फेरि सर्‍याे दशाैं राष्ट्रिय खेलकुद
१६ फागुन २०८१
•
४ मिनेट पाठ
फेरि सर्‍याे दशाैं राष्ट्रिय खेलकुद
दुई वर्षभित्र नै आयोजना गर्ने गरी कर्णाली  प्रदेशमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि तेस्रोपल्ट मिति घोषणा भएको छ।




राष्ट्रिय खेलकुद परिषद् (राखेप) का  अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१औं बोर्ड बैठकले फेरि पनि दशौं  राष्ट्रिय खेलकुदको मिति सारेको हो। आगामी  जेठ ३ देखि १० गतेसम्म दशौं खेलकुद हुने भनिएको छ।

यसअघि मंसिर र चैतमा मिति निर्धारण  भएको थियो। जुन मिति सारिएर जेठकोअन्तिम साता पु¥याइएको छ। बिहीबार  राखेपको बोर्डले तेस्रोपल्ट मिति निर्धारण गर्दा  सातैवटा खेलकुद विकास परिषद्ले बैठक  बहिष्कार गरेका थिए।

प्रदेश खेलकुद विकास  परिषद्का एक सदस्यसचिवले फेरि पनि मिति सार्ने प्रस्ताव आउँदा असहमति राख्दै सल्लाहमा नै सातै प्रदेशले बैठक बहिष्कार  गरेको बताए। ‘फेरि पनि नयाँ मिति घोषणाप्रति हाम्रो असहमति थियो। त्यसैले सुदूरपश्चिमका  सदस्य दीपक सिंहलाई राखेप बोर्ड बैठकमा  हाम्रो धारणा राख्न पठाएका थियौं। उहाँ हाम्रो कुरा राखेर बैठकको बीचमा नै फर्कनुभयो,’ ती  सदस्यसचिवले भने,‘फेरि तय मितिमा पनि दशौं खेलकुद आयोजना हुन सक्ने वातावरण छैन। पटकपटक एउटै एजेन्डामा बैठक राखिएको छ। यसले खेलाडीको मनोबल घट्ने काम  मात्र हुन्छ।’ 

साथै प्रादेशिक संरचनाअनुरूप प्रदेश  खेलकुदलाई जिम्मेवारी दिनुपर्ने  ठाउँमा उनीहरूलाई बाइपास गरेर खेलकुद निर्देशिका पास गराइनुमा पनि असहमति रहेको ती सदस्यसचिवले बताए।

सातै प्रदेशका  सदस्यसचिवको बैठक बसेर साझा धारणा राख्ने तयारीसमेत गरिएको छ। यद्यपि, खेलकुदमन्त्री चौधरीले प्रदेशलाई जिम्मेवारी दिने यसअघिको बोर्ड बैठकमा नै प्रयास  गरिएको उल्लेख गर्दै अर्थ मन्त्रालयबाट नवौं राष्ट्रिय खेलकुदको नै निर्दे शिका पास भएकाले केही कठिनाइ आइपरेको बताए।

‘उहाँहरूका माग जायज नै छन्। तर, समय अभाव र बजेट बाँडफाँडमा केही समस्या भयो। त्यसैले नवौं खेलकुदकै निर्देशिका पास गराएका छौं। जति सक्दो छिटो दशौं खेलकुद आयोजना गराउन यही निर्देशिका र नम्र्स पास गर्नुपरेको हो। पुरानै निर्देशिका हुँदा यसअघि प्रदेशहरूलाई गरिएको वाचाअनुरूप जिम्मेवारी दिन सकेनौं,’मन्त्री चौधरीले भने।

उनले दशौं खेलकुदका लागि विनियोजित बजेट घटेको बताए। ‘दशौं  खेलकुदको लागि ६० करोड बजेट निर्धारण  गरिएको थियो। अब त्यो बजेटमा २५ प्रतिशत घटाएर ४५ करोड मात्र अर्थमन्त्रालयबाट स्वीकृत भएको छ। यस्तोमा ३६ वटै खेल आयोजना गर्न सकिँदैन। थप बजेट माग गरेका छौं। भोलिदेखि नै काम गर्छौ,’ उनले भने।

उनले अब निर्धारण गरिएको मितिभित्र कुनै पनि हालतमा दशौं राष्ट्रिय खेलकुद हुने दाबी  गरे। ‘यसअघि आठौं खेलकुद नेपालगन्जमा  वैशाखमा नै भएको हो। मौसमविदहरूसँग सल्लाह गरेर नै जेठमा निर्धारण गरेका छौं।

अब सार्वजनिक खरिद ऐन पालना गर्न पनि पर्याप्त समय हुन्छ,’ मन्त्री चौधरीले भने, ‘अब कुनै पनि हालतमा दशौं राष्ट्रिय खेलकुद सर्दैन र जेठभित्र नै हुन्छ।’

यसअघि मन्त्री चौधरीकै अध्यक्षतामा बसेको राखेपको ११८औं बोर्ड बैठकले आगामी चैत २३ देखि ३० गतेसम्म दशौं खेलकुद गर्ने निर्णय गरेको थियो। तर, समय अभाव रहेको भन्दै मन्त्री चौधरीले तेस्रोपल्ट मिति सारेका हुन्।

नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा नै गत मंसिर २ देखि ९ गतेसम्म आगामी संस्करण गर्ने  निर्णय भएको थियो। त्यसका लागि कर्णाली प्रदेशलाई झन्डा हस्तान्तरण गरिँदै दशौं राष्ट्रिय खेलकुदको तयारी थालिएको हो। निवर्तमान सरकारले दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि ६० करोड बजेट विनियोजन पनि गरेको अवस्था पटकपटक मिति सारिएको हो।

२०३८ सालदेखि हरेक दुई वर्षमा आयोजना गर्ने  गरी सुरु गरिएको राष्ट्रिय खेलकुद  यसअघि बजेट नहुँदा प्रभावित हुँदै आएको थियो। तर, पहिलोपल्ट बजेट पहिल्यै सुनिश्चितता हुँदा पनि खेलाडी र प्रशिक्षकले लामो समयदेखि प्रतीक्षा गर्ने  गरेको राष्ट्रिय  खेलकुद हुन सकिरहेको छैन।

हरेक दुई वर्षमा आयोजना हुनुपर्ने  राष्ट्रिय खेलकुद युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी सक्रिय नहुँदा  फेरि पनि सारिएको हो।

बिहीबार बसेको बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।

नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई  निलम्बन गर्ने  निर्णय गरेको छ। निलम्बनमा परेका राष्ट्रिय खेल संघमा नेपाल ब्याडमिन्टन  संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्यास्टिक संघ र नेपाल भारोत्तोलन संघ रहेका छन्।

राखेप कार्यकारी समितिको बैठकले उक्त ६ खेल संघलाई कारबाहीस्वरूप निलम्बन गर्न  गरेको सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको हो।
अर्को समाचार
महिला विश्वकप २०२७: रहलिन् त ब्राजिलियन लिजेन्ड मार्ता?
०७ साउन २०८२
•
४ मिनेट पाठ
महिला विश्वकप २०२७: रहलिन् त ब्राजिलियन लिजेन्ड मार्ता?
ब्राजिलियन महिला फुटबलकी लिजेन्ड मार्ताले एक वर्षअघि आँखाभरि आँसु लिँदै ओलम्पिक फाइनल छोडेकी थिइन्, जुन दिन राष्ट्रिय फुटबल टोलीसँग उनको लामो करियरको पनि अन्त्य थियो।




६ पटक विश्वकै उत्कृष्ट फुटबलको पुरस्कार जित्न सफल मार्ताको करियर अहिले नै समाप्त भएको भने छैन। ३९ वर्षीया फर्वार्ड मार्ता फेरि संन्यासबाट फर्किएर इक्वेडरमा जारी कोपा अमेरिका फेमेनिनामा ब्राजिलबाट खेलिरहेकी छन्।

दक्षिण अमेरिकी क्षेत्रमा हुने सबैभन्दा ठूलो महिला फुटबल प्रतियोगिता हो, कोपा अमेरिका फेमेनिना। जहाँ ब्राजिल आठपल्टको च्याम्पियन हो। यस समरमा भइरहेको तीन ठूला महादेशीय महिला फुटबल प्रतियोगिताहरूमा कोपा अमेरिका फेमेनिना, युरोपेली च्याम्पियनसिप (महिला युरो कप) र अफ्रिकन कप अफ नेसन्स छन्।

ब्राजिलको राष्ट्रिय टोलीबाट मार्ता रिटायर्ड भए पनि ब्राजिलका प्रशिक्षक अर्थर इलियासले मे महिनाको अन्त्यमा जापानसँगको दुई मैत्रीपूर्ण खेलका लागि उनलाई फेरि टोलीमा बोलाएका थिए।

कोपा अमेरिकाको तयारीका लागि जुन महिनाको अन्त्यमा फ्रान्सविरुद्धको खेलबाट मार्ताले आफ्नो पुनरागमन गरेकी हुन्। उनले यो समय र अवसरसँग अगाडि बढेको बताएकी छन्। ‘मेरो काम र भावना कहिल्यै परिवर्तन हुँदैन। गर्वको क्षणमा पनि परिवर्तन आउँदैन। टिमलाई मद्दत गर्ने मेरो इच्छाशक्ति पनि उस्तै रहन्छ। चाहे म खेलिरहेकी छु वा छैन,’ उनले भनेकी छन्। मार्ताले ब्राजिलको फुटबल टोली एउटा टिम मात्र नरहेर आफ्नो दैनिक जीवन जस्तै रहेको बताएकी छन्। ‘यो मेरा लागि टिम मात्र होइन। मेरो दैनिक जीवन पनि हो,‘ मार्ताले टोलीमा फर्किएपछि पत्रकार सम्मेलनमा भनेकी छन्। उनले ब्राजिलको टोलीबाट अझै खेल्न बाँकी रहेको र त्यसलाई पूरा गर्ने पनि उल्लेख गरिन्।

