इटहरी गोल्डकप: मच्छिन्द्र फुटबल क्लब उपाधि नजिक
०७ फागुन २०८१
•
१ मिनेट पाठ
इटहरी गोल्डकप: मच्छिन्द्र फुटबल क्लब उपाधि नजिक
<br>
मच्छिन्द्र फुटबल क्लब काठमाडौ १५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइलनलमा प्रवेश गरेको छ ।




बुधबार इटहरी रंगशालामा भएको पहिलो सेमिफाइलनल खेलमा पाहुना टोली युनाइटेड खर्साङ  क्लब (यूकेएफसी) लाई ३–१ गोलको अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो हाफको खेल अत्यन्तै प्रतिस्पर्धात्मक भएकोमा दुवै टीम गोलरहित बराबरीमा टुंगिए ।

दोस्रो हाफको ६५ औं मिनटमा यूकेएफसीका हेमराज भूजेलले पहिलो गोल गरे । उनले गोल गरेको लगतै एक मिनेटमा मच्छिन्द्र फुटवल क्लबका ओमलोजाले गोल गरे । दोस्रो हाफको खेलमा मच्छिन्द्रले यूकेएफसीलाई पुरै दबाबमा राखेर खेलेकोमा ७२ औं र ९२ औं मिनेटमा मल्लिकले दुई गोल गरि आफ्नो टीमलाई एकका बिरुद्द तीन गोलले अग्रता दिलाए । खेलमा मल्लिक नै म्यान अफ दि म्याच भए । उनले नगद दस हजार नगद पाए ।

पहिलो चरणको खेलमा मच्छिन्द्र फुटबल क्लबले झापा ११ फुटबल क्लबलाई १(० गोलको अन्तरले हराएर सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो । यूकेएफसीले पहिलो चरणमा आयोेजक राष्ट्रिय जागृति क्लबलाई २(१ गोलको अन्तरले हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो ।  

मच्छिन्द्र फुटबल क्लबले अब शनिबार फाइलनमा विहीबारको दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । विहीबार दोस्रो सेमिफाइनल खेल धरान फुटबल क्लब र  सगरमाथा युथ क्लब मोरङबीच हुनेछ ।

सगरमाथा युथ क्लबले क्वाटरफाइनल खेलमा एनआरटी क्लब काठमाडौंलाई १-० गोलको अन्तरले पराजित गरि सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो । सगरमाथा युथ क्लबले १२ र १३ औं संस्करणमा इटहरी गोल्डकपको उपाधि उचालि सकेको छ ।

धरान फुटबल क्लबले क्वाटरफाइनल खेलमा चर्च ब्वाइज यूनाइटेड क्लबलाई २–१ गोलको अन्तरले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको थियो । फागुन १० गतेसम्म चल्ने गोल्डकपको विजेतालाई नगद १० लाख र उपविजेतालाई पाँच लाख प्रदान गरिनेछ । 
अर्को समाचार
मच्छिन्द्रलाई इटहरी गोल्डकपको उपाधि
१० फागुन २०८१
•
२ मिनेट पाठ
मच्छिन्द्रलाई इटहरी गोल्डकपको उपाधि
मच्छिन्द्र फुटबल क्लबले इटहरी रंगशालामा सम्पन्न १५औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगितामा शानदार जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारेको छ।




शनिबार भएको फाइनल खेलमा मच्छिन्द्रले सगरमाथा यूथ क्लब मोरङलाई २-० को अन्तरले पराजित गर्दै सफलता हात पारेको हो।

मच्छिन्द्रले खेलको सुरुवातमै आक्रामक प्रदर्शन गर्दै विपक्षीलाई दबाबमा राख्यो। खेल सुरु भएको तेस्रो मिनेटमै मल्लिक युसुफले पहिलो गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए।

६९औं मिनेटमा ओमोलोजा करिमले अर्को गोल थप्दै टिमलाई २-० को सहज जित सुनिश्चित गराए।

प्रतियोगिताको विजेता मच्छिन्द्र फुटबल क्लबले १० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता सगरमाथा यूथ क्लबले ५ लाख रुपैयाँ पुरस्कार स्वरूप पाएको छ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीको प्रदर्शन उत्कृष्ट रह्यो। व्यक्तिगत विधामा भने मच्छिन्द्रका खेलाडीहरू उत्कृष्ट देखिए।

विशाल घलान तामाङ बेस्ट मिडफिल्डर घोषित भए भने मल्लिक युसुफ बेस्ट फरवार्ड तथा हाई स्कोरर बन्न सफल भए।

मच्छिन्द्रकै सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए भने विशाल श्रेष्ठ बेस्ट गोलकिपर र सङ्गीत श्रेष्ठ बेस्ट डिफेन्डर घोषित भए।

सगरमाथा यूथ क्लबका अशोक खवास म्यान अफ द म्याच घोषित भए। सर्वश्रेष्ठ खेलाडीको उपाधि सगरमाथाका कुलदिप कार्कीले जिते। उनले १ लाख रुपैयाँ पाए।

हाई स्कोरर बनेका मल्लिक युसुफले २५ हजार रुपैयाँ पुरस्कार पाए भने अन्य उत्कृष्ट खेलाडीहरूलाई जनही २० हजार रुपैयाँ प्रदान गरियो।

मच्छिन्द्रले क्वार्टरफाइनलमा झापा फुटबल क्लबलाई र सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब (यूकेएफसी) लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।

उता, सगरमाथा यूथ क्लबले क्वार्टरफाइनलमा एनआरटी र सेमिफाइनलमा धरान फुटबल क्लबलाई हराउँदै फाइनलसम्मको यात्रा तय गरेको थियो।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस