तेजस्वी एकेडेमी र बेल्मन्ट इन्टरनेसनल स्कुलले बिहीबार आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगिताअन्तर्गत तेजस्वी सिनियर ब्वाइज तथा बेल्मन्ट सिनियर गर्ल्समा च्याम्पियन बने। तारकेश्वर नगरपालिका १, साङ्लास्थित ल्यान्डमार्क एकेडेमीमा भएको सिनियर ब्वाइजको फाइनलमा तेजस्वीले गण्डकीलाई ४३–३० ले पराजित गर्यो। तेजस्वीका विराज गुरुङले १२ अंक जोडे। नवोदितले बेल्मन्टलाई २५–१३ ले हराउँदै तेस्रो भयो। नवोदितका आदेश बगालेले १२ स्कोर गरे। सिनियर गल्र्स फाइनलमा बेल्मन्टले ल्यान्डमार्कलाई १३–११ ले पाखा लगायो।
बेल्मन्टकी जेसिका गुरुङले ७ अंक जोडिन्। ह्वाइट हेभेनले संस्कृति शिक्षा सदनमाथि १३–१२ को कठिन जित दर्ता गर्दै तेस्रो भयो। ह्वाइट हेभेनकी कल्पना ओलीले ७ अंक बटुलिन्। सिनियर ब्वाइजमा तेजस्वीका दिपेन छन्त्याल तथा सिनियर गल्र्समा बेल्मन्टकी समीक्षा पुनमगर ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।
सिनियर ब्वाइजमा तेजस्वीका आयुश अधिकारी तथा सिनियर गर्ल्समा ल्यान्डमार्ककी सगुनी देवकोटा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे। आयुशले ५७ तथा सगुनीले ३२ स्कोर गरे।
विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, तारकेश्वर नगरपालिका–१ का अध्यक्ष विदुर सापकोटा, टप्सका अध्यक्ष भरतमणि पोखरेल, ल्यान्डमार्ककी प्रिन्सिपल सुष्मा श्रेष्ठ, टप्सका इसिए को–ओर्डिनेटर थिरबहादुर बस्नेतलगायते पुरस्कृत गरे।