गत वर्ष पेरिस ओलम्पिकअघि मार्ताले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेकी थिइन्। नयाँ पुस्ताका खेलाडीहरूको लागि मार्ग प्रशस्त गर्न आवश्यक रहेको भन्दै उनले राष्ट्रिय टोलीबाट बिदा लिने उल्लेख गरेकी हुन्। फाइनलमा अमेरिकासँग १–० ले पराजित भएपछि ब्राजिल रजत पदकमा नै सीमित भएको थियो। तर, उनले आफ्नो क्लब फुटबललाई भने निरन्तरता दिइन्।

नेसनल वुमेन्स सकर लिग (एनडब्लुएसएल) मा उनी ओरलान्डो प्राइडबाट खेल्दै आइरहेकी छिन्। गत सिजनमा उनले ११ गोल गरेकी थिइन्। जसले गर्दा उनको टोलीले उपाधि पनि जितेको थियो। यस वर्ष सन् २०२६ सम्मका लागि प्राइडसँग उनको अनुबन्ध नवीकरण पनि भएको छ। मार्ताले ब्राजिलको राष्ट्रिय टोलीबाट २० वर्षभन्दा लामो समय खेलेकी छन्।

ब्राजिलका लागि उनले २०४ खेलमा ११९ गोल गरिसकेकी छिन्। समान ६ वटा विश्वकप र ओलम्पिकमा मार्ताले ब्राजिलीको जर्सीमा खेलेकी छन्। ब्राजिलले सन् २००७ को विश्वकपमा सर्वोत्कृष्ट प्रदर्शन गरेको थियो। तर, त्यति बेला उपविजेतामा नै सीमित हुन पुग्यो। ब्राजिल ओलम्पिक फाइनलमा तीन पटकसम्म पुगेको छ। यसमा पेरिस ओलम्पिक पनि समावेश छ। तर, स्वर्ण पदक भने अहिलेसम्म प्राप्त गर्न सकेको छैन। यसपल्ट कोपा अमेरिकाको पहिलो खेलमा ब्राजिलको टोलीमा मार्ताले सुरुआती अवसर पनि पाइन्। त्यो खेलमा ब्राजिल भेनेजुएलाविरुद्ध २–० गोलले विजयी भयो। त्यसपछि उनको टोलीले बोलिभियाविरुद्ध ६–० गोलको जित निकालेको थियो।

यस खेलमा भने मार्ता अन्तिम समय मैदान प्रवेश गरेकी हुन्। अब तेस्रो खेल ब्राजिलले मंगलबार पाराग्वेविरुद्ध खेल्नेछ। प्रशिक्षक इलियासले दिने हरेक भूमिका स्वीकार गर्न आफू तयार रहेको उनी बताउँछिन्। उनले ब्राजिलसँग धेरै प्रतिभाशाली युवा खेलाडीहरू रहेकाले जुनसुकै समयमा खेल्न पनि तयार हुने उल्लेख गरेकी हुन्।

अहिले ब्राजिलको टोलीमा २५ वर्षीया केरोलिन (म्यानचेस्टर सिटी) र २२ वर्षीया लुआनी (एट्लेटिको मड्रिड) जस्ता युवा स्टारहरू छन्। तर, एउटा ठूलो प्रश्न अझै छ, २०२७ मा महिला विश्वकप मार्ताकै ब्राजिलमा आयोजना हुनेछ। के त्यसमा पनि उनी हुनेछिन् त ? यसअघि, मार्ताले ४१ वर्षको उमेरसम्म आफू खेल्न नसक्ने उल्लेख गरेकी थिइन्। तर, खेल्नै नसक्ने अवस्थालाई भने उनले पूर्ण रूपमा अस्वीकार गरेकी छन्।

‘प्रशिक्षकले सधैं स्पष्ट भनेका छन् कि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मात्र टोली बोलाउनेछु। त्यसमा उमेरको हदबन्दी हुने छैन। मलाई लाग्छ कि उनले गरिरहेको तरिका सबैभन्दा सही पनि हो,’ मार्ताले भनेकी छन्, ‘यहाँ आएर म दुई वर्षपछि विश्वकप खेल्नेछु भन्नुको कुनै मतलब छैन।’ आपूmले हरेक दिन गर्ने प्रदर्शनले नै भविष्य निर्धारण गर्ने उनको भनाइ छ।

मार्ताको आफ्नो खेलकरियरबाट अर्को योजना रहेको पनि हुन सक्छ। ‘म अझै आमा बन्ने ठूलो इच्छा राख्दछु। त्यसैले होला, म एक दिन मेरो डाक्टरलाई फोन गरेर यो अझै सम्भव छ कि छैन भनेर हेर्ने निर्णय गर्न सक्छु। यदि सम्भव छ भने फुटबललाई अलबिदा गर्दै टाढा जानुपर्छ।’
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस