक्षिण अफ्रिकासँग एक रनले हार

नेपाली क्रिकेट टोलीले २०८१ सालमा आइसिसी ‘टी २०’ विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको खेल खेल्ने अवसर प्राप्त गर्‍यो । नेपालले अमेरिका र वेष्ट इण्डिजमा भएको कूल चारवटै खेलमा जित्न नसकी लिग चरणबाटै बाहिरिएको थियो । नेपाल तीन खेलमा पराजित हुन पुगेको थियो भने श्रीलङ्कासँगको खेल वर्षाको कारण रद्द भएपछि दुवै टोलीले एक–एक अङ्क पाएका थिए । दक्षिण अफ्रिकासँगको खेलमा नेपाली टोलीले सशक्त खेल प्रस्तुत गर्दै एक रनले मात्र पराजित भएको थियो ।

महिलाको सशक्त उपस्थिति  

‘यू–१९’ महिला क्रिकेट टोलीले मलेसियामा टी–२० विश्वकप खेल्न पाउनु नेपाली खेलकुदको अर्को सफलता मानिएको छ । युगाण्डामा आयोजित क्रिकेट प्रतिस्पर्धामा नेपाली महिला खेलाडीहरुले चार खेल जितेर पहिलोपटक मुलुकलाई विश्वकपमा छनोट गराउन योगदान गरेका थिए ।  

व्यक्तिगत लगानीमा रङ्गशाला

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नागरिकस्तरबाट व्यक्तिगत लगानीमा क्रिकेट रङ्गशाला निर्माण गरी प्रतियोगिता र प्रशिक्षण सुरु हुनुलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिन सकिन्छ । गुल्मीका विनोद कुँवरले व्यक्तिगत लगानीमा निर्माण सम्पन्न गरेको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा राति पनि खेल सञ्चालन गर्न फ्लड लाइटको व्यवस्था गरिनु अझ खुसीको विषय हो । यस रङ्गशालामा एक वर्षको अवधिमा एक सयभन्दा बढी खेल सञ्चालन भइसकेका छन् ।

हुन नसकेको राष्ट्रिय खेलकुद

विसं २०८१ मा १०औँ राष्ट्रिय खेलकुदको मिति तीनपटक घोषणा भएता पनि प्रतियोगिता भने हुन नसक्नु दु:खद पक्ष मानिएको छ ।  सरकारले राष्ट्रिय खेलकुदका लागि कुल ६० करोड रुपैयाँ विनियोजन गरेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा उक्त प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको थियो । तर तयारी नपुगेको जनाउँदै परिषद् बोर्ड बैठकले २०८१ साल चैत २३ देखि ३० गतेसम्मका लागि उक्त प्रतियोगिताको मिति सारेको थियो । तर चैतमा पनि हुन नसकेपछि २०८२ साल जेठ ३ गतेदेखि १० राष्ट्रिय खेलकुद तयारी नपुगेको भन्दै पुन: स्थगित भएको थियो । जेठमा प्रतियोगिता गर्दा मौसम प्रतिकूल हुने कारण पनि जनाइएको छ ।

अब जेठमा पनि नहुने भएपछि राष्ट्रिय खेलकुद अन्यौलमा परेको छ । २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद तीन दशक भइसक्दा पनि नवौँ संस्करण मात्र सम्पन्न हुनु नेपाली खेल पदाधिकारीहरुको ठूलो कमजोरी मान्न सकिन्छ ।      

नेपालमा खेलकुदको संस्थागत विकास भएको लामो समय भइसक्दा पनि दीर्घकालीन योजना प्रभावकारी हुन सकेको छैन । खेलकुदमा लगानीको दृष्टिकोणमा प्रतिफल सन्तोषजनक छैन । मुलुकका युवालाई अनुशासित बनाउने तथा विश्व मानचित्रमा देशलाई चिनाउने माध्यम मानिएको खेलकुदलाई सरकारले यथोचित प्राथमिकता दिएर आवश्यक योजनाअघि बढाउनु पर्दछ ।  देशभर खेलकदुमय वातावरण बनाउँदै विद्यालयतहसम्म खेल प्रशिक्षणलाई विस्तार नगरिएसम्म नेपाल जुनसुकै स्तरको अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भए पनि उपलब्धिविहीन हुनसक्ने जोखिम कायम छ ।  

ओलम्पिक तथा एसियाली खेलकुदजस्ता महत्वपूर्ण प्रतियोगिता लक्षित लामो अवधिको प्रशिक्षण सञ्चालन नगरिएसम्म नेपालको अन्तरराष्ट्रिय सहभागिता, सहभागितामै सीमित नहोला भन्न सकिन्न । यसैगरी, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्जस्ता जिम्मेवार निकायले नेपालमा खेलेर पनि बाँच्न सकिने परिस्थितिको सिर्जना गर्नका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता भइसकेको छ । यदि यसो गर्न सकिएमा २०८१ सालमा जस्तै आगामी वर्षहरूमा हाम्रा प्रतिभाशाली खेलाडीहरुको विदेश पलायन हुने दर न्यूनीकरण तथा नियन्त्रण गर्न सकिनेछ । समग्रमा खेलकुदमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा  र पहिचान अभिवृद्धि गर्न सकिन्छ । राजु सिलवाल/ रासस
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस